Author: Scoop Khabar

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) राजन अधिकारीले मातहत कार्यालय प्रमुखहरुलाई शान्ति सुरक्षा, वर्तमान समसामयिक विषय तथा कार्यसम्पादन सम्झौता प्रभावकारीरुपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन् । शनिबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा प्रदेश प्रहरी प्रमुख अधिकारीको प्रमुख आतिथ्यतामा भएको निर्देशन सम्वोधन कार्यक्रममा उपस्थित मातहत कार्यालय प्रमुखहरुलाई उनले यस्तो निर्देशन दिएका हुन् । नागरिकको अपेक्षा बमोजिम छिटो छरितो, शिष्ट, सभ्य र पिढित मैत्री वातावरणमा प्रहरी सेवा प्रदान गर्न तथा आ-आफनो जिम्मेवार एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी शान्ति सुरक्षा, सवारी दुर्घटना न्यूनिकरण, फरार प्रतिवादी पक्राउ, साईवर अपराध, लागुऔषधको प्रयोग तथा ओसारपसार, ठगी र अन्य अपराधका घटनाहरुलाई नियन्त्रण…

थप

काठमाडौं । फरार प्रतिवादी पक्राउका लागि विशेष अभियान सञ्चालन गरेको काठमाडौं प्रहरीले पछिल्लो ५ महिनामा एक हजार ८४५ फरार प्रतिवादी पक्राउ गरेको छ । यो सङ्ख्या बिहीबारसम्मको हो । काठमाडौँ प्रहरीले विभिन्न स्थानबाट एक हजार ८४५ फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेस गरेको काठमाडौं परिसरका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए । काठमाडौं प्रहरीले गत साउनमा एक सय २९, भदौमा तीन सय ९९, असोजमा एक सय ८४, कात्तिकमा एक सय तीन र मङ्सिरमा दुई सय आठ फरार प्रतिवादी पक्राउ गरी कारागार चलान गरिसकेको छ । साउनदेखि यही पुस २५ गतेसम्म एक हजार आठ सय ४५ फरार…

थप

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेक शुक्रबार बसेकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषदले संघीय ससदमा पेश गर्न स्वीकृति दिएको छ । विधेयकमा तल्लो तहका प्रहरीको सर्वाधिक चासोको विषय रहेको १६ वर्षमा पेन्सनको प्रावधान राखिएको छ । त्यस्तै, ३० वर्षे सेवाहद क्रमशः हटाउने विषय पनि समावेश छ । भर्नादेखि बढुवा तथा अवकाशका प्रावधानमा धेरै सुधार गरिएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री रमेश लेखकले पद बहालीसँगै प्रहरी सङ्गठन समयसापेक्ष व्यवस्थित, सुदृढ र क्रियाशील बनाउने विषय प्राथमिकतामा राखेर विधेयक परिमार्जन र संशोधनमा जोड दिएका थिए । त्यही अनुरूप गृह मन्त्रालयले विधेयक अघि बढाएको…

थप

काठमाडौँ । धादिङको खनियाबास गाउँपालिका–१ स्थित झार्लाङमा सामान्य विवादमा दुई समूहबिच कुटाकुट हुँदा घाइते भएका पुरुषको मृत्यु भएको छ । पुस १४ मा कुटाकुट हुँदा घाइते भएका ४५ वर्षीय रामबहादुर तामाङले उपचारको क्रममा स्वयम्भूस्थित मनमोहन अस्पतालमा ज्यान गुमाएका हुन् । उनको हत्यामा संलग्न आरोपमा प्रहरीले झार्लाङ घर भएका २४ वर्षीय नेशन तामाङलाई पक्राउ गरेको छ । उनी विरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको डीएसपीले जानकारी दिए । सँगै बसेर मदिरा खाँदै गर्दा विवाद भएपछि दुई समूहबिच कुटाकुट भएको थियो ।

थप

काठमाडौं । गत असोज १२ गते अबिरल वर्षाको कारणले खसेको पहिरोले घर पुरिँदा त्यसभित्र थिचिएर रोइरहेका दोलखाको भीमेश्वर नगरपालिका–६ मैदानेका दुई वर्षीय बालकलाई समयमै पुगेर उद्दार गर्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) सत्रुधन महतो पुनः चर्चामा आएका छन् । इन्स्पेक्टर महतोको कमाण्डमा ‘मिलिजुली आफ्नो ठाउँ राम्रो बनाऔं’ भन्ने अभियानका साथ स्थानिय युवा, जनप्रतिनिधि र नेपाल प्रहरीको सहकार्यमा दोलखाको प्रसिद्ध दोलखा भिमसेन मन्दिर परिसर सरसफाइ गरिएको छ । जुन कामको अहिले पुनः सामाजिक संजालमा चर्चा भएको छ । हिजो शुक्रबार मन्दिर परिसर सरसफाइ गरिएको इन्स्पेक्टर महतोले बताए । उनी प्रहरी संगठनमा इमान्दार प्रहरी अधिकृतको रुपमा चिनिन्छन । पहिरोमा थिचिएका बालकको उद्दार गरेको भिडिओ…

थप

काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनले अदालतको फैसला कार्यान्वयनका लागि फरार प्रतिवादीलाई पक्राउ गर्ने विशेष अभियान नै चलाएको छ । सोहीक्रममा चितवन प्रहरीले साढे २ महिनामा २९५ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । चितवन प्रहरी प्रमुखको रुपमा प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले कमाण्ड सम्हालेयता २९५ जना फरार प्रतिवादी पक्राउ परेका हुन् । विशेष अभियान अन्तग्रत चितवन प्रहरीले पुस २४ गते बुधबार १०२ र बिहीबार ७७ जना फरार प्रतिवादीलाई पक्राउ गरि अदालतमा बुझाएको छ । जुन संख्या अहिलेसम्मकै धेरै हो । ‘अदालतको फैसला कार्यान्वयन गर्न चितवन प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गर्ने अभियान नै सञ्चालन गरेको छ,’ जिल्ला प्रहरी…

थप

धरौटी दिनु लिनु भनेको त्यो पैसा अदालत वा सरकारलाई दिएको होइन। त्यो आरोपीको नासो नै हो। जरिवाना पनि होइन, त्यो पछि फिर्ता हुन्छ।अदालतमा धरौटी रकम राखेपछि हुने प्रक्रिया यसप्रकार हुन्छ- १.रिहाइ प्रक्रियाःजब कसैलाई कुनै अभियोगमा गिरफ्तार गरिन्छ, अदालतले धरौटी रकम राखेर अस्थायी रूपमा रिहा गर्न सक्ने आदेश दिन्छ। २.धरौटीमा रिहा भएको व्यक्ति अदालतले तोकेको मितिमा अनिवार्य रूपमा उपस्थित हुनुपर्छ। अदालतले दिएको अन्य शर्तहरू (जस्तै: अर्को अपराध नगर्ने, अनुसन्धानमा सहयोग गर्ने) पालन गर्नुपर्छ। ३.धरौटी रकमको स्थिति: शर्त पालना भएमा:यदि अभियुक्तले तोकिएका सबै कानुनी प्रक्रिया पूरा गरे र अन्तिम निर्णय आएपछि दोषी प्रमाणित भएन भने धरौटी रकम फिर्ता हुन्छ। शर्त उल्लङ्घन भएमा:अभियुक्त…

थप

काठमाडौं । सल्यानको कुपिण्डे नगरपालिका–११ स्थित सिस्नेपातालमा बुधवार बिहान दुई नाबालिका छोरीको हत्या गरेकी १७ वर्षीया आमा पूर्णिमा रानामगरले ‘श्रीमानले मेरा छोरी होइनन्’ भनेपछि हत्या गरेको बयान दिएकी छिन्। पूर्णिमाले घरको बलोमा सल बाँधेर दुईतिर छोरीहरूलाई झुन्ड्याई हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बुधबार बिहान पूर्णिमाका छोरीहरु ३ वर्षीया छोरी करिष्मा र ६ महिनाकी राघवी घरभित्रै मृत भेटिएका थिए। अनुसन्धानका क्रममा छोरीहरुको हत्या गर्नु पूर्व उनले ‘छोरीहरू बिरामी भए’ भन्दै जेठानीलाई खबर गरेकी थिइन्। छिमेकीहरू घरमा जम्मा हुँदा दुई जना बच्चाको मृत्यु भैसकेको थियो। त्यसपछि घटनास्थल पुगेको प्रहरीले मृतकहरूको घाँटीमा डाम देखेपछि पूर्णिमालाई नियन्त्रणमा लिएको थियो। पूर्णिमाले अपराध स्विकार गरिसकेकी…

थप

काठमाडौं । पर्साको हरपतगञ्ज चोकबाट ५० किलोग्राम लागु औषध गाँजासहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका- १ विश्रामपुर बस्ने वर्ष ४० को पारस यादव, पर्सा बहुदरमाई नगरपालिका- १ विश्रामपुर बस्ने वर्ष ५२ को मैनादिन मियाँ, पर्सा बहुदरमाई नगरपालिका- ७ तीनटोलिया बस्ने वर्ष ३६ को अकबर मियाँ र पर्सा बहुदरमाई नगरपालिका- ७ छक्कैयाका शिव महतो रहेका छन् । विशेष सूचनाको आधारमा अपरिचित मानिसहरूले टाउकोमा गाँजा बोकी जाँदै गरेको अवस्थामा प्रहरीले ५० किलो गाँजा बरामद गरिएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए । बरामद गाँजासहित व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ…

थप

काठमाडौं । अमेरिका छोडेर नेपाल फर्किएदेखि नै पटक–पटक विवादमा पर्दै आएका जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले फेरी अर्को विवाद निम्त्याएका छन्। महिलाहरुलाई भ्रष्टाचारको जड, विकाशका बाधक र पुरुषहरुको उन्नतीका अवरोधका रुपमा ब्याख्या गरेका राउतले सफल मान्छे बन्नका लागि श्रीमती त्याग्नै पर्ने भाष्य स्थापित गर्न खोजेका छन्। हालै एउटा टेलिभिजनमा अन्तरवार्ता दिएका राउतले श्रीमती सोनी सिन्धु रानीसँग सम्वन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर भएको प्रशंग प्रश्तोताले कोट्याएपछि उनले धाराप्रवाह रुपमा महिला विरोधी अभिब्यक्ति दिएका छन्। विश्वका शक्तिशाली, धनी, सुन्दर र बुद्धिमान मान्छेको उदाहरण दिदै डा. राउतले श्रीमती त्यागेकै कारण उनीहरु सफल भएको दावी गरेका छन्। प्रश्तोताले सम्वन्ध विच्छेको प्रशंग उठाएपछि उनले…

थप