काठमाडौं । नेपाल पुलिस क्लबकी उषा भण्डरी काभा महिला क्लब च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन् ।
माल्दिभ्सको मालेमा शनिवार उज्वेकिस्तानको हुमो भिसीलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको थियो ।
विधागत उत्कृष्ट खेलाडीको पुलिसको बर्चस्व रह्यो । उषा बेस्ट अपोजिट हिटर घोषित भइन् । सुमित्रा रेग्मी वेस्ट मिडल ब्लकरमा र शान्तिकला तामाङ उत्कृष्ट लिबेरो चुनिइन् ।
टिपटप न्यु डायमण्डकी सुमित्रा तथा एपिएफका सरस्वती चौधरी र निरुता ठगुन्ना क्लव च्याम्पियनसिपका लागि पुलिसले अनुबन्ध गरेको थियो ।
पुलिस ६ खेलमा अपराजित हुँदै च्याम्पियन बनेको हो ।
Facebook Comments Box