काठमाडौं । नेपाल प्रहरी अस्पतालमा कार्यरत दुई प्राविधिक प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) डाक्टरहरु पदावधिका कारण बिहीबारबाट अनिवार्य अवकाशमा जाँदैछन् ।
एसएसपीको पदावधि ६ वर्षअनुसार प्रहरी अस्तापलका दुई एसएसपीहरु दीपक श्रेष्ठ र सुवास आचार्य अनिवार्य अवकाशमा जान लागेका हुन् । आज राति १२ बजेटबाट उनीहरु अनिवार्य अवकाशमा जान लागेका हुन् ।
उनीहरु १२ असार २०७५ मा एसएसपीमा बढुवा भएका थिए । जसकारण आज राति १२ बजे ६ वर्ष पूरा भएकाले एसएसपीको पदावधि अनुसार उनीहरु अवकाशमा जान लागेका हुन् ।
आज अवकाशमा जान लागेका श्रेष्ठ नेत्र रोग विशेषज्ञ हुन् भने आचार्य नाक, कान, घाँटी विशेषज्ञ हुन् । ५० दिनदेखि नायब महानिरीक्षक (डिआईजी) पद रिक्त हुँदा पनि उनीहरुलाई बढुवा गरिएन् ।
Facebook Comments Box
