काठमाडौं । उपत्यकाभित्रको जघन्य किसिमको अपराध अनुसन्धान गर्ने निकाय हो, उपत्यका अपराध अनुसन्धान कार्यालय । विगत ५ महिनादेखि कार्यालयको नेतृत्वमा छन् प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराई ।
पछिल्लो समय काबिल एसएसपीहरु पाएको कार्यालयले नागरिकको मनमात्रै जितेको छैन, उपत्यकामा अपराधीहरु शीर उठाउन नसक्ने अवस्थामा पुगे । हालका एसएसपी भट्टराईले समेत कार्यालयलाई चलायमान बनाएका छन् ।
यसअघिका हाकिमहरुको शाख जोगाउनकै लागि भने पनि उनले उपत्यकामा हुने जघन्य अपराध घटनाहरुमा तत्काल रेस्पोन्स गर्नको लागि आफ्नो टोलीहरुलाई स्ट्यान्डबाई राखेका छन् ।
त्यसैले बुझ्न सहजै बुझ्न सकिन्छ कि, एसएसपी भट्टराईले कार्यालयको शाख बचाउने हिसाबले काम गरिरहेका छन् । उनको कमान्डमा रहेको कार्यालयले विभिन्न प्रकरणका अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने काम गरिरहेको छ ।
विदेश पठाउने, ठगी गर्ने, अनलाइन बेटिङ गर्नेलगायतका व्यक्तिहरुलाई धमाधम पक्राउ परेका छन् । त्यतिमात्र नभएर एसएसपी भट्टराईले अनलाइन बेटिङको गिरोह नै ध्वस्त पार्ने अभियानमा जुटेका छन् ।
एसएसपी भट्टराई त्यस्ता व्यक्ति हुन् जसले बारा जिल्लाको नेतृत्व गर्दासमेत तस्करीहरुको निदहराम पारिदिएका थिए । त्यस्तै संवेदनशील अर्को जिल्ला झापाको समेत नेतृत्व गरेका एसपी भट्टराईले त्यहाँ पनि तस्करी निस्तेज पारे ।
त्यसैले उनी अब्बल र इमान्दार प्रहरी अधिकृतको रुपमा प्रहरी संगठनमा चिनिन्छन् । काबिल अनुसन्धान अधिकृतको पहिचान बनाएका भट्टराई एसएसपी बढुवासम्मको रेकर्डमा भने उनी शीर्ष ३ भित्रै छन् ।
अपराध नियन्त्रण, अनुसन्धानमा अब्बल दरिएका उनी आर्थिकदेखि लिएर कुनै पनि विवादमा नमुछिएका प्रहरी अधिकृत हुन् । समाजमा भएका विभिन्न आपराधिक घटनालाई सफल अनुसन्धान गर्दै टुंगोमा पुर्याएका उनी विवादरहित रुपमा आफ्नो जिम्मेवारीलाई सजिलै निर्वाह गर्छन् ।
प्रहरी सेवामा प्रवेश गरेको सुरुदेखि नै भट्टराई उत्कृष्ट काम गर्ने प्रहरी अधिकृतको रुपमा चिनिएका थिए । कमाण्ड, कन्ट्रोल र अनुसन्धानमा अब्बल मानिएका उनले जहाँ गए त्यहाँ आफ्नो अलग छाप बनाए ।
सक्षम प्रहरी र सुरक्षित समाजको योजनामा रहेको प्रहरी नेतृत्वको भावनाको आकारलाई घटाउने होइन, बढाउनका लागि पनि अपराध कर्मसँग निरन्तर जोडिएका व्यक्तिमाथि निगरानी बढाउने काममा उनी तल्लिन रहनुको साथै स्ट्यान्डबाई रहन्छन् ।
‘कति एसएसपी साहब आए, कति गए । सबैले आफ्नो–आफ्नो तरिकाले सुरक्षा दिनलाई तल्लिन भएर काम गरे,’ उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत एक प्रहरी जवान भन्छन्, ‘त्यसैले यस कार्यालयमा काम गर्न पहिलाको भन्दा अहिले सहज समेत छ ।’
प्रहरी प्रधान कार्यालयले अवलम्बन गरेको नीतिले अपराध नियन्त्रण देखिएको सुरक्षा छनकले स्थानीयले समेत यस कार्यालयको मुक्तकन्ठले प्रशंसा गर्ने गरेको ती जवानले बताए ।
उनीसँगै प्रहरी सेवामा प्रवेश गरेका विश्व अधिकारी, भुपेन्द्र खत्री, ओम अधिकारी, शेखर खनाल, गंगा पन्त काबिल अफिसर मानिन्छन् । उनीहरुमध्येबाट एकजना प्रहरी नेतृत्वमा पुग्ने हुन् ।
