काठमाडौं । लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डिबी) ले अदालतमा पुगेर आत्मसर्मपण गरेका छन् । नेपाली कांग्रेसबाट सांसद बनेका केसीले रुकुम जिल्ला अदालत पुगेर आज आत्मसमर्पण गरेका हुन् ।
सम्बन्ध बिच्छेदको नक्कली कागज बनाएपछि उनकै श्रीमती राधा केसीको जाहेरीमा सुनुवाइ गर्दै अदालतले केसीलाई दोषी ठहर गरेको थियो ।
२०४८ साल असार ९ गते अदालतले एक वर्ष जेल र दुई हजार जरिवानाको फैसला सुनाए पनि केसीले हालसम्म सजाय भुक्तान गरेका थिएनन् ।
प्रदेश सांसद केसी आफैँ अदालतमा उपस्थित भएको र अदालतले उनलाई सजाए भुक्तानका लागि आज कारागार चलान गरेको हो ।
गत निर्वाचनमा केसी नेपाली कांग्रेसको तर्फबाट रूकुम पूर्वको प्रदेश सभा क्षेत्र १ को १ बाट निर्वाचित भएका थिए ।
Facebook Comments Box
