सिन्धुपाल्चोक । पहिरोमा परेर नेपाली सेनाका एक जना कर्णेलको मृत्यु भएको छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ४ चियानेमा रहेको सिन्धुबीच रिसोर्टमा पहिरो गएपछि उद्धार गर्दै गर्दा गर्दै पुरिएर नेपाली सेनाका कर्णेल मिलन केसीको मृत्यु भएको हो ।
सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत दोलखा भीमेश्वर नगरपालिकाका केसीसहित दुई कोरियन नागरिक शुक्रबार बेलुका रिसोर्टमा पुगेका थिए ।रिसोर्टमा सुतिरहेको बेला शनिबार रिसोर्ट माथिबाट पहिरो खसेको थियो ।
कर्णेल केसीसहितको टोली सुरक्षित स्थानमा पुगेपनि कोरियन नागरिक नउठेपछि केसी उनीहरूलाई उद्धार गर्न गएका थिए । त्यही बेला ठूलो पहिरो आएपछि केसीलाई पनि पुरेको थियो ।
उनको शरीरमा चोटपटक लागेको थियो । साथीहरुले बोकेर ल्याउन खोज्दा म आफैँ हिँड्छु भनेर केही समय हिँडेपछि मलाई गाह्रो भो भन्दै ढलेका थिए ।
सिरियाको अनडफ मिसनमा जाने तयारीमा रहेका केसी केही समयअघि मात्रै कर्णेलमा बढुवा भएका थिए ।
