Author: Scoop Khabar

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको लक्ष्य हासिल गर्ने कामलाई समन्वयसहित रचनात्मक ढङ्गले पूरा गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित कार्यसम्पादन सम्झौता कार्यक्रममा प्रधानमन्त्री ओलीले के गर्ने, के हासिल गर्ने भन्ने थाहा नभइकन कार्यालय आउने र जाने प्रथालाई अन्त्य गर्दै विगतमा आफू प्रधानमन्त्री हुँदा यस प्रकारको पद्धति बसालेको बताए । ‘हामी टिम स्पिरिटमा काम गर्छाैँ, एकार्कालाई सहयोग गछौँ । लोकतन्त्रका र जनताका हित गर्दै सुशासन र सुरक्षा कायम गर्न प्रतिबद्ध छौँ भन्ने यी सम्झौतामा समावेश गरिएका छन् । हामीले यस बमोजिम थप दृढताका साथ काम गर्नुपर्ने छ,’ प्रधानमन्त्री ओलीले भने । उनले…

थप

काठमाडौँ । २३ वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ व्यास नगरपालिका–९ घर भई कास्कीको पोखरा बस्ने २४ वर्षीय सुदिप पौडेललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पौडेलले ती युवतीलाई काठमाडौँ महानगरपालिका–२६ लैनचौरस्थित प्यासिफिक गेस्ट हाउस तथा अपार्टमेन्टको १०४ नम्बर कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

थप

काठमाडौं । ठमेल पर्यटन विकास परिषदले पूर्वअध्यक्ष डा. रामशरण थपलियाको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । बुधबार आयोजित एक समारोहबीच परिषदको प्रमुख सल्लाहकारमा डा. थपलिया, सल्लाहकारको रुपमा परिषदकी पूर्व उपाध्यक्ष गीता गुरुङ र कमल भण्डारीलाई बधाई तथा शुभकामनासहित औपचारिक रुपमा प्रमाणपत्र प्रदान गरिएको हो । गत साउन ७ गते सम्पन्न परिषदको बैठकले विगत लामो समयदेखि पर्यटकीय नगरी ठमेल क्षेत्रको वृद्धिविकास सँगसँगै सिंगो मुलुककै पर्यटन क्षेत्रको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका डा. थपलियालाई प्रमुख सल्लाहकार र पर्यटन क्षेत्रको विकासमा योगदान गर्दै आएका गुरुङ र भण्डारीलाई सल्लाहकारको रुपमा मनोनित गर्ने निर्णय गरेको थियो । परिषदको विधान २०४७ (पाचौं संशोधन…

थप

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सन्तानलाई आन्दोलनमा लाग्न प्रेरित गर्ने बुवाआमाहरु परिवर्तनका संवाहक भएको बताएका छन् । चन्द्रागिरी नगरपालिका १४ नयाँ नैकाप निवासी बुद्धराम दुलालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले त्यस्ता बुवाआमालाई सधै समाजले सम्झिरहने बताए । सन्तानलाई हुर्काउन, बढाउन र पढाउन संघर्ष गर्दै आफूलाई बामपंथी रुझानबाट अघि बढाउदै पाँच छोरा, पाँच बुहारी र चार छोरीलाई राजनीति सामाजिक आन्दोलनमा लाग्न प्रेरित गर्ने बुद्धराम प्रेरणाको स्रोत भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले २०४५ सालदेखि विरामी अवस्थामा रहेका बुवाको सम्मानपूर्वक स्याहारसुसार गर्ने परिवार पनि उत्तिकै उदाहरणीय भएको बताए । धेरै कठिनाइका बीचबाट पनि दुलालले सामाजिक क्षेत्र,…

थप

काठमाडौं । आरोहण आफैमा साहसिक कार्य हो । संसारकै अग्लो हिमालको चुचुरोमा पुग्नु चानचुने कुरा पनि होइन । हिमाल चढ्नु भनेको मृत्युलाई आत्मसाथ गर्नु पनि हो । यहि भनाई आत्मसात गर्दै १८ वर्षको कलिलो उमेरमै संखुवासभामा निमा रिन्जी शेर्पाले ८ हजारभन्दा माथिका १३ वटा हिमालको सफल आरोहण गरिसकेका छन् । १६ वर्षको उमेरदेखि हिमाल आरोहण सुरु गरेका निमाको अब एउटै सपना छ, त्यो हो चाइनाको तिब्बत बोर्डरमा रहेको ८ हजारमाथिको शिशपाङ्मा हिमाल चढेर कीर्तिमान बनाउने । चाइनाको तिब्बत बोर्डरमा रहेको शिशपाङ्मा हिमाल आरोहणपछि निमाले विश्वमै सबैभन्दा कम उमेरमा ८,००० मिटरभन्दा अग्ला १४ हिमाल चढ्ने आरोहीको रुपमा कीर्तिमान राख्नेछन् । हाल…

थप

काठमाडौं । निक्कै रस्साकस्सीबीच कार्य सम्पादन मूल्यांकनमा पहिलो नम्बरमा रहेका तत्कालिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्त बहादुर कुँवर २०७९ चैत १० गते नेपाल प्रहरीको नेतृत्वमा आए । यो १७ महिनाको समयमा उनले कहाँ के के गरे त ? उनी सफल भएका छन् कि त असफल ? तल्लो दर्जाको प्रहरीको लागि के गरे त ? संगठन सुधारको प्रयास भयो कि भएन ? सर्वत्र चासोको विषय पनि छ । कुँवर प्रहरी महानिरीक्षक (आईजीपी) भइसकेपछि नेपाल प्रहरीमा चौतर्फी सुधार प्रयास भएको परिणामहरुबाट देखिन्छ । नेपाल प्रहरीको नेतृत्व सम्हालेपछि कुँवर संगठनको कार्यशैलीमा परिवर्तन ल्याउन सफल भएका छन् । प्रहरीको सांगठनिक ढाँचा र कार्यक्षमतामा समेत…

थप

काठमाडौं । सम्बन्ध विच्छेदको मुद्धालाई लिएर बुधबार कास्कीमा एक जना महिलाको हत्या भएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका-१, कुँवर गाउँ निवासी ४२ वर्षका जहरसिंह कुँवरले श्रीमती ४० वर्षकी राधिका कुँवरको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । उनीहरु हाल पोखरा महानगरपालिका-८ मा बस्दथे । राधिकाको घाँटी र पेटमा चोट लागेको प्रहरीले जनाएको छ । उनीहरुबीच जिल्ला अदालत कास्कीका सम्बन्ध विच्छेदको प्रक्रिया पनि अगाडि बढिरहेको थियो । जहरसिंह यतिवेला प्रहरी नियन्त्रणमा छन् भने राधिकाको शव पश्चिमाञ्चल क्षत्रीय अस्पताल पोखरामा राखिएको कास्की प्रहरीले जानकारी दिएको छ । उनीहरुका एक नाबालक छोरा छन् ।

थप

काठमाडौं । काठमाडौंमा प्रहरी कार्यालयभित्रै बर्दीधारी प्रहरीले जुवा खेलेको विषय बाहिरिएको छ । काठमाडौं महानरपालिका-३२, मा रहेको नरेफाँट प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक रामकृष्ण थापासहित ३ जना प्रहरीले जुवा खेलिरहेको विषय सार्वजनिक भएको हो । सो विषय सार्वजनिक भएपछि अहिले उनीहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वर तानिएको छ । अहिले उनीहरुलाई तानेर उनीहरूको स्थानमा नयाँ टोली पठाइएको डीएसपी शिवराज बुढाथोकीले जानकारी दिए । स्रोतका अनुसार थापासहितको टोली आफ्नो डिउटी समयलाई छलेर कार्यालयमै जुवातास खेलिरहेको अवस्थामा गत शनिबार फेला परेका थिए ।

थप

काठमाडौं । विभिन्न मितिमा हराएका २२ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले बुधबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच यस कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरत बहादुर बोहराले १३ वटा मोटरसाइकल र ९ वटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन् । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा सिंहदरबार, कोटेश्वर, सुन्दरीजल, नयाँबसपार्क, नेपालटार, तिलेङ्गेटार, जनसेवा, सानेपा, कलंकी, टोखा, सानोठिमी, स्वयम्भु, थानकोट र मैतीदेबी लगायतका स्थानबाट हराएका उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला…

थप

काठमाडौं । दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै असोज १३ गतेदेखि २२ गतेसम्म सुकिला नोट साट्न सकिने जानकारी गराएको हो । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र बैंकिङ विभागबाट नोट साट्न सकिनेछ । राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्त्र र धनगढीबाट नोट सटहीको सुविधा लिन सकिने बैंकले जनाएको छ । साथै, इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाटसमेत नोट सटही गर्न सकिनेछ । हरेक वर्ष दसैंका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैंकले यसपटक सुकिला नोट मात्र दिने भएको छ ।

थप