काठमाडौं । मुख्यसचिव वैकुण्ठ अर्यालसहित अन्य बहालवाला पदाधीकारीविरुद्ध अन्तःशुल्क स्टिकर छपाइमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
मुख्यसचिव अर्यालसहित सहसचिव रितेश शाक्य, अर्का सहसचिव टंक पाण्डेविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर भएको छ । त्यस्तै उपसचिव गणेशविक्रम शाह र शाखा अधिकृत रविन्द्र पौडेललाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।
यस अघि नै भ्रष्टाचार मुद्दामा परी सकेका विकल पौडेल, सफल श्रेष्ठ, हरिवल्लभ घिमिरे र बद्री गौतमविरुद्ध पनि मुद्दा दायर भएको छ ।
Facebook Comments Box
