झापा । झापामा शनिवार राति फलामको रडले आक्रमण गरी एक जनाको हत्या गरिएको छ ।
आपसी विवादका क्रममा रड प्रहार गरेर बाह्रदशी गाउँपालिका–५ का गंगालाल माझी (४५) को हत्या गरिएको हो ।
राति आपसी विवाद हुँदा स्थानीय मानपुर राजवंशीले माझीलाई रडले हानेका थिए । गम्भिर घाइते माझीलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लाने क्रममा बाटैमा मृत्यु भएको हो ।
राजवंशीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको छ ।
Facebook Comments Box
