काठमाडौं । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम केसीलाई प्रहरी प्रधान कार्यालय तानेर एसपी दिपेन्द्र शाहीलाई धादिङ पठाइएको छ ।
धादिङ बाढीपहिरो प्रभावित जिल्ला हो । प्रहरी प्रधान कार्यालयले बाढीपहिरो प्रभावित क्षेत्रमा क्षति न्यूनीकरणमा भूमिका नखेलेको भन्दै एसपी केसीलाई हेडक्वाटर तानेको हो ।
बाढी पहिरोको विपत्तिको जोखिमको बेला काम सन्तोजनक नभएको भन्दै धादिङका प्रहरी प्रमुख हेरफेर गरिएको प्रहरी हेडक्वाटरले जनाएको छ ।
बाढीपहिरोले धादिङमा सबैभन्दा धेरै क्षति गरेको थियो ।
Facebook Comments Box
