Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौ । धनगढी उपमहानगरपालिका-१ काे शिवनगरबाट १४ कार्टुन भाईब्रेट कण्डम बरामद भएको छ । प्रहरीले कण्डमसहित २५ वर्षीय पंकज चन्दलाई पक्राउ गरेको छ । चन्द सुत्ने काेठामा लुकाइछिपाइ राखेकाे अवस्थामा विशेष सूचनाका आधारमा कण्डम बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र बाेहराले जानकारी दिए । बरामद गरिएको कण्डम र चन्दलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय काेहलपुरकाे जिम्मा लगाइएको छ । चिनबाट आयात हुने उक्त कण्डम कैलाली हुँदै भारततर्फ सप्लाई हुने गरेकाे छ ।
काठमाडौं । गाँजासहित कार चालकलाई पोखराबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कार चालक गोरखाको सुलिकोट गाउँपालिका–४ घर भएका २४ वर्षीय मदन नेपाली छन् । जिल्ला इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले उनलाई पोखराको तालचोकबाट शनिबार बिहान पौन ३ बजेतिर पक्राउ गरेको हो । ग १ च ५१३२ नम्बरको कारको डिकीभित्र रातो प्लाष्टिकमा पोकामा बनाएर उनले गाँजा ओसारेको आरोप लागेको छ । नेपालीले चलाएको कारबाट प्रहरीले ९ किलो ८ सय ग्राम गाँजा बरामद गरेको छ । पक्राउ परेका चालक नेपालीमाथि लागु औषध सम्बन्धी मुद्दामा १० दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
काठमाडौं । सशस्त्र प्रहरीको बलम्बुस्थित एपिएफ अस्पतालको गोदाममा आगलागी भएको छ । करिब २० मिनेट अघिबाट आगलागी भएको हो । आगलागी नियन्त्रणका लागि बोलाइएको दमकल अझै पुगेको छैन । गोदामबाट ठूलो मूस्लोसहित धुँवा निस्किएको छ ।
कास्की । घाँटीमा लगाएको सुनको सिक्री लुटेर भाग्ने क्रममा २ जना महिलालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत रक्सौल घर बताउने ४० वर्षीया गीता हरिजन र ५५ वर्षीया खैरेनीया हरिजन रहेका छन् । पोखरा महानगरपालिका-९ नयाँबजारस्थित तनहुँ ब्यास नगरपालिका-३ घर भएकी ६० वर्षीया महिला गाडीबाट झर्ने क्रममा सोही गाडीमा आएका उनीहरूले पीडित महिलाले घाँटीमा लगाएको करिब १ तोलाको सुनको सिक्री लुटी भाग्ने क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले सिक्रीसहित उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौ । पुर्वखानेपानीमन्त्री अब्दुल खान सवार गाडी दुर्घटनामा परेको छ । खान सवार बागमती प्रदेश बि एसी २७३५ नम्बरको गाडी धादिङको कृष्णभिरमा दुर्घटनामा परेको हो । गाडीमा खान, उनका चालक र अन्य तीन जना सवार रहेको ट्राफिक प्रहरीले जनाएको छ । उनीहरु सबै घाइते भएको र अवस्था सामान्य रहेको छ । गाडी चालक आलिम मन्सुरी हुन् । प्रहरीले के कसरी दुर्घटना भयो भनेर सोधपुछ गरिरहेको छ ।
काठमाडौ । क्यालिफोर्नियाको सान डिएगो क्षेत्रका लागि नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत ऋषि पुन्नाखर ढकालको पदावधि ४ बर्ष थप गरिएको छ । नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले ढकालको पदावधि थप गर्ने निर्णय गरेको थियो । ढकालको पदावधि थपिएको औपचारिक जानकारी दिइसकिएको छ । अब ढकालको पदावधि सन् २०२८ सम्म कायम रहनेछ । ढकाललाई नेपाल सरकारले पहिलोपटक सन् २०१३ मा अवैतनिक वाणिज्यदूत नियुक्त गरेको थियो । २०१५ मा अवैतनिक महावाणिज्यदूत नियुक्त गरिएकोमा अहिले त्यसैलाई निरन्तरता दिइएको हो । महावाणिज्यदूत ढकाल तैयारी पोशाक र हस्तकलाका वस्तु नेपालबाट अमेरिका आयातगर्ने एक अग्रणी व्यवसायीका रूपमा स्थापित छन् । संयुक्त राज्य अमेरिकाको पश्चिम तटीय राज्य क्यालिफोर्नियालाई आधार…
गोरखा । गाेरखा जिल्लाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका एक सय पाँच जना दीर्घरोगी तथा गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत उनीहरूको बीमा गरेको गाउँपालिका अध्यक्ष दीपक तिमल्सिनाले बताए । ‘दीर्घरोगी तथा गर्भवतीको नियमित उपचार र स्वास्थ्य जाँचका लागि स्वास्थ्य संस्थामा गइरहनुपर्ने भएकाले आर्थिक अवस्था कमजोर भएकालाई खर्च अभावका कारण समस्या पनि हुनसक्ने अवस्था आउँछ,’ उनले भने, ‘त्यस्ता लक्षित व्यक्तिलाई सहयोग पुगोस् भन्ने उद्देश्यले पाालिकाले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको हो ।’ गाउँपालिकाको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रममा ३० जना दीर्घरोगी रहेका छन् भने ७५ जना गर्भवती छन् । उनीहरु सबैले आउँदो २०८१ जेठ १…
काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवानको बसको ठक्करबाट मृत्यु भएको छ । काठमाडौंबाट काँकरभिट्टा गइरहेको बागमती प्रदेश ०१-००ख ६१२३ नम्बरको बसको ठक्करबाट अमलेखगञ्जमा कार्यरत प्रहरी जवान मुनटुन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार राति सवा ११ बजे डियुटीमा खटिएका ट्राफिक प्रहरी यादवलाई बसले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । चेकजाँचको लागि रोक्न खोज्दा बसको ब्रेक नलागेर यादवलाई ठक्कर दिएको थियो । प्रहरी जवानलाई ठक्कर दिएको बसलाई नियन्त्रणमा लिएको छ । मृतक प्रहरी जवान यादव पर्साको छिपहरमाई गाउँपालिका मिर्जापुर निवासी रहेको प्रहरीले जनाएको छ…
काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी उपरीक्षक (एसपी)हरुको काज सरुवा भएको छ । शुक्रबार प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले १६ जना एसपीको सरुवा गरेका हुन् । तराईका ६ वटा जिल्लामा अवधि नपुग्दै जिल्ला इन्चार्जहरुलाई फिर्ता बोलाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा तुलबहादुर कार्कीलाई पठाइएको छ । त्यहाँ कार्यरत सुवास बोहरालाई फिर्ता बोलाइएको छ । पहाडी जिल्ला नुवाकोटमा शान्तिराज कोइरालालाई सरुवा गरिएको छ । यसअघि नुवाकोटमा प्रहरी प्रमुख एसपी संजय सिंह थापा सुन तस्करी प्रकरणमा तानिएपछि नुवाकोटमा प्रहरी प्रमुखविहीन बनेको थियो । यस्तै बारा प्रहरी प्रमुखमा एसपी महेन्द्र खड्कालाई ल्याइएको छ भने रौतहट प्रहरी प्रमुखमा एसपी दिलिप घिमिरेलाई पठाइएको…
काठमाडौं । नेपाली सेनाका ४८ जना प्रमुख सेनानी महासेनानीमा बढुवा सिफारिस भएका छन् । त्यसैगरी प्रमुख सेनानीमा ९८ जना बढुवा सिफारिस भएका छन् । उनीहरुको रिक्त स्थानमा बढुवा हुने सेनाले जनाएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा समितिले गरेको सैनिक अधिकृतहरुको बढुवा सदर गरेका हुन् । बढुवा हुने महासेनानीहरुमा संगीत पुन, जितेन्द्र कुमार गौली, रणबहादुर खड्का, लक्ष्मण खत्री, मनोग गुरुगं, अनन्त बहादुर सिंह, महेश्वर कार्की, प्रकाश थापा, दिवाकर रायमाझीलगायत छन् । त्यसैगरी प्रमुख सेनानीहरुमा देराजन बस्नेत, सञ्जय अधिकारी, उपेश प्रताप राणा, आविस्कार ढुंगाना, प्रदीप कुँवर, हरि खड्का, सुरज महतलगायत छन् । हेर्नुस् सूची