काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआईजी) यज्ञबिनोद पोखरेलले अवकाश पाएका छन् । निमित्त प्रहरी महानिरीक्षक टेक प्रसाद राईले सोमबार उनको बिदाई गरेका छन् ।
बिदाइ समारोहलाई सम्बोधन गर्दै निमित्त प्रहरी महानिरीक्षक राईले सेवा निवृत्त भएका प्रहरी नायव महानिरीक्षक पोखरेलले संगठनबाट सुम्पिएको जिम्मेवारी इमानदारीताका साथ सम्पन्न गरेको उल्लेख गरे ।
२०५२ साल कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा भर्ना भएका पोखरेल उमेरहदका कारण अवकाश पाएका हुन् । उनको अवकाशसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को एक र डिआईजीको पाँच पद रिक्त भएका छन् ।
असोज २१ सम्म कार्यसम्पादन मूल्याङकन बुझाउने समय भएकाले त्यसपछि बढुवा गर्ने गृह मन्त्रालयको तयारी छ ।
Facebook Comments Box
