चितवन । चितवनमा भर्खर मात्रै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रकाश पौडेलले जनगुनासो आउने गरी काम गर्ने कर्मचारीलाई कारबाही गर्ने बताएका छन् ।
जिल्लामा क्रियाशिल पत्रकार तथा सञ्चारकर्मीसँग भएको परिचयात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले नागरिकको सेवाप्रवाहलाई प्रमुख प्राथमिकता दिएर काम गर्ने स्पष्ट पारेका छन् ।
उनले जिल्लाको शान्ति सुरक्षाको विषयमा कुनै सम्झौता हुन नसक्ने बताए । शान्ति सुरक्षा नभए विकास र सेवा प्रवाहमा समस्या उत्पन्न हुने बताउँदै कर्मचारी प्रशासनमा चितवन जिल्ला प्रतिको धारणा सकारात्मक रहेको पनि उनले बताए ।
पौडेलले विकास निर्माणको क्षेत्रमा कामगर्ने तीनवटा सरकारहरु रहेको, भ्रष्टचारहेर्ने पनि अर्के निकायहरु भएकाले आफनो प्राथमिकता नागरिकको सेवाप्रभाव नै हुने बताए । जिल्लाको शान्ति सुरक्षामा समेत कुनैपनि कमजोरी हुन नदिने प्रतिवद्धता जनाए ।
चितवन जिल्लामा सेवाका लागि आउन चाहने प्रशासकहरुको चाहना हुने भनाई पनि उनले राखे । चितवनको छवि देशविदेशमा निकै राम्रो रहेको बताउँदै उनले समग्र जिल्लाको विकास र सुरक्षामा समन्वयात्मक रुपमा अगाडि बढ्ने भनाई पनि उनले राखे ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गौतम मिश्रले अपराधिक क्रियाकलाप हुन दिने प्रतिवद्धता जनाए । जिल्लामा हुने लागु औषध देखि अपराधिक क्रियाकलाप न्यूनिकरणनै मुख्य लक्ष्य रहेको उनले बताए।
आफु चितवनको जिम्मेवारी लिएदेखि यता पाँच जनालाई बिस्फोटक पदार्थ ओसारपसारको कसुरमा मुद्दा चलाएको समेत उनले जानकारी दिए । कार्यक्रममा पत्रकार सिडिओ पौडेल र एसपी मिश्रले एकसाथ शन्ति सुरक्षका सवालमा ठाँउको ठाँउ कारबाही नीति आफूहरुको पहिलो प्रथामिकता भएको दावी गरे ।