Author: Scoop Khabar

स्पेन । नेपाल तथा भरतपुर भ्रमणका लागि स्पेनमा रहेका नेपालीहरुले निम्तो बाँडेका छन् । बार्सिलोना स्थित साग्रदा फामिलिया अगाडि बार्सिलोना नगरपालिका, साँस्कृतिक विभाग सँग सहकार्य गर्दै नेपाली जनप्रगतिशील मञ्च स्पेनको आयोजनामा आयोजित ´नेपाल पर्यटन प्रवर्द्धन तथा नेपाली नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रममार्फत नेपालीहरुले भ्रमणको निम्तो बाँडेका हुन् । ४ सय बढी विदेशी पर्यटकलाई भरतपुर भ्रमण वर्षको पीन समेत हस्तान्तरण गर्दै गन्तव्यबारे जानकारी गराएका छन् । कार्यक्रममा नेपाली विभिन्न जातजाती, भाषा संस्कृति झल्केका तमु समुदाय, मगर समुदाय,तामाङ समुदाय, क्षेत्री समुदाय, आर्य खस समुदायहरू, मोना स्पेन ,नेपाली पाठशालाका ससाना कलाकार नानिबाबुहरूले आ आफ्नो प्रस्तुतीहरू देखाएका थिए । करिव १० हजार…

थप

काठमाडौ । सशस्त्र प्रहरी बलका निरीक्षक (इन्स्पेक्टर) प्रकाश बहादुर चन्द्रविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्स्पेक्टर चन्दविरुद्ध मुद्दा दायर गरेको हो । सशस्त्र प्रहरी बल, ३६ नम्बर गण डोटी दरबन्दी भएका चन्दले नक्कली प्रमाणपत्रको आधारमा जागिर खाएको देखिएकाले मुद्दा दायर गरिएको अख्तियारको भनाइ छ । उनले भारतबाट जारी भएको हाइस्कुल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी प्रहरी परिचर पदमा नियुक्ति लिई त्यस पश्चातका माथिल्ला विभिन्न पदको लागि समेत सोही प्रमाणपत्र पेस गरेको खुल्न आएको अख्तियरका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । `हाल सशस्त्र प्रहरी निरीक्षक पदमा रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेको र निजको…

थप

काठमाडौ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) विनोद शर्मा तानिएका छन् । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुवरले एसपी शर्मालाई हेडक्वाटर तानेका हुन् । सोमबार प्रहरी प्रधान कार्यालयले शर्मालाई सिन्धुली प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएको हो । उनको व्यवसायिक आचरणमा प्रश्न उठेपछि गृह मन्त्रालयकै निर्देशनमा उनलाई हटाइएको स्रोत बताउँछ । उनको २०८० फागुन १ गते सिन्धुलीमा सरुवा भएको थियो । तर, उनी ६ गते मात्र कार्यालयमा हाजिर भएका थिए । उग्र स्वभाव भएका एसपी शर्मा पटक पटक विवादमा आइरहन्छन् । उनको ठाउँमा प्रधान कार्यालयले अहिले कसैलाई पनि जिम्मेवारी दिएको छैन ।

थप

काठमाडौं । कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भोलि मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् । विदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।

थप

काठमाडौं । नेपाल प्रहरीमा विभिन्न पदमा कार्यरत १६ जना सम्पर्कविहीन भएका छन् । उनीहरु २०८० साल फागुन महिनामा मात्रै सम्पर्कविहिन भएका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार २०८० फागुन २ गतेदेखि फागुन २४ गतेसम्म प्रहरी हवल्दार, जवान लगायत पदमा कार्यरत उनीहरु आफूखुसी कार्यालयमा गैरहाजिर भएका हुन् । बिना जानकारी सम्पर्कविहीन भएपछि उनीहरुलाई प्रहरी प्रधान कार्यालयले ७ दिने सूचना जारी गरेको छ । प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएकाले ७ दिने सूचना निकालिएको कार्यालयले भनेको छ । तोकिएको मितिमा चित्तबुझ्दो जवाफसहित कार्यालयमा हाजिर हुन नआएमा सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयको चेतावनी छ ।

थप

काठमाडौं । नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौंका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर फ्रान्स प्रस्थान गरेका छन् । इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा सञ्चालन हुने १९औं ‘हेड अफ एनसिबी कन्फरेन्स’मा सहभागी हुन उनी सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् । कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक प्रसाद राई, प्रहरी नायव महानिरीक्षक (डिआईजी) भीमप्रसाद ढकाललगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे । हरेक वर्ष हुने हेड अफ एनसिबी कन्फरेन्स यस वर्ष वैशाख ११ देखि १३ गते सम्म फ्रान्सको लियोनमा सम्पन्न हुनेछ । कन्फरेन्समा प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रबहादुर सिंह समेत सहभागी हुनेछन् । हेड अफ एनसिबी कन्फरेन्समा इन्टरपोलका सम्पूर्ण १९६ सदस्य…

थप

काठमाडौँ । नेपाली सैनिक वार कलेज नगरकोटमा सञ्चालित सि.सं.१२ हायर कमाण्ड तथा म्यानेजमेन्टका तालिमरत ३५ जना अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालको अवलोकन भ्रमण गरेका छन् । आइतबार अवलोकन भ्रमणमा सहभागीहरूलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले स्वागत गर्दै भ्रमण कार्यक्रम सम्बन्धी जानकारी गराएका थिए । सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डाटा सेन्टर, पोलिग्राफ शाखा, डिजिटल फरेन्सिक ल्याब र सङ्ग्रहालय समेतको अवलोकन गरे । अवलोकन पश्चात् आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरूको निरूपण गर्दै नेपाली सेनासँग नेपाल…

थप

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले चितवन रत्ननगर न.पा. वडा नं.१३ स्थितमा रहेको असाहय बृद्ध कल्याण समाजमा रहेका बृद्ध बृद्धाहरुलाई लत्ता कपडा तथा खाद्यान्न सामाग्री बितरण गरेकी छन् । नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेशको आयोजनमा संघकी अध्यक्ष कुँवरले बृद्ध बृद्धाहरुलाई लत्ता कपडा तथा खाद्यान्न सामाग्री वितरण गरेकी हुन् । सेवा नै मुल धर्म हो भन्ने पवित्र भावनालाई आत्मसात गर्दै संघले लत्ताकपडा तथा खाद्यान्न सामाग्री वितरण गरेको हो । उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार के.सी, नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेश हेटौंडाका अध्यक्ष श्रीमती सबिना सिल्वाल, जिल्ला प्रहरी…

थप

कपिलवस्तु । कपिलवस्तुमा एक भारतीय नागरिकलाई अपहरणपछि कुटपिट गरेर हत्या गरिएको छ । जिल्लाको मायादेवी गाउँपालिकामा भारतको सिद्धार्थनगरका ४१ वर्षीय जमाल अहमदको हत्या भएको हो । युपी ५५ एएच २०५७ नम्बरको मोटरसाइकल चढेर बिहीबार दिउँसो ४ बजेतिर नेपाल आइरहेका बेला बिजुवा पुलमा रोकेर जमाललाई ट्याम्पुमा राखेर अपहरण गरिएको थियो । उनलाई अभिराभ गाउँ नजिक रहेको इसलाहुल मुस्लिम मदरसाको कोठामा बाँधेर कुटपिट गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । घटनामा संलग्न भएको आशंकामा तीन जना नेपाली नागरिक पक्राउ परेका छन् । हत्या गरिएको शव बिहीबार राति १२ बजे फेला परेको थियो ।

थप

काठमाडौँ । नेपाली पार्कर खेलाडी दिनेश सुनारको नाममा अमेरिकाको ओहायो राज्यको एक्रोन सहरले अप्रिल २१ लाई ‘दिनेश सुनार डे’ भनेर मनाउने गरेको छ । हाल अमेरिकामा रहँदैं आएका दिनेशले पार्करमा १८ विश्व कीर्तिमान बनाइसकेका छन् । न्युयोर्कमा रहेका दिनेशले नेपालमा ३ र अमेरिकामा १५ विश्व कीर्तिमान बनाएका हुन्  । सन् २०२२ को अप्रिल २१ मा दिनेशले एक्रोनमा आफ्नो पाँचौं विश्व कीर्तिमान बनाएपछि सहरका मेयर डेनियल हेरिगनले उनलाई सम्मान गर्दै हरेक वर्ष अप्रिल २१ मा ‘दिनेश सुनार डे’ मनाउने घोषणा गरेका थिए । ‘दिनेश सुनार डे’ आफ्नो जिन्दगीको स्मरणीय क्षण भएको जनाउँदै थप विश्व कीर्तिमानलाई तयारी गरिरहेको जनाए ।

थप