काठमाडौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरीकी प्रहरी प्रमुख एआईजी किरण बज्राचार्यले जिल्ला प्रहरी परिसर ललितपुरको निरिक्षण गरेकी छन् । साथै उनले निर्देशन पनि दिएकी छन् ।
निरिक्षणको क्रममा एआईजी बज्राचार्यले कानूनको उल्लंघन गर्ने जो कोही भएतापनि ओहदा नहेरीकन कानूनी दायरामा ल्याउन निर्देशन दिदै कानूनको सहि तरिकाले निर्दयीता पूर्वक कार्यान्वयन गर्दा जस्तो सुकै दवाव आएपनि पछी नहटन निर्देशन दिइन् ।
उनले विभिन्न अपराधिक र प्रतिबन्धित तत्वहरूले शान्ती सुरक्षामा खलल पार्न सक्ने हुनाले त्यस तर्फ सचेत रहदै शान्तीसुरक्षा मजबुत बनाउन पनि प्रहरी कर्मचारीहरूलाई दिन रात नभनी त्रुटिरहित जिम्मेवारी बहन गर्न समेत निर्देशन दिइन् ।
Facebook Comments Box
