रत्ननगर । भरतपुर महानगरपालिकालाई उछिन्दै ग्रामिण क्षेत्रमा रहेको कालिका नगरपालिका स्थानीय तह संस्थागत क्षमता मुल्याङकन (लिजा) मा तेस्रो हुन सफल भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता मुल्याङकन (लिजा) मा रत्ननगर पहिलो हुँदा खैरहनी नगरपालिका जिल्लामै दोस्रो भएको छ ।
विकासको हिसावले अग्रणी स्थानमा रहेको जिल्लाको एकमात्र महानगरपालिका भरतपुर भने चौथो भएको छ । कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले सबै भन्दा पछि स्थापना भएको कालिका नगरपालिका तेस्रो हुनुलाई सकरात्मक रुपमा लिएको बताए ।
रत्ननगर र खैरहनी क्रमश जिल्लामा प्रथम र दोस्रो हुँदा कालिकाले सुरक्षित गरेको स्थान निराशजन नरहेको उनले बताए । लिजालाई चाहिने फोहोर व्यवस्थापन लगायत अन्य काम गर्ने तयारीमा रहेको भन्दै उनले तोकिएको सुचकहरु पुरा गरी अहिलेको नतिजाले उत्साहित हुँदै आगामी आर्थिक बर्षमा पहिलो र दोस्रो हुने प्रयास गर्ने बताए ।
इच्छाकामना गाउँपालिका पाँचौ र माडी नगरपालिका छैठौ भएको छ । जनप्रतिनिधिको बेमेलका कारण लथालिङ रहेको चितवनको राप्ती नगरपालिका स्थानीय तह संस्थागत क्षमता मुल्याङकनबाट बाहिरिएको छ ।
