Author: Scoop Khabar

काठमाडौं । नेपाल प्रहरीका २३ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायव निरीक्षक (सई) मा बढुवा सिफारिस भएका छन् । बिहीबार प्रहरी प्रधान कार्यालयलमा बसेको बढुवा सिफारिस समितिको बैठकले रिक्त सई पदमा बढुवा सिफारिस गरेको हो । प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह, सञ्चारतर्फका सहायक निरीक्षकहरुलाई सोही समूहको नायव निरीक्षकमा बढुवा सिफारिस गरिएको प्रधान कार्यालयले जनाएको छ । त्यस्तै प्रहरी बरिष्ठ हवल्दारबाट असई बढुवा हुनेमा ३० जना सिफारिस भएका छन् ।

थप

एजेन्सी । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । भारतको केन्द्रीय वित्त मन्त्रालय, राजस्व विभाग मातहतको प्रवर्तन निर्देशनालय (ईडी) को टोलीले मुख्यमन्त्री केजरीवाललाई हिजो बेलुका पक्राउ गरेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार पक्राउ गर्नुअघि ईडीको टोलीले केजरीवालसँग दुई घण्टा लामो सोधपुछ गरेको थियो । निर्देशनालयले दिल्लीको रक्सीसम्बन्धी नीतिलाई लिएर उनीमाथि छानबिन गर्दै आएको थियो । यसअघि बयानका लागि पटक–पटक बोलाए पनि केजरीवाल उपस्थित भएका थिएनन् । आम आदमी पार्टीका केजरीवालले आफूमाथि राजनीतिक प्रतिशोध साँध्न झुटो आरोप लगाइएको दाबी गर्दै आएका खबरमा उल्लेख छ । यसअघि दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया र अर्का एक मन्त्री पनि अनियमितता गरेको भन्दै पक्राउ…

थप

काठमाडौं । बिहीबार प्रहरी प्रधान कार्यालयले १४१ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)हरुको सरुवा सूची सार्वजनिक गर्यो । लामो रस्साकस्सीबीच प्रधान कार्यालयले डिएसपी सरुवा गरेको हो । यसअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैंले डिएसपीको सरुवा गर्न खोजेका थिए । तर, प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरसँग कुरा नमिलेपछि श्रेष्ठले डिएसपी सरुवा गर्न सकेनन् र गृहमन्त्री पद नै गयो । उनको ठाउँमा रास्वपा सभापति रवि लामिछाने छन् । रवि गृहमन्त्री भएको २ सातामै आईजीपी कुँवरले डिएसपी सरुवा गर्न सफल भएका हुन् । अहिलेको डिएसपी सरुवा राजनीतिक दबावले भन्दा पनि मापदण्डका आधारमा भएको देखिन्छ । उत्कृष्ट र कार्य दक्षता हेरेर नै सरुवा गरिएको आईजीपी…

थप

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआइजी रमेश खरेलले  (रास्वपा)का सभापति तथा गृहमन्त्री रवि लामिछानेको कटु आलोचना गरेका छन् । उनले सहकारी प्रकरणमा आफूमाथि अनुसन्धान हुँदाहुँदै लामिछाने गृहमन्त्री बनेको भन्दै नैतिकताको प्रश्न उठाए । रास्वपाका नेता समेत रहेका खरेलले आफू संलग्न पार्टी रास्वपा सभापति लामिछानेको आलोचना गरेका हुन् । उनले प्रधानमन्त्रीसहित सरकारका थुप्रै मन्त्रीहरुको नियुक्तिमा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट रहेको बताए । रास्वपामा प्रवेश गरे पनि निष्क्रिय रहेका खरेलले पछिल्लो समय एउटा निजी टेलिभिजनमा ‘जनता जनार्दन’ नामक कार्यक्रम चलाउँदै आएका छन् । उक्त कार्यक्रमको पछिल्लो एपिसोडमा उनले सुन तस्करीमा पक्राउ परेका कृष्णबहादुर महराको प्रसंग उठाएका थिए । महरालाई पक्राउ गरेकोमा खरेलले गृहमन्त्रीलाई धन्यवाद…

थप

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल पम्प हिजो (चैत ७ देखि) २४ सै घण्टा खुला गरिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा नेपाल प्रहरीले प्रधान कार्यालय नक्साल तथा सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हलचोक र पोखरामा सञ्चालन गरिरहेको पेट्रोल पम्प २४ सै घण्टा खुला गर्न थालिएको हो । यसअघि नेपाल प्रहरीका प्रवक्ता भीमप्रसाद ढकालका अनुसार प्रहरीको पेट्रोल पम्प बेलुका ११ बजेसम्म र सशस्त्र प्रहरीका प्रवक्ता राजेन्द्र खड्काका अनुसार सशस्त्रको पेट्रोल पम्प १० बजेसम्म खुला हुने गरेको थियो ।

थप

काठमाडौँ । सूर्यदर्शन सहकारी संस्थाका पीडितहरूले जिबी राईलाई पक्राउ गर्न तथा आफूहरूको बचत रकम फिर्ताको वातावरण बनाइदिन प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई अनुरोध गरेका छन् । पीडितका तर्फबाट सूर्यदर्शन सहकारी सङ्घर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई बिहीबार ज्ञापन पत्र बुझाउँदै बचत फिर्ताको वातावरण बनाइदिन अनुरोध गरेका हुन् । पीडितहरूले सहकारी पदाधिकारीविरुद्ध उजुरी दिए पनि सहकारीका अध्यक्ष जिबी राईसहित १४ जना अझै फरार रहेको र सरकारले उनीहरूलाई पक्राउ गर्न चासो नदिएको पनि बताएका छन् । ‘सहकारी सञ्चालकलाई तुरुन्त पक्राउ गरी कारबाहीको दायरामा ल्याउनु पर्ने देखिन्छ तर अहिलेको यो सरकारलाई यो जिबी राई भन्ने नाम र…

थप

काठमाडौ । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई २१ बुँदे निर्देशन जारी गरेको छ । चैत ७ गतेको मन्त्रिस्तरीय निर्णयानुसार मन्त्रालयले ‘नेपाल सरकारको प्रतिनिधिको रुपमा शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका निर्वाह गरी नागरिकप्रतिको भरोसा अभिवृद्धि गर्न भन्दै’ २१ बुँदे निर्देशन जारी गरेको हो । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकले तत्काल अनुभूत गर्ने गरी स्थानीय प्रशासनको काम–कारबाहीमा सुधार ल्याउन निर्देशन गरेअनुसार मन्त्रालयले यस्तो निर्देशन जारी गरेको हो । निर्देशनमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सामाजिक सञ्जालको मर्यादित प्रयोग र साइबर अपराध नियन्त्रण, आर्थिक अपराध नियन्त्रण, सडक सुरक्षा र सवारी दुर्घटना न्यूनीकरण, राजस्व…

थप

काठमाडौं । उद्योगपति विनोद चौधरीले बाँसबारी जग्गा हिनामिना प्रकरणमा आफ्नै कुनै संलग्नता नरेहको बताएका छन् । बिहीबार बिहान चौधरीले सरकारी वकिल कार्यालय काठमाडौंमा पुगेर बयान दिएका थिए । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका चौधरीले बयान दिएर फर्किने क्रममा सञ्चारकर्मीसँग जिज्ञासामा आफूलाई राजनीतिक षडयन्त्र गरिएको बताएका हुन् । चौधरीले आफूले कुनै सरकारी जग्गा नहडपेको बताए । उनले आफूमाथि गरिएको अनुसन्धानलाई ‘राजनीतिक स्टन्ट’ को संज्ञा दिए । स्टन्ट गर्नेहरुलाई आफूले चरित्रको प्रमाणपत्र देखाइरहनु नपर्ने उनको भनाइ छ । गृहमन्त्री रवि लामिछानेको निर्देशनमा चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सरकारी वकिलको कार्यालय लगेर बयान गराएको हो । सीआईबीले सभामुख…

थप

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को छनोट खेलमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र बहराइनबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे बहराइनको राष्ट्रिय रंगशालामा हुनेछ । समूह एचमा रहेको नेपालले होम एन्ड अवे दुवै खेल बहराइनमा खेल्नेछ । आजको खेल दशरथ रंगशालामा हुनु पर्ने भए पनि एफसीको प्राविधिक कमिटीले नेपालको मैदान अस्वीकृत गरेपछि दुवै खेल खेल्न नेपाली टोली बहराइन गएको हो । बहराइन जानुअघि मलेसियामा अभ्यास गरेको नेपालले त्यहाँको राष्ट्रिय टिमसँग खेल्दा पराजय भोगेको थियो । नेपाल रहेको समूह ‘एच’ मा यूएई, बहराइन र यमन रहेका छन् । नेपाल पहिलो खेलमा…

थप

काठमाडौं । नेपाल प्रहरीका १४१ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा भएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुवँरले बुधबार १ सय ४१ डीएसपीको सरुवा गरेका हुन् । चैतदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

थप