Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । भिजिट भिसामा चीन पुर्याएर मानव बेचबिखनमा संलग्न महिला पक्राउ परेकी छन् । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले विवाहको बहानामा चीन पुर्याएर मानव बेचबिखन गर्ने उदयपुरको त्रियुगा नगरपालिका-१ जोगीदहकी ३१ वर्षीया सुन्दरी राईलाई पक्राउ गरेको हो । सुन्दरीले जाहेरवालालाई चीनमा पुर्याएर १ लाख ५० हजारमा चिनियाँ नागरिकलाई बेचबिखन गरेपश्चात नेपाल फर्किएको खुलेको छ । जाहेरवालालाई चिनियाँ नागरिकले घरमै बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिई पटक पटक यौन शोषण गरेको खुल्न आएको ब्यूरोले जनाएको छ । सुन्दरीले सामाजिक सञ्चाल म्यासेन्जर मार्फत कुराकानी गरेर चिनियाँसँग विवाह गराइदिने भनेर काठमाडौंको ठमेलमा भेट्न बोलाएकी थिइन् । चिनियाँ केटासँग भेट गराएर गत फागुन…
काठमाडौं । नेपाल प्रहरी अस्पतालमा कार्यरत प्राविधिकतर्फमा वरिष्ठ उपरीक्षक (एसएसपी) डा. दीपक श्रेष्ठले प्रहरी नेतृत्वलाई नालायक भन्दै टिप्पणी गरेका छन् । महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरलाई नालायक भन्दै श्रेष्ठले टिप्पणी गरेका हुन् । पद रिक्त हुँदा पनि गृहमन्त्री रवि लामिछाने र आईजीपी कुँवरले बढुवा गर्न नचाहँदा प्राविधिकतर्फ स्वास्थ्य उपसमूहका एसएसपी श्रेष्ठ र डा. सुवास आचार्य प्रहरी नेतृत्वप्रति खनिएका हुन् । बढुवा नभई घर जान बाध्य भएका एसएसपी श्रेष्ठले आईजीपी कुँवरलाई ‘नालायक सीईओ’ भन्दै नेपाल प्रहरीलाई ‘प्राइभेट कम्पनी’ बनाएको आरोप पनि लगाएका छन् । ‘सबै नालायक छैन । अहिलेको सीईओ नालायक हो । अनि यसले सबैलाई नालायक नै देख्छ । जुन यस्को…
काठमाडौं । पहिरोले घर पुरिँदा ज्यान गुमाएकी कास्की मादी-५ की आयुष्मा रानाभाटको परिवारलाई जिल्ला प्रशासन कार्यालय कास्कीले राहत हस्तान्तरण गरेको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतमणी पाण्डे नेतृत्वको टोली घटनास्थलमै पुगी बिहीबार जिल्ला विपद व्यवस्थापन कोषबाट २ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । नेपाल सरकारको विपद्का घटनामा परी मृत्यु भएका व्यक्तिलाई राहत उपलब्ध गराउने सम्बन्धी मापदण्ड, २०७७ बमोजिमको रकम हस्तान्तरण गरिएको प्रजिअ पाण्डेले बताए । मंगलबार राति पहिरोले घर पुरिँदा १३ वर्षीया आयुष्माको घटनास्थलमै निधन भएको थियो । सँगै सुतेकी हजुरआमा ७० वर्षीया लालमाया बञ्जारको भने सकुशल उद्धार गरिएको थियो । यस्तै मंगलबार राति नै पोखरा महानगरपालिका– २७ आरुपाटा…
काठमाडौं । नेपाल प्रहरी अस्पतालमा कार्यरत दुई प्राविधिक प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) डाक्टरहरु पदावधिका कारण बिहीबारबाट अनिवार्य अवकाशमा जाँदैछन् । एसएसपीको पदावधि ६ वर्षअनुसार प्रहरी अस्तापलका दुई एसएसपीहरु दीपक श्रेष्ठ र सुवास आचार्य अनिवार्य अवकाशमा जान लागेका हुन् । आज राति १२ बजेटबाट उनीहरु अनिवार्य अवकाशमा जान लागेका हुन् । उनीहरु १२ असार २०७५ मा एसएसपीमा बढुवा भएका थिए । जसकारण आज राति १२ बजे ६ वर्ष पूरा भएकाले एसएसपीको पदावधि अनुसार उनीहरु अवकाशमा जान लागेका हुन् । आज अवकाशमा जान लागेका श्रेष्ठ नेत्र रोग विशेषज्ञ हुन् भने आचार्य नाक, कान, घाँटी विशेषज्ञ हुन् । ५० दिनदेखि नायब महानिरीक्षक (डिआईजी)…
बीवाईडी कार आयातमा अर्बौको कर छलीको आशंका, अनुसन्धानमा जुुट्यो राजस्व अनुसन्धान विभाग
काठमाडौं । राजस्व अनुसन्धान विभागले विद्युतीय कार आयातमा करछली गरेर कार भित्र्याएको साइमेक्स इंक प्रालिमाथि अनुसन्धान थालेको छ । साईमेक्स प्रालिले चिनियाँ विद्युतीय कार बीवाईडीको आयातगर्दै आएको छ । साईमेक्सले आयत गर्दा ठूलो मात्रामा किलोवाट घटाएर कर छलेको खुलेपछि राजस्व विभागले अनुसन्धान थालेको हो । राजस्व अनुसन्धान विभागले साईमेक्सले एक सय क्षमता किलोवाटका बीवाईडी कारलाई ९९ किलोवाट देखाएर ठूलो मात्रामा कर छलेको दाबी गरेको छ । सरकारले ९९ किलोवाटको विद्युतीय कारमा आयकर २० प्रतिशत र अन्तशुल्क १५ प्रतिशत निर्धारण गरेको छ । त्यस्तै एकसय किलोवाटको आयकर ३० र अन्तशुल्क २० प्रतिशत कायाम गरेको छ । यसरी एक सक किलोवाटको एउटा…
रौतहट । रौतहटस्थित सशस्त्र प्रहरीले ६ महिनाको अवधिमा हुन्डीको ३३ लाख भन्दा बढी रुपैयाँ बरामद गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बंकुलको टोलीले पछिल्लो पटक गत असार ६ गते भारतबाट आउने मानिसहरूको चेकजाँच गर्ने क्रममा बंकुल छेउबाट स्रोत नखुलेको १४ लाख ८० हजार नगदसहित हुन्डी कारोबारमा संलग्न एक जना भारतीय नागरिक लाई पक्राउ गरेको थियो । मोटरसाईकलको सीट मुनि लुकाएर उक्त रकम ल्याएका भारत बिहार मोतीहारी जिल्ला घोडासहन थानाक्षेत्र अन्तर्गत भारतीय हुन्डी कारीवारीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एस्पी विक्रम हुमागाईँले बताए । गत माघ ५ गते ५ लाख ९४ हजार सहित एक जना मानिसलाई मोटरसाइकल सहित…
काठमाडौ । सांगीतिक कार्यक्रमका लागि दुबई जान लागेका गायक राजेशपायल राई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएका छन् । अत्यधिक मदिरा सेवन गरेको पाइएपछि उनलाई विमानस्थलबाट फर्काइएको हो । गायक राई बिहीबार बिहान १० बजे फ्लाइ दुबई एयरबाट दुबई जान लागेका थिए । उनी बोर्डिङ पास भएर जहाजमा समेत पुगिसकेका थिए । तर, उनले अत्यधिक मदिरा सेवन गरेको थाहा पाएपछि एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयको जिम्मा लगाइदिएको थियो । कार्यालयले उनलाई ट्याक्सीमा हालेर घर पठाएको छ । गायक राई मदिरा सेवनकै कारण पटकपटक विवाद आउने गरेका छन् ।
काठमाडौं । रवि लामिछाने गृहमन्त्री भएपछि मन्त्रालयले प्रहरी नायब महानिरीक्षक (डिआईजी), प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी), प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डीएसपी) को बढुवा निकालेको छ । यहि असार १० गते जनपथ प्रहरी समूहतर्फ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा पोषराज पोखरेलको एकल बढुवा सिफारिस भयो । त्यस्तै ४ जेठमा चारजना एसएसपी डिआईजीमा बढुवा सिफारिस भए । उनीहरुले दर्ज्यानी चिन्ह लगाइसकेका छन् । त्यस्तै रिक्त एसएसपी पदमा मन्त्रालयले १८ जेठमा चारजना एसपीलाई बढुवा सिफारिस गर्यो । उनीहरुले पनि दर्ज्यानी चिन्ह लगाइसकेका छन् भने कार्यक्षेत्र पनि तोकिसकेको छ । त्यस्तै सोही दिननै चारैजना डिएसपीको एसपीमा समेत बढुवा भएको थियो । यस्तै चैत…
काठमाडौं । बेला बखत खबर आइरहन्छ किलोका किलो सुन बरामद भएको खबर जुन करोडौँ मूल्य बराबरको हुन्छ । यहाँ आज हामीले एक किलो सुनमा कति तोला हुन्छ र त्यसको मूल्य कति पर्छ भन्ने बारे चर्चा गर्दैछौँ । सुन तौलिने इकाईहरुका बारेमा पनि यहाँ हामीले जानकारी दिनेछौँ । सुनको किनबेच तोला र ग्रामको हिसावमा हुनेगर्छ । यसका साथै नेपालमा लाल तथा आनीको पनि हिसाव हुन्छ । एक तोला सुनमा ११ दशमलव ६६४ ग्राम हुन्छ । एक किलो बराबर एक हजार ग्राम हुन्छ । सबैलाई थाहा भएकै कुरा हो । यसअनुसार अब हिसाब लगाउँदा एक किलो सुनमा ८५ तोला ७३ लाल हुन्छ…
काठमाडौं । आईसीसी टी-२० विश्वकपको फाइनलमा अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पुगेको छ । विश्वकप क्रिकेटको इतिहासमा पहिलो पटक दक्षिण अफ्रिका फाइनलमा पुगेको हो । जारी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका आईसिसीको इतिहासमा पहिलोपटक फाइनलमा पुगेको हो । वेस्ट इन्डिजस्थित ब्रायन लारा स्टेडियममा भएको सेमिफाइनल खेलमा अफगानिस्तानले दिएको ५७ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले निर्धारित ओभरको ८. ५ ओभर खेल्दै जम्मा विकेटको क्षतिमा पूरा गर्यो । दक्षिण अफ्रिकालाई फाइनलमा पुर्याउन कप्तान ऐडन मार्करमले २३ रन बनाउँदा रिजा हेन्ड्रिक्सले सर्वाधिक २९ रनको पारी खेले । त्यसअघि ओपनर ब्याट्सम्यान क्वान्टिन डी कक ५ रनमा पभेलिएन फर्केका थिए ।…