Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकमा राजनीतिक परिवर्तन भइसकेको बताएका छन् । आज राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेललले देशमा राजनीतिक परिवर्तन भइसकेकाले त्यसको जगमा समृद्धिको लक्ष्य हासिल गर्न बलियो राष्ट्रिय शक्ति निर्माणमा सघाउन संस्कृतिकर्मीलाई आग्रह गरेका हुन् । राजनीतिक परिवर्तन भएपछि सबै कुरा पुग्यो भनेर बस्न नहुने उल्लेख गर्दै उनले राजनीतिक परिवर्तन माध्यममात्र भएको र आफूहरुको लक्ष्य समृद्धि र समाजवाद भएको स्पष्ट पारे । अहिले समाजमा एक प्रकारको अन्योल पनि सृजना भएको र लोकप्रियतावाद हावी भएर गम्भीर विषयले महत्व नपाएको स्थिति रहेको उनको भनाइ छ । यस अवस्थामा स्रष्टा र कलाकारले…
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरललाई हटाएर नयाँ प्रहरी महानिरीक्षक बनाउने खेलमा केही प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लागेको खबर सार्वजनिक भएको छ । तीसवर्षे सेवा अवधिका कारण आगामी चैत १० गतेदेखि सेवानिवृत्त हुन लागेका कुँवरलाई हटाएर आफू आईजी बन्ने खेलमा एआईजी श्यामलाल ज्ञवाली लागेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रवि लामिछाने र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भए/नभएको कुरा लगाएर आफू आईजीपी बन्ने रणनीतिक योजना एआईजी ज्ञवालीले बनाएका थिए । एआईजी ज्ञवालीको यस्तो इच्छा पूरा गराउन केही व्यापारीहरु पनि निकै सक्रिय भएका थिए । जसको लागि ज्ञवालीले पछिल्लोसमय दरबारमार्गस्थित एक होटलमा नेकपा, कांग्रेस र माओवादीका…
काठमाडौं । कैलाली प्रहरीले धनगढीका २ होटलमा छापा हानेको छ। धनगढी उपमहानगरपालिका-२ धनगढी गाउँस्थित छाया होटल र चौराहस्थित बुढीनन्दा होटलमा छापा हानेको हो । हिजो (बुधबार) वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) जनकराज ढुङ्गानाको कमाण्डमा खटिएको टोलीले छापा हान्दा ती होटलबाट अनैतिक क्रियाकलापमा संलग्न ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छाया होटल धनगढी गाउँकी सञ्चालक ४० वर्षीया शुशीला चौधरी र उनको होटलमा यौनव्यापारमा संलग्न युवती ३२ वर्षीया निर्मला चौधरी रहेकी छन् । यस्तै बुढीनन्दा होटलकी साहुनी रिता जोशी र सो होटलमा कार्यरत २२ रिया मगरलाई प्रहरीले पक्राउ गरेको हो । अहिले सो सम्बन्धि थप अनुसन्धान भइरहेको…
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले पदोन्नतिले सुविधाको मात्र नभई प्रहरी अधिकृतहरूको विश्वास र जिम्मेवारी बढेको चर्चा गर्दै थपिएको दर्ज्यानी चिन्हको मर्यादा रहने गरी सांगठनिक हितमा कार्य गर्न निर्देशन दिएका छन् । हालै पदोन्नति भएका १० जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्दै आईजीपी कुँवरले दर्ज्यानी चिन्हको मर्यादा रहने गरी सांगठनिक हितमा कार्य गर्न निर्देशन दिएका हुन् । संगठनलाई केन्द्रमा राखेर संगठनको वृहत्तर हितका लागि आग्रह पूर्वाग्रह भन्दा माथि उठेर गरिएको सम्पूर्ण प्रहरी कर्मचारीहरूको साझा प्रतिवद्धता सामूहिक साथ र सहयोगबाट नै सांगठनिक सुदृढिकरण र लक्ष्य प्राप्त हुने कुरामा विश्वस्त रहेको उनले उल्लेख गरे । नेपाल सरकार उपप्रधानमन्त्री एवम्…
सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत महिला प्रहरी जवान कार्यालयमै मृत भेटिएकी छिन् । महिला तथा बालबालिका सेलमा कार्यतर प्रहरी जवान करिष्मा सुनार झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् । बिहीबार दिउँसो साढे ३ बजेतिर शौचालयमा झुण्डिएको अवस्थामा सुनारको शव भेटिएको प्रहरीले जनाएको छ ।
काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएकाहरुलाई दरज्यानी चिन्ह प्रदान गरेसँगै पदस्थापन गरेको छ । बिहीबार कार्यालयले चार जना एसएसपीको पदस्थापना गरेको हो । पदस्थापन हुनेमा एसएसपीहरु श्याम कृष्ण अधिकारी, रविन्द्र रेग्मी, भिमबहादुर दाहाल र नान्तीराज गुरुङ रहेका छन् । एसएसपीहरु क्रमश श्याम कृष्ण अधिकारी सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा धनगढी, रविन्द्र रेग्मी गण्डकी प्रदेश शान्ति सुरक्षा महाशाखा पोखरामा सरूवा भएको छ । त्यस्तै, भिमबहादुर दाहाल कोशी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा र नान्तीराज गुरुङको कर्णाली प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा वीरेन्द्रनगरमा सरूवा भएको छ…
काठमाडौं । प्रहरी प्रधान कार्यालयले तीनजना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ। सरुवामा पश्चिम नवलपरासीका प्रमुख पनि फेरिएका छन् । त्यहाँ कार्यरत एसपी काजी कुमार आचार्यलाई हटाएर ज्ञानेन्द्र फुयाललाई पठाइएको छ । यसअघि फुयाल मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत थिए । त्यस्तै आचार्यको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा भएको छ । त्यसैगरी बागमती प्रदेश प्रहरी कार्यालयका कार्यरत एसपी हरिहरनाथ योगीको प्रधान कार्यालयको जनसम्पर्क शाखामा सरुवा भएको छ ।
काठमाडौ । अध्ययनका लागि जापान पुगेकी एक युवती साथीको पासपोर्ट चोरेर नेपाल फर्किएपछि प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज घर भएकी मिरा श्रेष्ठ साथीको पासपोर्ट लिएर नेपाल आएकी हुन् । पक्राउ परेकी उनलाई प्रहरीले राहदानीसम्बन्धी मुद्दा चलाएको छ । पीडित युवतीका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरी मुद्दा चलाएको हो । अदालतले मुद्दा दायर गरेलगत्तै फैसला गरेको छ । राहदानीसम्बन्धी कसुर मुद्दामा उनलाई २० दिन कैद र दुई लाख पाँच हजार जरिवानाको फैसला भएको नयाँ बानेश्वर वृत्तका प्रहरी नायब उपरीक्षक (डिएसपी) शिवराज बुढाथोकीले बताए । श्रेष्ठले अर्काको पासपोर्ट प्रयोग गर्दा पनि जापान र नेपाल दुवै देशका अध्यागमनले पत्ता लगाउन सकेकन् ।…
काठमाडौ । दाङमा चक्कु प्रहारबाट गम्भीर घाइते भएका युवकको उपचारको क्रममा मृत्यु भएको छ । गत मंगलबार राती तुलसीपुरमा चक्कु प्रहारबाट घाइते भएका तुलसीपुर–४ का २४ वर्षीय गोरखलाल खड्काको भारतको लखनउमा उपचारकै क्रममा गए राति मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रकाश थापाका अनुसार घर नजिकै बसिरहेको अवस्थामा सामान्य विवादका कारण मङ्गलवार राती युवाहरूको समूहले खड्कामाथि चक्कु प्रहार गरेको थियो । चक्कु प्रहारबाट गम्भीर घाइते भएका खड्कालाई राप्ती प्रादेशिक अस्पतालमा प्राथमिक उपचारपछि नेपालगन्ज हुँदै थप उपचारका लागि भारतको लखनउ रेफर गरिएको थियो । चक्कु प्रहार गरेको आरोपमा सोही ठाउँका २१ वर्षीय पवन केसी, १८ वर्षीय…
काठमाडौ । गत आइतबार दिउँसो कर्णाली नदी माथिको झोलुङ्गे पुलको लट्ठा चुटिएपछि पुल पार्दै गरेका मध्ये १३ वटा खच्चड फसेको समाचार देशभर भाइरल भयो । अछामको पञ्च देवल विनायक नगरपालिका-९ कालेकाडाबाट दैलेखको आठविस नगरपालिका-४ खिड्किज्यूलामा खाद्यान्न लिन गएका १३ खच्चड झोलुङ्गे पुलको लट्ठा चुँडिएर फसेको थियो । स्थानीय स्रोत साधन अभावले खच्चरको उद्धार सम्भव भएन । तर इलाका प्रहरी कार्यालय कालेकाडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) रामसिंह फरालले आफूलाई जोखिममा राखेर फसेको खच्चडहरुको जिवन बचाए । आज उनले गरेको कार्यको सबैले प्रशंसा गरेको छ । लङलाइन गरेर (डोरीको सहायताबाट उद्धार) उद्धार गर्न सकिने प्रशस्तै व्यवस्था भए पनि राज्य स्तरबाट कुनै…