Author: Scoop Khabar

काठमाडौं । जजिराको विमान गौतम बुद्ध विमानस्थलमा अवतरण गरेको छ । विमानले पूरै सिट क्षमताङ्गा यात्रु ल्याएको र फर्किंदा पनि सिट पूरा भएको महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । यसअघि पनि जजिराले यस विमानस्थलमा उडान गरेको थियो । जजिराले अब मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने तय भएको छ ।

थप

कैलाली । कैलालीको गौरीफन्टा नाकाबाट पैसा लिने दुईजना अटो चालकलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीलाई पैसा दिनुपर्छ भन्दै गोदावरी नगरपालिका–२ अत्तरीयाका २७ वर्षीय लोकेन्द्र ओझाबाट पैसा लिने अटो चालक धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने २८ वर्षीय मानबहादुर बयाडी र चौराह बस्ने ३१ वर्षीय करन बोहरा पक्राउ परेका हुन् । नेपाल तर्फका सुरक्षाकर्मीहरुलाई पैसा दिनुपर्छ भन्दै ओझाबाट नगद भारतिय २ हजार मागि सुरक्षा संगठनलाई नै बदनाम गर्ने कार्य गरेको हुँदा अटो चालक दुबै जनालाई प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ओझाको रकम नगद भारतीय २ हजारसमेत फिर्ता गराइएको छ ।…

थप

काठमाडौं । सिन्धुपाल्चोक कारागारबाट सुरुङ खनेर फरार भएका कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दामा एक कैदीलाई प्रहरीले ९ वर्षपछि पक्राउ गरेको छ । ०७२ सालको भुकम्पको फाईदा उठाएकार भागेका सुनसरीको इनरुवा नगरपालिका–१०, वलाहाका चन्द्रशेखर भनिने विनायककुमार यादवलाई प्रहरीले विहिबार साँझ पक्राउ गरेको हो । दुई पटकसम्म जेलबाट भागेका यादव पछिल्लो पटक भने प्रहरीलाई छक्याएर भारत पुगेका थिए । पहिलो पटक सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारबाट सुरुङ खनेर भागेका यादव दोस्रो पटक पनि सिन्धुपाल्चोक कारागारबाट सुरुङ खनेरै भागेका हुन् । त्यसयता भने उनी प्रहरीको कब्जामा आएका थिएनन् । चाडपर्वका बेला गाउँ आउजाउ गर्ने गरेको सूचनाका आधारमा निगरानी गरिरहेको प्रहरीले छठ पर्वमा घर…

थप

हेटौंडा । अफिम कारोबार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले दुई अभियुक्तलाई जनही १५ वर्ष कैद गर्ने फैसला सुनाएको छ । अदालतले ती दुई अभियुक्तलाई जनही ५ लाख रुपैयाँ जरिवाना गर्ने आदेश गरेको छ । जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको बुधबार बसेको इजलासले थाहा नगरपालिका-८ काभ्रेका ५४ वर्षीय तेजबहादुर थिङ र थाहा नगरपालिका-११ टिस्टुङका ४३ वर्षीय शरण थिङलाई अफिम कारोबार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । थिङद्वयलाई प्रहरीले २०८० चैत १० गते हेटौंडा उपमहानगरपालिका-१० दिलखुश खाँजा घरबाट २ केजी अफिमसहित पक्राउ गरेको थियो । अदालतले दोषी ठहर गरेका दुवै जना अहिले सात महिनादेखि क्षेत्रीय कारागार भीमफेदीमा थुनामा छन्…

थप

चितवन । चितवनमा भर्खर मात्रै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रकाश पौडेलले जनगुनासो आउने गरी काम गर्ने कर्मचारीलाई कारबाही गर्ने बताएका छन् । जिल्लामा क्रियाशिल पत्रकार तथा सञ्चारकर्मीसँग भएको परिचयात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले नागरिकको सेवाप्रवाहलाई प्रमुख प्राथमिकता दिएर काम गर्ने स्पष्ट पारेका छन् । उनले जिल्लाको शान्ति सुरक्षाको विषयमा कुनै सम्झौता हुन नसक्ने बताए । शान्ति सुरक्षा नभए विकास र सेवा प्रवाहमा समस्या उत्पन्न हुने बताउँदै कर्मचारी प्रशासनमा चितवन जिल्ला प्रतिको धारणा सकारात्मक रहेको पनि उनले बताए । पौडेलले विकास निर्माणको क्षेत्रमा कामगर्ने तीनवटा सरकारहरु रहेको, भ्रष्टचारहेर्ने पनि अर्के निकायहरु भएकाले आफनो प्राथमिकता नागरिकको सेवाप्रभाव नै…

थप

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-२९ सत्रकिलो स्थित नारायढगढ-मुग्लिङ सडकखण्डमा बस र हायस गाडी ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । शुक्रबार बिहान अन्दाजी ३ बजे नारायणगढतर्फ जाँदै गरेको बा.प्र. ०६-००१ज ०२९८ नम्बरको गाडी मुग्लिङ जाँदै गरेको बा.प्र. ०३-००१ ख २८१२ नंको बस ठोक्किँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । जसमध्ये दुई जना सामान्य, दुई जना उपचार पछि डिस्चार्ज र एकजना गम्भीर रहेको डिएसपी रिजालले बताए । प्रहरीले बस चालक मकवानपुर हेटौडा उपमहानगर-९ बस्ने ४४ वर्षीय सुर्यबिक्रम बिष्टलाई पक्राउ गरेको छ । माइक्रोका चालक अन्दाजी…

थप

काठमाडौं । लुटपाटको आरोपमा प्रहरी सहायक निरीक्षक (असई)सहित दुई प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा असई अनबहादुर पुन र प्रहरी जवान धीर बुढा छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई अनुसन्धान गर्नका लागि बुधबार नै जिल्ला प्रहरी परिसर काठमाडौं बुझाइएको एक अधिकृतले बताए । उनीहरुले कलंकीस्थित एक रेस्टुरेन्टबाट पुरानो छालाको पैसा लुटपाट गरेको आरोप लागेको छ । उनीहरू अपराध अनुसन्धान कार्यालयअन्तर्गत प्रहरी वृत्त कीर्तिपुरमा कार्यरत थिए । उनीहरुले छालाको पैसा लुट्नका लागि सुरुमा किन्ने भनेर मोलमोलाइ गरेको र पछि रकम नदिई छालाको पैसा लगेको आरोप लागेको छ । छालाको पैसा…

थप

काठमाडौं । नेपाल प्रहरीमा सिनियर प्रहरी अधिकृत नायब महानिरीक्षक (डिआईजी)देखि प्रहरी निरीक्षक (इन्स्पेक्टर)सम्म एकसय भन्दा बढी पद रिक्त छ । त्यसैले प्रहरी प्रधान कार्यालय तत्कालै बढुवाको तयारीमा जुटेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर इन्टरपोलको ९२औं महासभामा भाल लिन अहिले बेलायतमा छन् । १९ देखि २२ कात्तिकसम्म सञ्चालन हुने उक्त महासभाको समापनपछि उनी नेपाल फर्कनेछन् । त्यसपछि बढुवा गर्ने तयारी रहेको स्रोत बताउँछ । बढुवामा सबैभन्दा बढी चर्को प्रतिस्पर्धा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मै देखिएको छ । हाल एसएसपीका १२ पद रिक्त छन् । यसका साथै प्रहरी नायब महानिरीक्षक (डिआईजी)को समेत ८ दरबन्दी रिक्त छन् । रिक्त डिआईजीको दरबन्दीमा…

थप

काठमाडौं । प्रहरी वृत स्वयम्भूले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौँ महानगरपालिका-१५ डल्लु स्थित झोलुङ्गेपुल नजिक बिष्णुमती करिडोर सडक खण्डबाट २५ वर्षीय अभय प्रधानलाई आठ लाख रुपैयाँसहित पक्राउ गरेको हो । प्रधानलाई स्वयम्भू प्रहरीले ड्युटीमा खटिएको प्रहरी टोलीले कालीमाटीबाट बालाजुतर्फ आउदै गरेको ०२–०३१ प. ५१४८ नं. को अप्रिला स्कुटरलाई शकास्पद लागेर रोकी चेकजाँच गर्ने क्रममा उक्त स्कुटरको डिक्कीभित्र ८ लाख रुपैयाँँ भेटिएको हो । रातो लेदरको झोलामा पोको बनाई लुकाई राखेको अवस्थामा ८ लाखसहित निज व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्‍व अनुसन्धान विभाग हरिहरभवन, ललितपुर पठाइएको स्वयम्भू प्रहरी बृत प्रमुख डिएसपी उद्धवसिंह भाटले जानकारी…

थप

काठमाडौं । काग तिहारको दिन बुधबार बिहानै ‘२१औँ काग सम्मेलन’ गरिएको छ । विभिन्न जीवजन्तुको दुरुस्त आवाज निकाल्न पोख्त कलाकार रमेश दुलाल (कागे)ले विगतका वर्षहरूमा झैँ यो वर्ष पनि कागहरूलाई भेला गराएर सम्मेलन सम्पन्न गरेका हुन् । राष्ट्रिय सङ्गीतकर्मी सङ्घ, केन्द्रीय समिति तथा ग्रीनसिटी अस्पताल बसुन्धाराको सहआयोजनामा राजधानीको नारायणहिटी अगाडि भएको उक्त सम्मेलनमा उनले कागको जस्तै आवाज निकालेर सयौँ कागलाई भेला गराएका थिए । उनले कागको आवाज निकालेर कागलाई बोलाउन थालेपछि नजिक सयौँ काग आएका हुन् । ‘विगत वर्षमा झैँ यो वर्ष पनि सम्मेलन गरेर कागलाई भेला गराउन सफल भइएको छ। यो मेरो २१ औँ काग सम्मेलन हो’, इलाम स्थायी…

थप