Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि हिमालयन कालिञ्चोक बीबीआर जेभी छनोट भएको छ । भरतपुर महानगरपालिकाले आज सो कम्पनीको नाममा सात दिने आसयपत्र जारी गरेको छ । सो समय अवधि भित्र कुनै उजुरबाजुर नभए आठौं दिनमा निर्माण सम्झौता हुने छ । सम्झौता भएको दिनदेखि २६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । निर्माण लागत भ्याट र पीएस बाहेक ६८ करोड २ लाख ६४ हजार २ सय ७ रुपैयाँ ८४ पैसा छ । चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि दोस्रोपटक आह्वान गरिएको टेण्डरमा १२ कम्पनीहरूले टेण्डर हालेका थिए…
काठमाडौं । गायक तथा संगीतकार रोशन राई (पालुवा स्टार) को नयाँ गीत ‘दुई थुङ्गा फूल’ सार्वजनिक भएको छ । राई काजी चाम्लिंङको शब्द, संगीत र लोकेश चाम्लिंङको एरेन्ज रहेको गीतलाई गायक रोशनकै युट्युब च्यानल मार्फत रिलिज गरिएको हो । हसन राइको प्रस्तुतीमा बनेको गीतको भिडियोमा कलाकारहरु जीवन भट्टराई र समापिका गौतम अभिनय रहेको छ । बियोगान्त प्रेमकथा देखाइएको भिडियोमा लक्ष्मी बर्देवाको कन्सेप्ट र जीवन भट्टराईकै निर्देशन रहेको छ । भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र बिष्णु खड्काको कलर ग्रेडिंङ तथा सम्पादन रहेको छ । गायक तथा संगीतकार रोशन राईको यसअघिका दर्जनौ गीतहरुले चर्चा बटुलिसकेका छन् । https://youtu.be/6OQadyT6lLg?si=521CYVK4L8jAXlzq
छोरीसँग प्रेमको नाटक, ‘हुनेवाला ज्वाइँ हुँ’ भन्दै वृद्धआमाको सम्पत्ति झ्वाप पार्ने रामप्रसाद
काठमाडौं । छोरीसँग प्रेमको नाटक गरेर ललाईफकाई वृद्धआमाको सम्पत्ति ठगी गरेको आरोप लागेका धरान-१६ निवासी राम प्रसाद राई पक्राउ परेका छन् । राईलाई बुधवार इटहरीको पश्चिम लाइनमा रहेको एक कफी सपबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ। फरार रहेका ठगी आरोपित राईलाई बिहीबार म्याद थप गरेर थप अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । राई गत जेठ २१ गतेदेखि मोबाइल अफ गरेर बेपत्ता भएका थिए । धरान(१५ निवासी रेखा (नाम परिवर्तन) सँग सम्पत्ति हडप्ने नियतले झुटो प्रेम जालमा फसाएर ७३ वर्षीया वृद्धा आमाको नाममा रहेको ८ कट्ठा २ धुर जग्गा आफ्नो नाममा पास…
काठमाडौं । ललितपुरमा मुख्य कार्यालय रहेको पशुपति सेभिङ एन्ड क्रेडिटका सञ्चालकहरु विरुद्ध बचतकर्ताले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा जाहेरी दर्ता गराएका छन् । पशुपतिका पूर्व अध्यक्ष सीबी लामा अहिले कारागारमा छन् । उनलाई कारागारबाट झिकाएर अनुसन्धान गरिने सीआईबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिए । आफ्नो बचत फिर्ता नपाएको भन्दै २६७ जना बचतकर्ताले पशुपति सेभिङका सञ्चालकहरुबिरुद्ध जाहेरी दर्ता गराएका छन् । अहिलेसम्मको अनुसन्धानबाट सीबी लामा सहितका सञ्चालकहरूले ५७ करोड रकम अपचलन गरेको अनुसन्धानबाट खुलेको एसपी बोगटीले जानकारी दिए । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा पशुपति सेभिङ एन्ड क्रेडिटका ५४ जना बचतकर्ताले निवेदन दिएका छन् । जाहेरी आउने क्रम जारी रहेको एसपी…
काठमाडौं । नेपाल प्रहरी अस्पतालमा कार्यरत दुई प्राविधिक वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) ले अनिवार्य अवकाश पाएका छन् । प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाको प्रतिष्पर्धामा रहेका प्रहरी अस्पतालमा कार्यरत एसएसपीद्वय दीपक श्रेष्ठ र सुवास आचार्यले अनिवार्य अवकाश पाएका हुन् । ५० दिनदेखि डीआईजी पद रिक्त रहे पनि समयमा सरकारले बढुवा प्रक्रिया अघि नबढाउँदा बढुवा नभइ उनीहरुले गए रातिदेखि अवकाश पाएका हुन् । ६ वर्ष पूरा भएकाले एसएसपीको पदावधि अनुसार उनीहरु अवकाशमा गएका हुन् । उनीहरु १२ असार २०७५ मा एसएसपीमा बढुवा भएका थिए । प्रहरी अस्पतालमा डीआईजीका दुई पद रिक्त छन् । जसमा एसएसपी श्रेष्ठ र सुवास आचार्य बढुवाका दाबेदार थिए…
गृहसचिव अर्याल र आईजीपी कुँवर संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको सम्मेलनमा सहभागी
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको सम्मेलनमा सहभागी भएका छन् । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा आयोजित बुधबारदेखि सुरु भएको सो सम्मेलनमा उनी सहभागी भएका हुन् । सो सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै गृहसचिव एकनारायण अर्याल, आईजीपी कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायतको टोली यहि असार १० गते न्यूयोर्क प्रस्थान गरेको थियो । बुधबारदेखि सुरु भएको सो सम्मेलन बिहीबार सकिएको हो ।
काठमाडौं । भिजिट भिसामा चीन पुर्याएर मानव बेचबिखनमा संलग्न महिला पक्राउ परेकी छन् । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले विवाहको बहानामा चीन पुर्याएर मानव बेचबिखन गर्ने उदयपुरको त्रियुगा नगरपालिका-१ जोगीदहकी ३१ वर्षीया सुन्दरी राईलाई पक्राउ गरेको हो । सुन्दरीले जाहेरवालालाई चीनमा पुर्याएर १ लाख ५० हजारमा चिनियाँ नागरिकलाई बेचबिखन गरेपश्चात नेपाल फर्किएको खुलेको छ । जाहेरवालालाई चिनियाँ नागरिकले घरमै बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिई पटक पटक यौन शोषण गरेको खुल्न आएको ब्यूरोले जनाएको छ । सुन्दरीले सामाजिक सञ्चाल म्यासेन्जर मार्फत कुराकानी गरेर चिनियाँसँग विवाह गराइदिने भनेर काठमाडौंको ठमेलमा भेट्न बोलाएकी थिइन् । चिनियाँ केटासँग भेट गराएर गत फागुन…
काठमाडौं । नेपाल प्रहरी अस्पतालमा कार्यरत प्राविधिकतर्फमा वरिष्ठ उपरीक्षक (एसएसपी) डा. दीपक श्रेष्ठले प्रहरी नेतृत्वलाई नालायक भन्दै टिप्पणी गरेका छन् । महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरलाई नालायक भन्दै श्रेष्ठले टिप्पणी गरेका हुन् । पद रिक्त हुँदा पनि गृहमन्त्री रवि लामिछाने र आईजीपी कुँवरले बढुवा गर्न नचाहँदा प्राविधिकतर्फ स्वास्थ्य उपसमूहका एसएसपी श्रेष्ठ र डा. सुवास आचार्य प्रहरी नेतृत्वप्रति खनिएका हुन् । बढुवा नभई घर जान बाध्य भएका एसएसपी श्रेष्ठले आईजीपी कुँवरलाई ‘नालायक सीईओ’ भन्दै नेपाल प्रहरीलाई ‘प्राइभेट कम्पनी’ बनाएको आरोप पनि लगाएका छन् । ‘सबै नालायक छैन । अहिलेको सीईओ नालायक हो । अनि यसले सबैलाई नालायक नै देख्छ । जुन यस्को…
काठमाडौं । पहिरोले घर पुरिँदा ज्यान गुमाएकी कास्की मादी-५ की आयुष्मा रानाभाटको परिवारलाई जिल्ला प्रशासन कार्यालय कास्कीले राहत हस्तान्तरण गरेको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतमणी पाण्डे नेतृत्वको टोली घटनास्थलमै पुगी बिहीबार जिल्ला विपद व्यवस्थापन कोषबाट २ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । नेपाल सरकारको विपद्का घटनामा परी मृत्यु भएका व्यक्तिलाई राहत उपलब्ध गराउने सम्बन्धी मापदण्ड, २०७७ बमोजिमको रकम हस्तान्तरण गरिएको प्रजिअ पाण्डेले बताए । मंगलबार राति पहिरोले घर पुरिँदा १३ वर्षीया आयुष्माको घटनास्थलमै निधन भएको थियो । सँगै सुतेकी हजुरआमा ७० वर्षीया लालमाया बञ्जारको भने सकुशल उद्धार गरिएको थियो । यस्तै मंगलबार राति नै पोखरा महानगरपालिका– २७ आरुपाटा…
काठमाडौं । नेपाल प्रहरी अस्पतालमा कार्यरत दुई प्राविधिक प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) डाक्टरहरु पदावधिका कारण बिहीबारबाट अनिवार्य अवकाशमा जाँदैछन् । एसएसपीको पदावधि ६ वर्षअनुसार प्रहरी अस्तापलका दुई एसएसपीहरु दीपक श्रेष्ठ र सुवास आचार्य अनिवार्य अवकाशमा जान लागेका हुन् । आज राति १२ बजेटबाट उनीहरु अनिवार्य अवकाशमा जान लागेका हुन् । उनीहरु १२ असार २०७५ मा एसएसपीमा बढुवा भएका थिए । जसकारण आज राति १२ बजे ६ वर्ष पूरा भएकाले एसएसपीको पदावधि अनुसार उनीहरु अवकाशमा जान लागेका हुन् । आज अवकाशमा जान लागेका श्रेष्ठ नेत्र रोग विशेषज्ञ हुन् भने आचार्य नाक, कान, घाँटी विशेषज्ञ हुन् । ५० दिनदेखि नायब महानिरीक्षक (डिआईजी)…