Author: Scoop Khabar

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण बन्दै गएको बताएका छन् । नेपाल उद्योग परिसंघले काठमाडौंमा आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन समापनमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले यसलाई अझै बढाएर लैजानुपर्ने बताए । नेपालमा ठूलो राजनीतिक परिवर्तन भए पनि त्यही अनुपातमा आर्थिक रुपान्तरणका कार्यक्रम अघि बढ्न नसकेको उल्लेख गर्दै उनले आफूहरुले पछिल्लो समय जतिसक्दो धेरै लगानीको वातावरण बनाउने प्रयास गरिरहेको बताए । ‘हामीले नेपालमा जुन प्रकारको राजनीतिक परिवर्तन गरेका छौं, त्यसको तुलनामा पूर्वाधार निर्माणलगायत आर्थिक रुपान्तरणका काम अघि बढ्न नसके पनि हामीले जतिसक्यो राम्रो गर्ने प्रयास गरि नै गरिहेका छौं,’…

थप

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सीईओ नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिएकामध्ये सुशील ज्ञवाली, भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादव सर्ट लिस्ट (संक्षिप्त सूची) मा परेका थिए । त्यसमध्येबाट ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस भएकोमा ज्ञवाली सीईओ नियुक्त भएका हुन् । २७ साउनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सीईओका लागि आवेदन माग गरेको थियो । यसअघिका सीईओ सुशील भट्टको कार्यकाल सकिएसँगै सरकारले आवेदन मागेको थियो । सरकारले यसपटक प्रमुख कार्यकारी सिफारिससम्बन्धी कार्यविधि २०८१…

थप

काठमाडौ । बलात्कारको अभियोग लागेका प्रहरी निरीक्षक (इन्सपेक्टर) विदुर शिवाकोटी धरौटीमा छुटेका छन् । उच्च अदालत, पाटनले उनलाई बिहीबार तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । धरौटी बुझाएर उनी छुटेका छन् । यसअघि जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार चलान गरेको थियो । आफ्नै घरमा काम गर्न राखेकी बालिकाले इन्सपेक्टर शिवाकोटीमाथि बलात्कारको उजुरी दिएकी थिइन् । ती बालिकालाई काठमाडौं महानगरपालिकाको बाल कल्याण समितिले गत जेठमा उद्धार गरेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका कार्यरत रहेका शिवाकोटीले भने अभियोग अस्वीकार गरेका थिए ।

थप

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक विजेता पलेसा गोवद्र्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई आज पुरस्कृत गरेका छन् । मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम पलेसालाई रु ६५ लाख पुरस्कार राशीमा कर नकटाइ पुरस्कृत गरिएको हो । यस्तै सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई रु पाँच लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई रु दुई लाख ९२ हजार पुरस्कारसहित सम्मान गरिएको छ । युुवा तथा खेलकुुद मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलमा विजय हासिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटो छिटो पुरस्कार दिने र राशीमा कर नकटाउने नीति लिइएको…

थप

काठमाडौं । बागलुङ गलकोट नगरपालिका-२ घुङखानीमा रा १ झ २०० नम्बरको सरकारी सवारीसाधन दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी नरेठाँटी बागलुङका अनुसार बिहान पौने ९ बजे दुर्घटना भएको हो । पिकअप भ्यानमा सवार २ महिला र १ जना पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा १ जना घाइते भएका छन् । घाइतेको धौलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको छ । पीकअप गाडी सडकदेखि करिब ३०० मिटर तल खसेको प्रहरीको अनुमान छ । प्रहरीले अहिलेसम्म मृतकको पहिचान नखुलेको जनाएको छ ।

थप

काठमाडौं । नेपाल प्रहरी अन्तर्गतको भर्ना छनौट शाखाले जनपद प्रहरी समूहतर्फ रिक्त रहेका पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्ने भएको छ । शुक्रवार एक सूचना जारी गर्दै शाखाले प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा ६४ जना र प्रहरी सहायक निरीक्षक (असई) पदमा २५६ जना नियुक्ति गर्नुपर्ने भएकोले दरखास्त आह्वान गरेको जनाएको छ ।  योग्यता पुगेका नेपाली नागरिकले नेपाल प्रहरीको वेबसाइटमा गई अनलाइनमार्फत नै दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।

थप

काठमाडौं । झापाको शिवसताक्षीमा गएराति रक्सीले मातेका दाजुले आफनै भाइको हत्या गरेका छन् । शिवसताक्षी नगरपालिका– ८ शितल चोकका नारायण सिटौलाले भाइ ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या गरेका हुन् । नारायणलाई इलाका प्रहरी कार्यालय झिलझिलेले पक्राउ गरेको छ । रामप्रसादको शव गएराति करिब ९ बजे घरको पछाडिपट्टी उत्तानो परेको अवस्थामा फेला परेको थियो । उनको टाउकोमा चोट देखिएको र रगत लागेको अवस्थामा छेउमा दाउराको चिर्पट समेत फेला परेको इन्स्पेक्टर सुशिल थापामगरले बताए । सोही चिर्पटले हानेर रामप्रसादको हत्या गरिएको हुनसक्ने प्रहरीको आशंका छ । प्रहरीका अनुसार घटनास्थल वरिपरी दाउरा छरिएको र रगत लतपतिएको थियो । उनलाई सुतेकै ठाउँमा दाउराले हानेको हुनसक्ने…

थप

काठमाडौं । श्रीमान् गुमाएको तीन महिना नपुग्दै २१ वर्षीया छोरी पनि गुमाउनुपर्दा डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ की ५५ वर्षीया लक्ष्मीदेवी देउवालाई बज्रपात परेको छ । ब्लड प्रेसरका बिरामी उनका पति वितेको २६ भदौमा ३ महिना पुगेको थियो । सोही दिन (२६ भदौ) मा कान्छी छोरी २१ वर्षीया विमलाले पनि आत्महत्या गरेपछि लक्ष्मीले संसार उजाडिएको महसुस गरिरहेकी छिन् । स्थानीयका अनुसार डडेल्धुरा सदरमुकामस्थित डडेलधुरास्थित महेन्द्र नमुना माध्यमिक विद्यालयबाट कक्षा १२ को परीक्षा दिएकी उनी रिजल्ट बिग्रिएको तनावमा थिइन् । सदरमुकामबाट फर्किएपछि केही दिनअघि आमासँग ‘मरिदिन्छु नी’ समेत भनेको खुलेको छ । परिवारको कुरा सुुन्दा रिजल्ट बिग्रिएकै कारण उनले मृत्युको बाटो रोजेको जस्तो…

थप

बारा । विभिन्न समय र स्थानबाट बरामद गरिएका ३१ लख भन्दा बढिका भन्सार छलीका समानसहितको ट्रक बारा प्रहरीले आन्तरिक राजश्व कार्यालय पथलैयामा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार भन्सार छलीका र बिल बिजकभन्दा बढि सामानको स्रोत खुलाउन नसकेका ३१ लाख ५१ हजार ४ सय ६९ रूपैंया बराबरको विभिन्न समानहरू बुझाइएको हो । बुधबार दिनभरिमा विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका समानहरु आवश्यक कारवाहीका लागि बुझाइएको बारा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । भन्सार छली ल्याउँदै गरेको १८ पोका रेडिमेट कपडा, सेण्डो गन्जी ४० पिस, हाप कड्डु १८ पिस, सुतिको गम्छा २६ पिस गरीरू. १८ हजार बराबरको…

थप

काठमाडौं । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्ध साइबर अपराधको कसुरमा उजुरी परेको छ । बस्नेतविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीमा उजुरी परेको हो । साइबर अपराधबारे उजुरी परेपछि उनीमाथि अनुसन्धानको प्रक्रिया प्रहरीले अघि बढाएको छ ।ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले पनि बस्नेतविरुद्ध निवेदन परेका केही बुझ्न खोजीको बताए । ‘उहाँविरुद्ध उजुरी परेकाले बुझ्न खोजेको हौं । यसबारे उहाँलाई जानकारी समेत गराइएको छ । फोनमा सम्पर्क गर्दा उहाँले भोलि आउँछु भन्नु भएको छ’ अवस्थीले भने । अनुसन्धानकै क्रममा रहेकाले कसले के उजुरी हाल्यो भन्ने विषय सार्वजनिक गर्न नमिल्ने अवस्थीको भनाइ छ । उनले बस्नेतलाई पक्राउ गर्ने तयारी नभएको तर केही बुझ्न…

थप