Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
कुनै समय आफ्नै पार्टी सभापति गिरिजा प्रसाद कोइराला र तत्कालीन राजा ज्ञानेन्द्र सँग एकै पटक भिडेका थिए गगन थापा । देशमा माओवादी विद्रोह चरम थियो। कांग्रेसमा गणतन्त्रको कुरा गर्न वर्जित थियो । त्रिचन्द्र कलेज अगाडि गगनले राजतन्त्र विरुद्ध नारा लगाए । गिरिजाले प्रतिक्रिया दिए, ‘त्यो भारतले प्रयोग गरेको मान्छे हो ।’ तर अन्तिममा गिरिजा प्रसाद पनि गणतन्त्रको नारा लगाउन आइपुगे । नेविसंघको महाधिवेशनमा पोखरा सभा गृहको गेटमा झन्डै मारिएका थिए गगन । त्यो ढुङ्गाको छप्पनी उनको ठाउँकोमा झन्डै झन्डै खसेको थियो । पार्टी महामन्त्रीमा आफ्नै ससुरा सँग लडे । कांग्रेस २६ सिटमा खुम्चिएको थियो। ५० वर्ष हामीले खायौ भन्दै थिए…
धार्मिक आस्था एवं विश्वासले मानिसलाई सकारात्मक उर्जा प्रदान गर्नुका साथै हौसला मिल्छ : आईजीपी कुँवर
काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले धार्मिक आस्था एवं विश्वासले मानिसलाई सकारात्मक उर्जा प्रदान गर्ने, हौसला मिल्ने र गलत क्रियाकलाप गर्नबाट रोक्नुका साथै कार्य बोझबाट हुने तनाव कम गर्न समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । शुक्रबार जिल्ला प्रहरी कार्यालय उदयपुर परिसरमा नव-निर्मित शैलेश्वर शिव पाञ्चायन मन्दिर, अमर प्रहरी स्मृति उद्यान र द लाइब्रेरी क्याफेको उद्घाटन गर्दै आईजीपी कुँवरले सो कुरा व्यक्त गरेका हुन् । उद्घाटन पश्चात महानिरीक्षक कुँवरले नव-निर्मित मन्दिरले प्रहरी कर्मचारीहरूलाई आध्यात्मिक शान्ति मिल्नुका साथै आफ्नो कार्य सम्पादनमा पेशागत दायित्व निर्वाह गर्न, सतमार्ग र सदविवेक प्रयोग गर्न अन्तस्करण भावनाको बृद्धि हुने बताए । प्रहरी महानिरीक्षक…
काठमाडौं । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्र कुमार राई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएका छन् । बिहीबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सूचना प्रविधिरकम्प्युटरतर्फका एसपी राईलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो । बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । हाल उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल फरेन्सिक युनिट प्राविधिक, टंगालमा कार्यरत छन् ।
काठमाडौ । उपत्यका अपराध अनुसन्धान कार्यालयले दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाख रकम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना पुरुष छन् । प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन । तर, ती दुई पुरुष रुपन्देही बुटवलको भएको प्रहरीले जनाएको छ । उनीहरु हुण्डी कारोबारी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दरबारमार्गस्थित जय नेपाल हल नजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । उनीहरुको सुन कारोबारमा पनि संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । घटनाबारे ११ बजे उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरेर जानकारी गराउने भएको छ ।
काठमाडौ । नेपाल प्रहरीको दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा भएको छ भने बिहीबार अर्थात आज एआईजीमा बढुवा भएका दुई जनाको पदस्थापना समेत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा एआईजी सुदीप गिरीलाई पठाएको छ । उनी प्रदेश समन्वय विभागमा कार्यरत थिए । त्यस्तै मानवश्रोत विकास विभागमा कार्यरत टेक प्रसाद राईको प्रशासन विभागमा सरुवा भएको छ । राईको ठाउँमा भीम प्रसाद ढकाललाई पठाइएको छ । यसैगरी उमेश राज जोशीलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको प्रधानमन्त्रीको कार्यालयका एकजना उच्च अधिकृतले जानकारी दिए ।
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारमा पठाई दिने भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–२ घर भई हाल काठमाडौंको टोखा नगरपालिका बस्ने असिम नगरकोटी रहेका छन् । नगरकोटीले आकर्षक तलबको प्रलोभनमा पारी बेरोजगार युवायुवतिहरुलाई बैदेशिक रोजगारीमा पठाउने भन्दै ठगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलबाट पक्राउ गरेको हो । नगरकोटीलाई कारवाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रहरीले जनाएको छ ।
सप्तरी । सप्तरीमा नेपाल बैंक लिमिटेडका एक जना सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको हत्या भएको हो । बिहीबार बिहान ३ बजेर १८ मिनेटमा घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको सीसीटीभी फुटेजमा देखिएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । बिहान ६ बजेतिर घटनाको विषयमा प्रहरीले जानकारी पाएको थियो । डीएसपी न्यौपानेका अनुसार सीसीटिभी फुटेजमा एकजना व्यक्ति भित्र पसेर गार्डमाथि खुकुरी प्रहार गरी हत्या गरेर बैंकमा लुटपाटको प्रयास गरेको देखिएको छ । ‘त्यसपश्चात बैंकभित्र पसेर लकर, काउन्टर फुटाउने प्रयास गरेका छन् ।…
काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जोशी र ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । यसअघि बढुवा समितिले ३ वैशाखमा जोशी र ढकाललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।
न्यायाधीशसँग सेटिङ गरेर मुद्दा जिताइदिने भन्दै २३ लाख ठगी, सोल्टीमोडबाट कार्की पक्राउ
काठमाडौं । न्यायाधीशसँग सेटिङ गरेर मुद्दा जिताइदिने र कारागारमुक्त गराइदिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ घर भएका ३७ वर्षीय कृष्ण कार्की रहेका छन् । कार्कीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोल्टीमोडबाट पक्राउ गरेको हो । उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ । भन्सार छलीको मुद्दामा कारागारमा रहेका लमजुङका बिलबहादुर गुरुङलाई छुटाइदिने भन्दै उनले ७ लाख रुपैयाँ लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यस्तै जग्गा सम्बन्धीको मुद्दा मिलाइदिन्छु भन्दै धादिङ घर भएका भरत गुरुङसँग पनि २३ लाख रुपैयाँ ठगी गरेको आरोपपनि कार्कीमाथि छ…
चितवन कालिकाकी स्नेहा लामिछाने काठमाडौबाट बेपत्ता, खोजीमा सहयोग गरिदिन परिवारको अनुरोध
काठमाडौ । इन्जिनियरिङ अध्ययन गर्दै गरेकी २२ वर्षीया स्नेहा लामिछाने एक सातादेखि सम्पर्क विहीन भएपछि उनको परिवार चिन्तामा डुबेको छ । चितवनको कालिका नगरपालिका-६ घर भएकी स्नेहा पछिल्लो समय काठमाडौँको कलंकीमा मामाघरमा बस्दै आएकी थिइन् । उनी ललितपुरको सानेपामा रहेको सगरमाथा इन्जिनियरिङ कलेजमा पढ्ने विद्यार्थी हुन् । वैशाख ३० गतेबाट सुरु हुने पहिलो सेमेष्टरको परीक्षाको तयारीमा रहेकी उनी गत १९ गते विहान कलेजको लाइब्ररीमा किताव लिन जाने भन्दै घरबाट निस्किएकी थिइन् । छोरी बेपत्ता भएदेखि आमाबुबाको खुशी लुटिएको छ । स्नेहाका बुबाआमा भने चितवनमै बस्दै आएका छन् । तर, छोरी हराएपछि आमाबुबा सन्तानको खोजीका लागि काठमाडौमा भौतारिरहेका छन् । छोरीको…