काठमाडौं । सम्बन्ध विच्छेदको मुद्धालाई लिएर बुधबार कास्कीमा एक जना महिलाको हत्या भएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका-१, कुँवर गाउँ निवासी ४२ वर्षका जहरसिंह कुँवरले श्रीमती ४० वर्षकी राधिका कुँवरको खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
उनीहरु हाल पोखरा महानगरपालिका-८ मा बस्दथे । राधिकाको घाँटी र पेटमा चोट लागेको प्रहरीले जनाएको छ । उनीहरुबीच जिल्ला अदालत कास्कीका सम्बन्ध विच्छेदको प्रक्रिया पनि अगाडि बढिरहेको थियो ।
जहरसिंह यतिवेला प्रहरी नियन्त्रणमा छन् भने राधिकाको शव पश्चिमाञ्चल क्षत्रीय अस्पताल पोखरामा राखिएको कास्की प्रहरीले जानकारी दिएको छ ।
उनीहरुका एक नाबालक छोरा छन् ।
Facebook Comments Box
