काठमाडौं । प्रहरी वृत स्वयम्भूले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौँ महानगरपालिका-१५ डल्लु स्थित झोलुङ्गेपुल नजिक बिष्णुमती करिडोर सडक खण्डबाट २५ वर्षीय अभय प्रधानलाई आठ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।
प्रधानलाई स्वयम्भू प्रहरीले ड्युटीमा खटिएको प्रहरी टोलीले कालीमाटीबाट बालाजुतर्फ आउदै गरेको ०२–०३१ प. ५१४८ नं. को अप्रिला स्कुटरलाई शकास्पद लागेर रोकी चेकजाँच गर्ने क्रममा उक्त स्कुटरको डिक्कीभित्र ८ लाख रुपैयाँँ भेटिएको हो ।
रातो लेदरको झोलामा पोको बनाई लुकाई राखेको अवस्थामा ८ लाखसहित निज व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान विभाग हरिहरभवन, ललितपुर पठाइएको स्वयम्भू प्रहरी बृत प्रमुख डिएसपी उद्धवसिंह भाटले जानकारी दिए ।