Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । नेपाल प्रहरीमा नायब महानिरीक्षक (डिआईजी) नियुक्तिको प्रक्रिया चर्चामा छ । रिक्त तीनवटा डिआईजी पदको लागि दर्जनौं प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)हरु प्रतिस्पर्धामा छन् । काँधमा डिआईजीको फुली लाउन पाउने आकाङ्क्षामा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरका ब्याची, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाका ब्याची र अन्य एसएसपीहरु प्रतिस्पर्धामा रहेका छन् । तर, डिआईजी बढुवामा गृहमन्त्री रवि लामिछाने र आईजीपी कुँवरको एउटै अडान छ नेतृत्व विकास गर्नुपर्छ, हुनुपर्छ । उनीहरुको अडानपछि संगठनमा काविल एवम् क्षमतावान् अफिसरहरूको वृत्तिविकासमा रोकावट हुनेछैन । डिआईजीको लागि आईजीपी कुँवरका ब्याचीहरु हुन् भोला रावल, धु्रवराज राउत र गणेश चन्द । उनीहरु २०५१ चैत ५ मा आईजीपी…
काठमाडौ । काभ्रे प्रहरीले अनलाइनमार्फत् १९ लाख रुपैयाँ ठगी गरेको आरोपमा दार्चुलाका एक युवकलाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुलाको ब्यास गाउँपालिका-६ घर भई हाल काठमाडौँ महानगरपालिका ३१ शान्तिनगरमा डेरा गरेर बस्ने भुवनसिंह धामी छन् । उनलाई केही दिनअघि प्रहरीले पक्राउ गरेको हो । धामीले डोल्पाको ताङसो, गाँउपालिका ६ घर भई हाल काभ्रेको नमोबुद्द नगरपालिका १ मा रहेको नमोबुद्ध गुम्बामा अध्ययन गरी बस्ने १७ वर्षीय कार्मा तेन्जेन गुरूङबाट १९ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । धामीले ती किशोरसँग सामाजिक सञ्जालमार्फत् सम्बन्ध स्थापित गरी पटकपटक गरेर खल्ती एपमार्फत् १९ लाख रुपैयाँ ठगी गरेको पाइएको हो । उनले…
काठमाडौं । पोखरामा एक अनलाइन डेलिभरीको कार्यालयमा चोरी गरेको आरोपमा कास्की प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–१५, टुटुंगाका २९ वर्षीय अर्जुन परियार, पोखरा–१० का २७ वर्षीय विकास अधिकारी र धादिङ घर भई पोखरा बस्दै आएका २९ वर्षीय लोकेन्द्रबहादुर इटनी छन् । उनीहरुले गत २४ चैतमा पोखराको नयाँबजारस्थित एक अनलाइन डेलिभरीको अफिसमा चोरी गरेको पाइएको कास्की प्रहरीका प्रवक्ता तथा डीएसपी वसन्तकुमार शर्माले बताए । शौचालयको सिसा फोडेर भित्र प्रवेश गरी अनलाइन डेलिभरी अफिसको लकर नै बोकेर उनीहरु फरार भएका थिए । उक्त लकरमा ५ लाख ८२ हजार ५८० रुपैयाँ रहेको खुलेको डीएसपी शर्माले बताए । उक्त…
काठमाडौं । बारामा कार्यरत एक प्रहरीले बोकेको अटोमेटिक पेस्तोल नै गायब भएको छ । इलाका प्रहरी कार्यालय अमलेखगन्ज, बाराका वरिष्ठ सईले बोकेको अटोमेटिक पेस्तोल गायब भएको हो । वरिष्ठ सई पूर्ण बिसीले बोकेको अटोमेटिक पेस्तोल ( सर्विस रिवल्वर) सोमवार रातिदेखि गायब भएको बारा प्रहरीले जनाएको छ । सई बिसी सोमवार राति गस्तीमा निस्केको र सोही क्रममा उनले बोकेको गोली लोड गरिराखेको पेस्तोल हराएको हो । गोलीमा १० वटा गोली लोड रहेको थियो । पेस्तोल हराएको घटनाको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी दधिराम न्यौपानेले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।
काठमाडौं । ‘सेवा नै धर्म हो’ भन्ने उद्देश्यले २०४१ साल भदौ ४ गते नेपाल प्रहरी श्रीमती संघ नामक मुनाफारहित संस्थाको स्थापना भएको हो । यस संघको प्रधान कार्यालय भृकुटीमण्डप काठमाडौंमा रहेको छ । श्रीमान् प्रहरी महानिरीक्षक भएपछि स्वतः श्रीमती सघंको अध्यक्ष बन्ने परम्परा छ । जसकारण प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरको श्रीमती लक्ष्मी कुँवर हाल संघको केन्द्रीय अध्यक्ष छिन् । अध्यक्ष कुँवरले २०७९ चैत ११ गतेदेखि संघको कार्यभार सम्हालेकी हुन् । कुँवरको ११ महिनाको कार्यकालमा संघले शिक्षा, स्वास्थ्य, खेलकूद, आर्थिक क्षेत्रको सुधार, विकास र उन्नतिका क्षेत्रमा काम गर्दै आइरहेको छ । यस संघले आफ्नो कार्यकालमा प्रहरी परिवारका महिलालाई मात्र…
काठमाडौं । सवारी दुर्घटनामा पत्रकार विनय यादवको मृत्यु भएको छ । गएराति जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने मिथिला नगरपालिका–६ मा यादव आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रन्जन अवाले गएराति १ बजे दुर्घटनामा परेका यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा बिहान ६ बजे निधन भएको हो । उनी धनुषाको जनकपुरमा बसेर पत्रकारिता गर्थे । दुर्घटनामा पत्रकार यादवका साथी धनुषाधाम–५ कै करिब ३० वर्षीय लक्ष्मी नारायण यादव पनि गम्भीर घाइते भएका छन् ।
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्ना हिजोका अभिव्यक्ति नखोतल्न आग्रह गर्दै जे कुरालाई हिजो गलत भनिएको हो आज पनि गलत नै रहेको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्ना धारणा राख्दै यस्तो धारणा राखेका हुन् । लामिछानेले ८ वर्ष पहिले सरकारले दिएको बिदालाई व्यङ्ग्य गर्दै बाउको मुख हेर्ने दिनमा पनि विदा दिन भनेका थिए । आज कतारका अमिर आउने दिनमा गृह मन्त्रालयले दिएको बिदालाई लिएर सामाजिक सञ्जालमा उनको पुरानो अभिव्यक्ति उत्खनन् भएपछि लामिछानेले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले आफूले भीआईपीको सवारीका बेलामा नागरिकले पाउने सास्ती, करोडौँ खर्च गरेर दिइने पदक, आम माफीका विषयमा आफूले लगातार काम…
काठमाडौं । पछिल्लो समय सहकारी संस्थाहरूको हालत खराब छ । त्यसमाथि चोरीका घटना बचतकर्ताकै सम्पत्तिमाथि धावा बोल्ने कार्य हो । झापामा एक दुई मात्र होइन दर्जन सहकारीमा योजनाबद्ध चोरी गर्ने ६ जनाको गिरोह पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका-५ का ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सुनिल भन्ने सन्त बहादुर स्याङ्तान, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, २६ वर्षीय सुजन स्याङ्तान र मकवानपुरगढी-८ का २८ वर्षीय अजय राना मगर छन् । उनीहरू मिलेर झापा जिल्लाका १३ वटा सहकारीहरूमा योजनाबद्ध रूपले चोरी गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । झापा प्रहरीका अनुसार उक्त समूहले विभिन्न मिति…
काठमाडौं । नेपाली सेनाले निजगढ–काठमाडौं द्रुत मार्गको ठेक्का लिएर निर्माण कार्य अघि बढाइरहेको जोखिम भत्तामा असन्तुष्टि जनाएको छ । जोखिम भत्ता कटौतीप्रति नेपाली सेनाले सरकारसँग असन्तुष्टि व्यक्त गरेको हो । प्रधान सेनापति प्रभुराम शर्माले दुर्गम क्षेत्रमा ज्यान जोखिममा राखेर बाटो निर्माणमा खटिएका सेनाका जवान लगायतलाई सरकारले पहिले दिँदै आएको जोखिम भत्ता कटौती गरेकोमा असन्तुष्टि जनाएका हुन् । ‘जहाँ अप्ठेरो त्यहाँको सडक सेनालाई दिने गरिएको छ । पहिले पहिले जोखिम भत्ता हुन्थ्यो, अरू बैठक भत्ता लगायत कटौती गर्दा यो पनि काटिएको छ । कहाँ काम गर्ने कसैलाई थाहा छैन, काठमाडौँमा बसेर योजना बनाउने, बजेट बनाउने, के हो जोखिम भत्ता भनिदिने, काम…
काठमाडौ । युवतीहरुलाई ‘ब्ल्याकमेल’ गरेको अभियोगमा सिन्धुलीको तीनपाटन गाउँपालिका–८ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्दै आएका ३६ वर्षीय कमलप्रसाद अधिकारी पक्राउ परेका छन् । उनले फेसबुकमा ‘पाथीभरा माता’ नामक अकाउन्ट खोलेर युवतीहरुलाई ‘ब्ल्याकमेल’ गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनले सामाजिक सञ्जालमा रोजगारीका विभिन्न खालका प्रचार गर्दै आएका थिए । रोजगारी दिलाउने बहानामा ‘फिटनेस चेकअप’ भन्दै युवतीहरुलाई नग्न फोटो तथा भिडियो पठाउन लगाएको साइबर ब्युरोका सूचना अधिकारी दीपकराज अवस्थीले जानकारी दिए । अधिकारीले नग्न फोटो तथा भिडियो पाएपछि युवतीहरुलाई ‘ब्ल्याकमेल’ गर्दै आएका थिए । प्रहरीले उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ ।