काठमाडौं । बागलुङ गलकोट नगरपालिका-२ घुङखानीमा रा १ झ २०० नम्बरको सरकारी सवारीसाधन दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी नरेठाँटी बागलुङका अनुसार बिहान पौने ९ बजे दुर्घटना भएको हो । पिकअप भ्यानमा सवार २ महिला र १ जना पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै दुर्घटनामा १ जना घाइते भएका छन् । घाइतेको धौलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको छ ।
पीकअप गाडी सडकदेखि करिब ३०० मिटर तल खसेको प्रहरीको अनुमान छ । प्रहरीले अहिलेसम्म मृतकको पहिचान नखुलेको जनाएको छ ।
Facebook Comments Box
