नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट नाती–बजुको मृत्यु भएको छ ।
बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका–१० भैसाखोरीमा शुक्रबार राती ना ७ ख २५२५ नम्बरको बसले गैडाकोट– ११ का सात वर्षीय बालक विशाल श्रेष्ठ र बालककी मामाघरकी हजुरआमा ५५ वर्षीया श्रीमाया मानन्धरलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट विशालको घटनास्थलमै मृत्यु भएको थियो । बालककी हजुरआमा स्याङ्जाकी ५५ वर्षीय श्रीमाया गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा राति श्रीमायाँको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का डीएसपी वेदबहादुर पौडेलले बताए ।
Facebook Comments Box
