काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरीका १० जना प्रहरी नायब महानिरिक्षक (डिआईजी) को सरुवा गरेको छ भने ८ जनाको पदस्थापन गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार डिआईजी दुर्गा सिंहको नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा सरुवा भएको छ भने कुबेर कडायत प्रहरी महानिरिक्षकको सचिवालयमा सरुवा भएका छन् ।
त्यस्तै सुदुरपस्चिम प्रदेशका रविन्द्र केसीको नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा भएका छन् भने कोसी प्रदेशका चन्द्रकुबेर खापुङ सिआईबी आएका छन् ।
त्यस्तै जनक भट्टराई कर्णाली प्रदेश प्रहरी कार्यालय पुग्दा लालमनी आचार्य मधेश प्रदेश पुगेका छन् ।
त्यस्तै अर्जुन चन्द ठकुरी अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान निर्देशनालय पुगेका छन् भने प्रहरी केन्द्रीय प्रवक्ता समेत रहेका दानबहादुर कार्की लुम्बिनी प्रदेश पुगेका छन् । त्यस्तै डा. मनोजकुमार केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान पुगेका छन् भने राजन अधिकारी कोशी प्रदेश पुगेका छन् ।
त्यस्तै नेपाल प्रहरीले एसएसपीबाट बढुवा भएका ८ डिआईजीको पनि पदस्थापन गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बढुवा भएर पदस्थापन हुनेमा ध्रुवराज राउत काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन भएका छन् भने भोलाबहादुर रावत गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा पुगेका छन् ।
त्यस्तै गणेश चन्द्र सुदूरपश्चिम प्रहरी कार्यालय पुगेका छन् भने सिद्धिविक्रम शाह नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्यूरो पुगेका छन् ।
त्यस्तै सुशिलसिंह राठौर नेपाल प्रहरीको कार्यालय प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रवन्ध निर्देशनालयमा पदस्थापन भएका छन् भने उमाप्रसाद चतुर्वेदी महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय पुगेका छन् ।
त्यस्तै हिमालय कुमार श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुग्दा डम्बरबहादुर वि.क.को साईबर ब्यूरो भोटाहिटीमा पदस्थापन भई प्रहरी प्रधान कार्यालयको कार्य विभागमा काज सरुवा भएको छ ।
