काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकले किचेर मृत्यु भएका स्कूटर चालक पुरुष भएको पुष्टि भएको छ । यसअघि प्रहरीले मृत्यु भएका व्यक्ति महिला भएको बताएको थियो ।
तर अहिले ती व्यक्ति पुरुष भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय, भक्तपुरका रहरी नायब उपरीक्षक (डिएसपी) एवम् प्रवक्ता राजन कार्कीले जानकारी दिएका छन् ।
काठमाडौंको कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको ना६ख २१७३ नम्बरको ट्रकले बा४९प ८९४४ नम्बरको स्कूटरलाई ठक्कर दिएको हो । ट्रकले स्कूटरलाई ठक्कर दिएसँगै बिहीवार दिउँसो गठ्ठाघर क्षेत्र तनावग्रस्त बनेको थियो ।
ट्रकको चक्काले स्कूटर चालकलाई पूरै लत्र्याएको थियो । स्कूटर चालकको शव चक्कामा च्यापिएकाले प्रहरीले निकाल्न क्रेनको सहयोग लिनुपरेको थियो । घटना विभत्स भएकाले तनावको स्थिति आएको हो ।
प्रहरीले ट्रकका चालक सर्लाहीको मलंगवा घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरेको छ । यता मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएको छ ।
