Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्न –लोकेसन पत्ता लाग्यो भनेर जीबीलाई भगाउन खोजेको हो ?
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगीमा संलग्न जिबि राईलाई जोगाउन खोजिएको हो भन्दै गृहमन्त्रीलाई प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री शर्माले सहकारी ठगीमा संलग्न राईलाई किन पक्राउ नगरेको भन्दै गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएका हुन् । शर्माले सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईको लोकेसन पत्ता लागेर पनि पक्राउ किन गरिएन भनी गृहमन्त्री लामिछानेलाई प्रश्न गरे । गोर्खा मिडियाका तत्कालीन दुई जना मालिकमध्ये एक जना फरार रहेको र अर्का गृहमन्त्री रहेको भन्दै महामन्त्री शर्माले भने, ‘सहकारी ठगीमा फरार भएको व्यवसायिक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीजीले गिरफ्तार गर्नुछ । त्यसेले लोकेसन पत्ता लागिसक्यो भनेर माइकबाट…
पुलिस क्लवको स्वीमीङ पुलमा डुबेर शाक्यको मृत्यु, प्रहरीले घटनालाई वेवास्ता गरेको आरोप
काठमाडौं । नेपाल प्रहरीले संचालन गरेको महेन्द्र पुलिस क्लवको स्वीमीङ पुलमा एक किशोरको मृत्यु भएको छ । प्रहरी कल्याणकारी कोषबाट संचालित महेन्द्र पुलिस क्लवको स्वीमीङ पुलमा स्वीमीङ गर्ने क्रममा १९ बर्षीय रौनक शाक्यको डुबेर निधन भएको हो । स्वीमीङ पुलमा लाइफगार्ड नराख्ने निर्णयले गर्दा पुलिस क्लवको स्वीमीङ पुलमा डुबेर शाक्यको मृत्यु भएको मृतक रौनककी आमा राजेश्वरी शाक्यले आरोप लगाईन् । गएको असार ४ गते रौनक पुलिस क्लवको स्वीमीङ पुलमा पौडी खेल्न गएका थिए । स्वीमीङ गर्ने क्रममा रौनकको डुबेर मृत्यु भएको थियो ।स्वीमीङ पुलको ब्यवस्थापनको लापरबाहीका कारण भएको मृतक रौनककी आमा राजेश्वरीको आरोप छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार…
काठमाडौं । मुख्यसचिव वैकुण्ठ अर्यालसहित अन्य बहालवाला पदाधीकारीविरुद्ध अन्तःशुल्क स्टिकर छपाइमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । मुख्यसचिव अर्यालसहित सहसचिव रितेश शाक्य, अर्का सहसचिव टंक पाण्डेविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर भएको छ । त्यस्तै उपसचिव गणेशविक्रम शाह र शाखा अधिकृत रविन्द्र पौडेललाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । यस अघि नै भ्रष्टाचार मुद्दामा परी सकेका विकल पौडेल, सफल श्रेष्ठ, हरिवल्लभ घिमिरे र बद्री गौतमविरुद्ध पनि मुद्दा दायर भएको छ ।
काठमाडौं । भारतीय प्रहरीले चोरीमा संलग्न तीनजना नेपालीलाई गोली हानी पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ३ पडेश घर भएका सुनिल खड्का, प्रताप खड्का र अंकित जोशी रहेका छन् । प्रहरीको फरार सूचीमा रही जनही २५ हजार रुपैयाँ पुरस्कार तोकिएका उनीहरूलाई उत्तर प्रदेशको मुजफ्फरनगर जिल्लामा प्रहरीसँगको दोहरो गोली हानाहानमा पक्राउ गरिएको मुजफ्फरनगर प्रहरीले जनाएको छ । उनीहरूलाई प्रहरीले स्थानीय नयाँ मण्डीका व्यापारी नीरज जैनको घरबाट लाखौं चोरी गरेको आरोपमा खोजिरहेको रहेको थियो । प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा नेपाली गिरोहका तीनै जनालाई भिडन्तमा पक्राउ परेको र उनीहरूको खुट्टामा गोली लागेको प्रहरीको भनाई छ । चोरीमा…
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) सम्बन्धी अन्तरक्रिया तथा छलफल भएको छ । शुक्रबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित पूर्वप्रहरी महानिरीक्षकहरू सहभागी कार्यक्रममा टीआरसी विधेयकमा समेटिनुपर्ने विषयबारेमा छलफल भएको हो । छलफल कार्यक्रममा प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिका सदस्य, पूर्व कानून न्याय तथा संसदीय मामिला मन्त्री एवम् अवकाश प्राप्त प्रहरी महानिरीक्षक ध्रुव बहादुर प्रधान, अवकाश प्राप्त प्रहरी महानिरीक्षक रविन्द्र प्रताप शाह, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चका संयोजक एवम् अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतिलाल बोहरा, अवकाश प्राप्त…
काठमाडौं । राजधानीको गोकर्णेश्वर नगरपालिका-८ गोकर्ण बेशीगाउँबाट ६ जना जुवाडे पक्राउ परेका छन् । सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-२ घर भएका ३० वर्षीय निमा लामाको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार २ सय ६० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
हेटौँडा । कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्याको अभियोगमा पक्राउ परेका पूर्व लडाकु कमाण्डर कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा पठाउन उच्च अदालत पाटन हेटौँडा इजलासले आदेश दिएको छ । उच्च अदालत पाटन हेटौँडा इजलासले शुक्रबार न्यायाधीशद्वय शान्ता सेढाई सापकोटा र मेरिना श्रेष्ठको संयुक्त इजलासले कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत चितवनको आदेशलाई सदर गर्दै पुर्पक्षमा राख्न आदेश गरेको हो । गत चैत २० मा काठमाडौँबाट पक्राउ परेका खामलाई जिल्ला अदालत चितवनले चैत २३ मा पुर्पक्षमा राख्न आदेश गरेको थियो । उक्त आदेश बदरको माग गर्दै खाम पक्षले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । सो मुद्दामा उच्च अदालत पाटन हेटौँडा इजलासले…
काठमाडौं । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले नाबालिकालाई वेश्यावृत्तिमा लगाउने स्पा सञ्चालकलाई पक्राउ गरेको छ । काठमाडौंको ठमेलमा सञ्चालन गरेको ए वान स्पा सेन्टरमा २०८० कात्तिकदेखि नाबालिकाहरूलाई विभिन्न किसिमको डरत्राश र प्रलोभनमा पारी वेश्यावृत्तीमा लगाउने सूचनाका आधारमा ब्युरोको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका-८ घर भई टोखा बस्ने ४१ वर्षीय रेशम गुरुङ र मकवानपुरको बागमती गाउँपालिका-९ घर भई सातदोबाटो बस्ने ३३ वर्षीया मखमली माया स्याङतान रहेका छन् । गुरुङले आर्थिक अवस्था कमजोर भएका विशेषगरी ग्रामीण क्षेत्रका नाबालिकाहरुलाई टिकटकबाट कुराकानी गरी राम्रो आम्दानी हुने ब्यूटीपार्लरमा काममा लगाई दिने प्रलोभन देखाई काठमाडौं आउने भाडा समेत पठाएर ल्याएको खुलेको…
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ५८ कार्टुन भेप (इलेक्ट्रिक चुरोट) सहित पाँच जनालाई पक्राउ गरेको छ । बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा बिहीबार राति ८ बजे हेटौंडा ११, थानाभर्याङमा काठमाडौंबाट हेटौंडा हुँदै भारतको दिल्ली जान लागेको ना.६ख ७१६३ नम्बरको यात्रुवाहक बस जाँच गर्दा दुई करोड ७१ लाख २१ हजार ७८० रुपैयाँबराबरको भेपसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै भन्सार छलेर अवैध रुपमा भेप ओसारपसारमा सलग्न दोलखा भीमश्वेर नगरपालिका २ का ३७ वर्षीय बसचालक सलाम मोक्तान, कटारी नगरपालिका ११ उदयपुरका २७ वर्षीय प्रविन्द्र राना, दुप्चेश्वर गाउँपालिका नुवाकोटका…
बारा । पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रभित्र सिकारी र सुरक्षाकर्मीबीच झडप भएको छ । शुक्रबार निकुञ्जका कर्मचारी, नेपाली सेनासहितको गस्ती टोली र सिकारीबीच झडप भएको हो । दोहोरो झडपमा एक जना सिकारीको मृत्यु भएको छ । निकुञ्ज कर्मचारी, नेपाली सेनासहितको टोली गस्तीको क्रममा वन्यजन्तु सिकारीसँग जम्काभेट हुँदा दोहोरो झडप भएको थियो । सो झडपमा वन्यजन्तु सिकारी हेटौँडा उपमहानगर-१४ का ५२ वर्षीय सुकबहादुर तिक्तुङ्गको ज्यान गएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । दोहोरो झडपको क्रममा हतियारसहित ५ जनाको समूहमा आएका सिकारीहरूमध्ये अन्य ४ जना भाग्न सफल भएको इप्रका सिमराले जनाएको छ । सिकारीहरू भाग्ने क्रममा उनीहरूको साथबाट २ थान भरुवा…