काठमाडौं । काठमाडौंमा प्रहरी कार्यालयभित्रै बर्दीधारी प्रहरीले जुवा खेलेको विषय बाहिरिएको छ ।
काठमाडौं महानरपालिका-३२, मा रहेको नरेफाँट प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक रामकृष्ण थापासहित ३ जना प्रहरीले जुवा खेलिरहेको विषय सार्वजनिक भएको हो ।
सो विषय सार्वजनिक भएपछि अहिले उनीहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वर तानिएको छ । अहिले उनीहरुलाई तानेर उनीहरूको स्थानमा नयाँ टोली पठाइएको डीएसपी शिवराज बुढाथोकीले जानकारी दिए ।
स्रोतका अनुसार थापासहितको टोली आफ्नो डिउटी समयलाई छलेर कार्यालयमै जुवातास खेलिरहेको अवस्थामा गत शनिबार फेला परेका थिए ।
Facebook Comments Box
