काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी कार्यालयमा नेता/कार्यकर्ता, प्रहरी र पत्रकारहरुको भिड बढेको छ । सभापति लामिछाने नेताहरुसँगै पार्टी कार्यालयभित्रै छन् भने कार्यकर्ताहरु बाहिर बसिरहेका छन् ।
सभापति लामिछानेलाई आजै पक्राउ गर्ने सन्देश प्रहरीले पठाएको स्रोतको दाबी छ । अहिले केही सादा पोशाकका र केही बर्दीका प्रहरीहरु रास्वपा कार्यालय बाहिर जम्मा भएका छन् । भित्र सञ्चारकर्मी तथा पार्टी कार्यकर्ताहरुको भीड लागेको छ ।
गृहमन्त्री रमेश लेखकको निर्देशनलगत्तै प्रहरीले आजै गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीलाई पक्राउ गरेको छ ।
Facebook Comments Box
