Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
बिराटनगर ।इलाका प्रहरी कार्यालय ईटहरी सुनसरीका प्रहरी सहायक हवल्दार सुरज कुमार भुजेल र कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरमा कार्यरत प्रहरी जवान शम्शेर बहादुर मगर बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी ( BEST POLICE OF THE MONTH) घोषित भई पुरस्कृत भएका छन् । कोशी प्रदेश भरी कार्यरत रहेका प्रहरी कर्मचारीहरु मध्येबाट उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुको छनौट गरी पुरस्कृत गर्दै आईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले बैशाख महिनामा उत्कृष्ट कार्य गर्ने उनीहरुलाई महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो । पुरस्कृत भएका भुजेलले ईटहरीमा भएका हत्याका घटनाहरुका प्रतिवादीहरुलाई पक्राउ गर्नुका साथै लागुऔषध कारोबारीहरुलाई समेत पक्राउ गर्न सफल भएको तथा मगरले तालिम केन्द्रमा बाधापार…
काठमाडौं । इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियान सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेको हेलिकप्टरमा सवारहरुको अवस्था अझै अज्ञात रहेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार एक इरानी अधिकारीले दुर्घटनामा हेलिकप्टर पूर्ण रुपमा जलेको बताएका छन् । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार उद्धारकर्मी घटनास्थलमा पुगेका छन् । इरानको रेड क्रिसेन्ट सोसाइटीका प्रमुखले अवस्था राम्रो नभएको बताएका छन् । यो दुर्घटना भएको ठाउँको मौसम निकै खराब छ । जसका कारण उद्धार टोलीलाई घटनास्थल पुग्न कठिनाइ भएको थियो । टर्किले हेलिकप्टर पत्ता लगाउन ड्रोन पठाएको र सो ड्रोनले दुर्घटनास्थल पत्ता लगाएको मिडिया रिपोर्टमा…
काठमाडौं । प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बूढानीलकण्ठ नगरपालिका–२ विएमसी स्कुल र माथिल्लो भङ्गाल क्षेत्रमा महिलाले लगाएको गहना लुटपाटमा संलग्न दुईजनालाई आइतबार बूढालीनकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहट मौलापुर नगरपालिका–४ का १९ वर्षीय सरोजकुमार शाह र सोही स्थानका २० वर्षीय राधेश्याम शाह रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले विएमसी स्कुल नजिक ७५ वर्षीया शारदा थापाको एक तोला ९२ लाल सुन लुटपाटमा सरोजकुमार र माथिल्लो भङ्गालमा सुमित्रा श्रेष्ठको सुन लुटपाटमा संलग्न राधेश्यामलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले पक्राउ परेका…
काठमाडौं । गृहसचिव एकनारायण अर्यालले सरुवा भई जाने प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई आफू कार्यरत रहँदासम्मको जिल्लाको समग्र प्रतिवेदन बुझाएर मात्रै जान निर्देशन दिएका छन् । गृहसचिव अर्यालले जिल्लाको समग्र वस्तुस्थिति, शान्ति सुरक्षाको अवस्था एवं सुधार गर्नुपर्ने विषयहरूसमेत समावेश गरी प्रतिवेदन तयार गरेर नयाँ आउने प्रमुख जिल्ला अधिकारीलाई बुझाउने र गृह मन्त्रालयमा पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । ‘अन्य कर्मचारीहरूको हकमा प्रमुख जिल्ला अधिकारीले सम्बन्धित शाखा÷फाँटको कामको अद्यावधिक विवरण लिएर मात्र रमाना दिने प्रबन्ध मिलाउने,’ गृहसचिवस्तरीय निर्णयमा भनिएको छ । मुलुकको शान्ति सुरक्षाको जिम्मेवारी बोकेको गृहमा रेकर्ड सिस्टम कायम गर्न र थप व्यवस्थित तथा मजबुत बनाउन प्रतिवेदन अनिवार्य गरिएको…
काठमाडौं । नेपाली सेनाका एक अधिकृत दुई सातादेखि थुनामा रहेको पाइएको छ । क्याप्टेन महेश कोइरालालाई सैनिक प्रहरीले थुनामा राखेको पाइएको हो । क्याप्टेन कोइरालाले भर्नाको क्रममा आर्थिक लेनदेन गरेको उजुरी परेको सैनिक स्रोत बताउँछ । जसमा प्रमाण भेटिएपछि उनलाई सैनिक प्रहरीले पक्राउ नै गरी थुनामा राखेको हो ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेले सहकारी काण्ड नउठाउने र रास्वपाले गिरिबन्धु काण्ड नउठाउने समझदारी बनेको दाबी गरेका छन् । आइतबार संसदको बैठक सकिएपछि संसद् भवनको ल्होत्से मलमा पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले रास्वपा र एमालेबीच यी दुई विषय नउठाउने गरी समझदारी बनेको दावी गरेका हुन् । महामन्त्री थापाले गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरण एमालेले नउठाउने र एमालेमाथि लागेको गिरिबन्ध टि इस्टेट प्रकरण रास्वापाले नउठाउने सहमती गरेकाले गृहमन्त्री लामिछानेले सहकारीको ठगीबारे आफूमाथि लागेको आरोप छानबिन गर्न गठित समितिमा आफू नरहने बताएको दाबी गरे । ‘लामिछानेले मेरो बारेमा बनाएको समितिमा म बस्न पर्दैन भन्नुभयो, तपाईँ बस्नै पर्दैन, तपाईंको काम…
काठमाडौं । सामाजिक सञ्जाल फेसवुक, ह्वाट्स एस र इन्स्टाग्राममार्फत साथी बनेर रकम ठगेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध घर भएर काठमाडौँ बस्ने ३१ वर्षीय सुदिप प्याकुरेल, सोलुखुम्बु घर भएका ३० वर्षीय संजय बस्नेत, नुवाकोट घर भएका १९ वर्षीय छेवाङ लामा र सिन्धुपाल्चोक घर भएका २१ वर्षीय करण तामाङ गोले छन् । आरोपीहरूले पीडितहरूलाई प्रलोभनमा पारेर पार्सल र अनलाइनमा लगानी गरेमा दोब्बर हुन्छ भनेर रकम ठगेको हुन् । उनीहरुले अनधिकृत रूपमा इसेवा आइडीमा समेत पहुँच राखेर बैंक खाता र वालेटबाट १६ लाख ५९ हजार ट्रान्सफर गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले…
चितवन । ७ वर्षदेखि भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) छिन् रेनु दहाल । दाहाल मेयरमा निर्वाचित भएर आएपछि अहिले भरतपुरको अधिकांश सडकहरुको स्वरुप नै फेरिएको छ । जसले गर्दा अहिले यात्रुहरुले सहज रुपमा यात्रा गर्न पाएका छन् भने सवारी साधनहरु निर्वाध रुपमा गुड्न सकेका छन् । ७ वर्षअघि जनप्रतिनिधि आएसँगै यहाँका सडकको स्वरुप नै फेरिएको हो । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए । यात्रा गर्नेहरुले कतिपय ठाउँमा बसबाट झरेर सडक पार गर्नुपर्ने अवस्था थियो । कतिपय ठाउँमा त यात्रुले नै बस धकेल्नुपर्ने बाध्यता थियो । मेयर दाहालको ७ वर्षे कार्यकालमा ७ सय किलोमिटर सडका कालोपत्र भइसकेको छ भने…
काठमाडौं । जिल्ला प्रहरी कार्यालय, कास्कीले २१ जना लागूऔषध सेवनकर्ताहरुलाई पक्राउ गरी अभिभावकको रोहबरमा प्रशिक्षण दिएर छाडेको छ । पछिल्लो समय कास्कीको पोखरास्थित विभिन्न एकान्त स्थानहरुमा अखडा बनाई लागूऔषध सेवन गरी हिँड्डुल गर्ने मानिसहरुलाई डरत्रास देखाउने, लुटपाट तथा चोरी गर्ने गरेको भन्ने अत्याधिक जनगुनासो थियो । सोहीअनुरुप कास्की प्रहरीले समाजमा हुने विभिन्न अपराधिक घटना नियन्त्रण गर्न स्विप अप्रेसन नै सञ्चालन गरेको थियो । “स्विप अप्रेसन” टोलीले विभिन्न स्थानहरुबाट लागूऔषध सेवन गरी लठ्ठ परी बसेका, ५/७ जनाको ग्रुप बनाई विभिन्न अश्लिल शव्दहरु प्रयोग गर्दै होहल्ला गरिरहेका अवस्थामा २१ जना व्यक्तिहरुलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय…
प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा जसपाका सांसदलाई सहभागी नगराउन माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिदैछन् । विश्वासको मत लिँदा त्यस प्रक्रियामा जसपाका सांसदहरूलाई सहभागी नगराउने उद्देश्यसहित जसपा नेपालका उपेन्द्र यादवले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । यादवको वारेस भइ प्रकाश अधिकारीले आइतबार दायर गरेको रिटमा तीन वटा अन्तरिम आदेश माग गरिएको छ । जसमा, पहिलो नम्बरमै प्रधानमन्त्रीले संविधानको धारा १०० बमोजिम लिने विश्वासको मतको मतदान प्रक्रियामा ७ देखि १३ सम्म सम्मका विपक्षी (अशोक राईसहित उनको पक्षमा लागेका सात सांसदहरू)लाई सरिक नगराउन माग गरिएको छ । त्यस्तै, प्रस्तुत रिटको अन्तिम किनारा नहुञ्जेलसम्म ती सांसदहरूलाई संघीय संसद्को कुनै पनि संसदीय गतिविधिमा सहभागी हुन नदिन पनि भनिएको छ…