काठमाडौं । पर्साको हरपतगञ्ज चोकबाट ५० किलोग्राम लागु औषध गाँजासहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका- १ विश्रामपुर बस्ने वर्ष ४० को पारस यादव, पर्सा बहुदरमाई नगरपालिका- १ विश्रामपुर बस्ने वर्ष ५२ को मैनादिन मियाँ, पर्सा बहुदरमाई नगरपालिका- ७ तीनटोलिया बस्ने वर्ष ३६ को अकबर मियाँ र पर्सा बहुदरमाई नगरपालिका- ७ छक्कैयाका शिव महतो रहेका छन् ।
विशेष सूचनाको आधारमा अपरिचित मानिसहरूले टाउकोमा गाँजा बोकी जाँदै गरेको अवस्थामा प्रहरीले ५० किलो गाँजा बरामद गरिएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए ।
बरामद गाँजासहित व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
