काठमाडौं । कञ्चनपुर कारगारका नाइके, कैदी र प्रहरी एक होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कैदी ज्ञानबहादुर चन्द, कैदीका नाइके भुवन नाथ, प्रहरी हवल्दार रामसिं धामी र कारागारका कर्मचारी जीवन पन्त मदिरा सेवन गरिरहेको अवस्थामा भेटिएका हुन् ।
बिहीबार उनीहरू कारागारनजिकै एक होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा भेटिएको कञ्चनपुर प्रहरी प्रमख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले पुष्टि गरे ।
विभिन्न प्रलोभन देखाएर कैदी चन्दले प्रहरी हवल्दार धामी, कारागारका नाइके भुवननाथर र कारागारका कर्मचारी पन्तलाई होटलमा मदिरा सेवन गर्न लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
जबकी कारागारमा रहेका कैदीसँग खाजासमेत खान नहुने कानुनी व्यवस्था रहेको छ । तर, कारागारका नाइके र प्रहरी नै मिलेर कैदीसँग बसेर मदिरा सेवन गरेको भेटिएपछि उनीहरुलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने माग छ ।