Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । दार्चुलाको उत्तरी नाका तिङ्करमा नेपाल प्रहरीको टोली खटिएको छ । व्यास गाउँपालिका वडा नम्बर–१ मा पर्ने तिङ्कर नाकामा प्रहरी सहायक निरीक्षक चक्रबहादुर सिंहको कमाण्डमा १३ जना प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । भारतीय बाटो हुँदै खाद्य सामग्रीसहित टोली बिहीवार नै तिङ्कर नाकातर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डीएसपी शिवबहादुर सिंहले जानकारी दिए । नेपालको भूमि भएर तिङ्कर पुग्न पाँच दिन लाग्ने भएपछि सुरक्षाकर्मीको टोली भारतीय बाटो हुँदै तिङ्कर गएको हो । छायालेक प्रहरीले तिङ्कर गाउँको साथै चीनसँगको सीमा क्षेत्रसम्मको जिम्मेवारी पाएको छ ।
काठमाडौं । आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंले ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न एक नाबालकसहित ७ जनालाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर घर भएका २१ वर्षीय आइते भनिने सचिन परियार, नुवाकोट घर भएकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जा घर भएकी २१ वर्षीया विपना भनिने वसुन्धारा कार्की, ५६ वर्षीया नुनमाया कार्की, नुवाकोट घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र १३ वर्षका नाबालक छन् । काठमाडौं प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेका अनुसार प्रहरी जवान घिमिरेको हत्यामा संलग्नहरूलाई समात्न…
काठमाडौं । शुक्रबार साँझ निस्किएको प्रहरी नायब महानिरीक्षक (डिआईजी) बढुवा सिफारिस तुलनात्मक रुपमा सन्तुलित र निष्पक्ष देखिएको छ । यद्यपी यसमा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरकै ब्याचका अधिकृतहरु भने छुटेका छन् । प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)हरु भोलाबहादुर रावल, ध्रुवराज राउत र गणेश चन्द आईजीपी कुँवरका ब्याची हुन् । उनीहरु तीनैजना बढुवामा छुटेका छन् । कार्यसम्पादनमा उनीहरु कमजोर रहेको बताइएको छ । उनीहरु व्यवसायीक समेत नभएको स्रोत बताउँछ । चार जनाको बढुवा सिफारिसमा हालका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाका ब्याची एसएसपी कृष्णहरि शर्मा पोखरेल चाहिँ परेका छन् । शर्मा पोखरेल एसएसपीमा बढुवा भएको मितिले सबैभन्दा सिनियर थिए । त्यसैले…
ललितपुर । ललितपुर महानगरपालिका-१७ स्थित एक टहरोमा भएको आगलागीमा परी एकै परिवारका मृत्यु हुनेको संख्या चार पुगेको छ। मोबिल भण्डारण गरिएको टहरोमा गत वैशाख २३ गते आगलागी हुँदा घाइते भएका सञ्जय गिरीको पनि मृत्यु भएको हो । योसँगै सो आगलागीमा परी उनको परिवारका ४ जनाको ज्यान गएको छ सञ्जयकी श्रीमती रूपाको पनि उपचारका क्रममा वैशाख ३१ गते किष्ट अस्पतालमै मृत्यु भएको थियो । उनीहरूका दुई जना छोरीहरू ८ वर्षीया अलिसा र ४ वर्षीया प्रियाको पनि उपचारकै क्रममा वैशाख २४ गते मृत्यु भएको थियो । भतिज नाता पर्ने नित गिरी भने सामान्य घाइते छन् । उनको पनि किष्ट अस्पतालमा उपचार भइरहेको…
काठमाडौं । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत् प्रहरी जवान युवराज घिमिरे लागूऔषध सेवनकर्ताहरुसँगको विवादमा मारिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । तारकेश्वर नगरपालिका—९, मनमैजुमा भएको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सचिन परियारसहित ६ जनालाई पक्राउ गरेको छ । गएको शुक्रबार घिमिरे एक निर्माणाधीन घरको भुइँमा उनी रक्ताम्मे अवस्थामा मृत फेला परेका थिए । लागूऔषध पदार्थ सेवनकर्ताहरुले जवान घिमिरेको हत्या गरेको खुलेको अनुसन्धानमा खटिएका एक अधिकतृ बताउँछन् । ती अधिकृत भन्छन्, ‘घटनास्थलको प्रकृति हेर्दा लागूऔषध पदार्थ सेवन गर्नेहरु आउनेजाने गरेको छ । चुरोटका ठुटाहरु, अन्य लागूपदार्थ सेवन गर्ने औजारका सामानहरु पनि भेटिएको छ ।’ त्यो दिन घिमिरे पनि मोटरसाइकलमा त्यहाँसम्म गएको…
सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी सम्बन्धी कसूरको अनुसन्धान गोष्ठी सम्पन्न
काठमाडौ । सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी सम्बन्धी कसूरको अनुसन्धान विषयक एकदिने गोष्ठी शनिबार सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको आयोजनामा नेपाल प्रहरी प्रधान कार्यालयमा उक्त गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा नायव महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालले सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तिय लगानी सम्बन्धी कानून र यसको कार्यान्वयन, चुनौति र समाधान लगायतका विषयमा प्रस्तुतीकरण गरे । गोष्ठीमा सहभागीहरूले राखेका जिज्ञासाहरूको निरूपण गर्दै नायव महान्यायाधिवक्ता रिजालले सम्पत्ति शुद्धिकरणमा अनुसन्धान र अभियोजनका लागि यस गोष्ठीमा भएको छलफल अत्यन्तै उपलब्धीमूलक भएको बताए । साथै सम्पत्ति शुद्धिकरणमा संलग्न सबै सरोकारवाला निकायहरूले संवेदनशीलता अपनाई प्रचलित कानूनको अधिनमा…
काठमाडौ । मोरङको बेलबारीमा एउटै परिवारका ससुरा बुहारीमाथि कालो मोसो दलिएको छ । सडक निर्माणको विषयमा भएको विवादलाई लिएर बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा मोसो दलिएको हो । सुनसरीको धरान उपमहानगरपालिका–१२ घर भइ हाल बेलबारी–११ लक्ष्मीमार्गमा बस्दै आएका ७५ वर्षीय वृद्ध हरिबहादुर विष्ट र उनकी बुहारी ३७ वर्षीया सरस्वती बस्नेत (विष्ट)लाई स्थानीयले कालोमोसो दलेको प्रहरीले जनाएको छ । सुम्निमा चोकबाट जुरातर्फ जाने सडक निर्माणका क्रममा स्थानीय र विष्ट परिवारबीच विवाद भएको थियो । विवादकै क्रममा कालो मोसो दलेर ससुरा बुहारीमाथि अमानवीय व्यवहार गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । एसपी कार्कीकाअनुसार घटनामा सलग्न ५ जना पक्राउ परेका छन् । कोशी…
काठमाडौं । शुक्रबार साँझतिर बालाजु तारकेश्वर नगरपालिका—९, मनमैजुस्थित एकान्तमा निर्माणधिन घरको तल दरबारमार्ग ट्राफिक प्रभागमा कार्यरत जवान युवराज घिमिरेको शव शंकास्पद अवस्थामा भेटियो । घटनास्थलमा पुगेका एक प्रहरीकाअनुसार जवान घिमिरेको शरीरभर चोट थियो । अनुहार त झनै छियाछिया बनाएर रगताम्मे थियो । त्यतिमात्र नभएर उनले लगाएको युनिर्फम र जुत्ता अलिपर लगेर जलाइएको थियो । त्यसैले सहजै अनुमान गर्न सकिन्छ कि, घिमिरेको हत्या नै भएको हो । उनको हत्या कसले र किन गर्यो ? प्रहरी अनुसन्धानपछि खुल्ला । तर, २४ घण्टा बितिसक्दा पनि अनुसन्धानमा खटिएका प्रहरीले अहिलेसम्म केही क्लू नै पत्ता लगाउन सकेको छैन । बोराले ढाकेको अवस्थामा घिमिरेको शव भेटिएको…
मृत भेटिएका दरबारमार्ग ट्राफिकमा कार्यरत जवानको युनिफर्म र जुत्ता जलाएको अवस्थामा भेटियो
काठमाडौं । राजधानीको बालाजुस्थित मनमैजुमा मृत भेटिएका ट्राफिक प्रहरी जवान युवराज घिमिरेको युनिफर्म र जुत्ता जलाएर फालेको अवस्थामा भेटिएको छ । जवान घिमिरे दरबारमार्ग ट्राफिकमा कार्यरत थिए । तारकेश्वर नगरपालिका—९, मनमैजुमा मृत भेटिएका जवान घिमिरे बिहीबार ड्युटी सकेर निस्केपछि कार्यालय फर्किएका थिएनन् । तर, उनको शव शुक्रवार साझ मात्र भेटिएको हो । अपराह्न मृत भेटिएको खबर आएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेलगायत प्रहरी टोली टोली घटनास्थलमा पुगेर फर्किसकेको छ । अनुहार चोट देखिएकाले प्रारम्भिक अनुसन्धानमा उनको हत्या भएको आशंका प्रहरीले गरेको छ । निर्माणाधीन घरको तल उनी मृत अवस्थामा…
काठमाडौ । नेपाल प्रहरीका ४ नायब महानिरीक्षक (डिआईजी)हरुको बढुवा सिफारिस भएको छ । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिको शुक्रबार बसेको बैठकले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डिआईजीमा बढुवा सिफारिस गरेको हो । बढुवामा हुने एसएसपीहरुमा कृष्णहरि शर्मा पोखरेल एक नम्बरमा, दान बहादुर कार्की दोस्रोमा, मनोज केसी तेस्रोमा र राजन अधिकारी चौथोमा बढुवा सिफारिस भएका छन् ।