काठमाडौं । नेपाली सेनाका एक महासेनानीलाई सैनिक प्रहरीले हिरासतमा लिएको छ । अमेरिकाको न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली नियोगमा सैनिक सल्लाहकार रहेका दिरेन्द्र कुमार मल्ललाई सेनाले सैनिक हिरासतमा राखेको हो ।
चार महिनाअघि सैनिक सल्लाहकारको रुपमा न्यूयोर्क पुगेका मल्ललाई गत आइतबार सैनिक हिरासतमा राखिएको सैनिक स्रोतले जानकारी दियो ।
प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा उनलाई न्यूयोर्कबाट फिर्ता बोलाएर सैनिक हिरासतमा राखिएको स्रोत बताउँछ । महासेनानी मल्लको नागरिकता र शैक्षिक योग्यतामा कैफियत देखिएपछि फिर्ता बोलाएर अनुसन्धान सुरु गरिएको हो ।
मल्ल ३१ बेसिकका सैनिक अधिकृत हुन् । उनी प्रक्राउ परेको बारे सेनाले अहिलेसम्म कुनै आधिकारीक जानकारी दिएको छैन ।
Facebook Comments Box
