काठमाडौं । अमेरिका छोडेर नेपाल फर्किएदेखि नै पटक–पटक विवादमा पर्दै आएका जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले फेरी अर्को विवाद निम्त्याएका छन्। महिलाहरुलाई भ्रष्टाचारको जड, विकाशका बाधक र पुरुषहरुको उन्नतीका अवरोधका रुपमा ब्याख्या गरेका राउतले सफल मान्छे बन्नका लागि श्रीमती त्याग्नै पर्ने भाष्य स्थापित गर्न खोजेका छन्।
हालै एउटा टेलिभिजनमा अन्तरवार्ता दिएका राउतले श्रीमती सोनी सिन्धु रानीसँग सम्वन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर भएको प्रशंग प्रश्तोताले कोट्याएपछि उनले धाराप्रवाह रुपमा महिला विरोधी अभिब्यक्ति दिएका छन्।
विश्वका शक्तिशाली, धनी, सुन्दर र बुद्धिमान मान्छेको उदाहरण दिदै डा. राउतले श्रीमती त्यागेकै कारण उनीहरु सफल भएको दावी गरेका छन्। प्रश्तोताले सम्वन्ध विच्छेको प्रशंग उठाएपछि उनले भनेका छन् ‘पारिवारीक मुद्दा सवैको हुन्छ, कोर्टमा विचाराधिन छ। मैले आखिर कानुन अनुसारै मागेको हो, जे कुरा। मैले जवरजस्ती त गरेको होईन। तर, त्यल्लाई राजनीतिकरण गर्न खोजियो। विरोधी पार्टीहरुले।’
विपक्षी पार्टीहरुले आफनो सम्वन्ध विच्छेको मुद्दालाई राजनीतिक रंग दिएको उनको आरोप छ। ‘अहिले त विपक्षी पार्टीहरुले त्यसलाई (श्रीमती) सपोर्ट गरेका छन्। आफनो वकिल दिएका छन्। त्यस्तो खालको एउटा मिसयुज गर्दै, मेडमको मेन्टल स्टेटलाई मिस युज गर्दै उनीहरुले केही अभिब्यक्ति लिने, त्यसलाई नकारात्मक प्रचार गर्दिने। सकिन्छ भने झुठा मुद्दा लाईदिने। त्यति हदसम्मको भयो।’ उनले भनेका छन्–‘त्यो भन्दा पनि के भयो भने मेरो चरत्रि हत्या गर्नका लागि सुनियोजित रुपमा अफवाह फैलाउँने। यहाँसम्मकी नेताहरुले गएर, यो अहिले उपनिर्वाचन थियो नी, निर्वाचन क्षेत्रमा चै गएर भाषण दिने। कस्तो भाषण दिने भने वहाँले त आफनो परिवार सम्हाल्न सक्नु भएन। देश कसरी सम्हाल्नु हुन्छ। त्यस्तो कुराहरु राजनीतिक नेताले, यस्तो पारिवारिक घट्नालाई जनताको बीचमा उछाल्नु हुँदैनथ्यो।’
त्यसपछि प्रश्तोताको कुरालाई समेत वेवास्ता गर्दै उनले धाराप्रवाह आफनो मनमा लागेका कुरा बोलेका छन्। ‘नेपाल कति ठुलो छर ? अमेरिकको राष्टप्रपति डोनाल्ड ट्रम्प, वहाँले डिभोर्स दिनुभाछ। चीनको राष्ट्रपति सी चीन फिङ, वहाले पनि डिभोर्स लिनु भएको छ। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, वहाले पनि डिभार्स लिनुभको छ’ उनले भनेका छन्–‘यत्रो ठुलो–ठुलो देश चलाईराखेका मान्छे त डिभोर्स लिएका छन त। नेपाल त्यो भन्दा ठुलो त होईन की डिभार्स लिएको मान्छेले देश चलाउन सक्दैन।’
त्यसपछि उनले श्रीमतीलाई छोड्न खोजेको विषयलाई देश र जनताको सेवाका रुपमा रंग भर्ने प्रयास गरेका छन्। उनले भनेका छन्–‘यो त सकारात्मक प्वाईण्ट थियो। अरु नेताहरु त आफनो श्रीमतीकै लागि भ्रष्टाचार गर्छन। पैसा कमाउँछन्, मन्त्री बनाउछन्, ठाउँठाउँमा पुर्याउँछन्, राजनीतिक नियुक्ति दिन्छन्। सिके राउतले त जनताको लागि आफनो श्रीमतीलाई समेत त्याग्न पछि परेन। यो पोजेटिभ प्वाइन्ट थियो। त्यसलाई त उल्टा गर्या छ।’
त्यसपछि उनले छिमेकी राष्ट्र भारतका नेताहरुले पनि श्रीमती त्यागेकै कारण देश र जनताको सेवा गर्न सकेको उदाहरण दिएका छन्। ‘छिमेकीमा हेरौं। मोदीजी हुनुहुन्छ, योगी जी हुनुहुन्छ। आफनो श्रीमतीलाई त्यागेर देशको सेवा गरिरहनु भएको छ। म त त्यो गर्दैछु भने त्यो त त्याग गरेको हो। सफल हो। यललाई त यीनिहरुले झन नकारात्मक वनाउन खोजे।’ उनले भने।
अमेरिकामा रहँदा वैज्ञानिकका रुपमा काम गरेका राउतले आफुलाई सत्य सावित गर्न भगवानसम्मलाई बाँकी राखेका छैनन्। उनले शिव–सतिदेवी तथा राम–सीताको उदाहरण दिएर सोनी सिन्धुसँग सम्वन्ध विच्छेद गर्नु देश र जनताका लागि सकारात्म भएको प्रमाणित गर्न खोजेका छन्।
‘भगवानले पनि…, धार्मिक दृष्टिकोणबाट कुरा गर्ने हो भने। राम भगवानले गर्भवती सितालाई परित्याग गरेको हो। शिवजीले त आफनै पत्निलाई रोक्न सक्नु भएन, माईत जानबाट। भगवानले गर्न नसकेको कुरा सिके राउतले गर्न सकेन भने केको बोध ?’– उनले निर्धक्क कुरा राखेका छन्।
‘विश्वका शक्तिशाली मान्छेहरु डोनाल्ड ट्रम्प, सी चीन फिङ, भ्लादिमिर। यीनीहरुले पनि आफनो घरबार वसाउन सकेन। सवभन्दा ह्याण्डसम मान्छे टम क्रुज, रितिक रोशन– डिभोर्स भयो। सवभन्दा वुद्धिमान मान्छे आईन्सटाईन, सुकरात– उनीहरुको पनि पारिवारिक जिवन सहज थिएन।’ उनले थपेका छन्–‘सवभन्दा धनाढ्य मान्छे एलन मस्क डिभोर्स भएको, जेफ बेजोज, विलगेट्– डिभार्स भएको। सबभन्दा ह्याण्डम भन्नोसकी, सवभन्दा शक्तिशाली भन्नोसकी कसैले पनि रोक्न सकेननी। उल्टो के देखिन्छ भने शक्तिशाली हुनलाई देश चलाउन लाई, सवभन्दा धनाढ्य हुनलाई, सवभन्दा वुद्धिमानी हुनलाई बरु तपाईले त्याग गर्नु पर्ने हुन्छ। त्यो पो देखियो त। यो त मेरो लागि एडभान्टेजको कुरालाई उनीहरुले गलत प्रचार गर्दैछन्। यीनीहरुलाई थाहा नै छैन मुर्खहरुलाई।’
आफुले प्रगति गर्न खोजेको तथा देश र जताका लागि भलो भर्न चाहेको कुरालाई विपक्षीले आक्रमणको आधार बनाएको उनको तर्क छ। ‘यो विषयलाई आक्रमणको आधार बनाईयो। तर, म वहाँहरुलाई भन्न चाहान्छु, यो मेरो लागि एडभान्टेज हो।’ उनले अगाडि भनेका छन्–‘तपाईहरु चै आफनो श्रीमतीको लागि भ्रष्टाचार गर्नुहुन्छ। श्रीमतीको लागि केही छोड्न पाउनु हुन्न। जनतालाई हेर्न पाउनु हुन्न। म चै जनता हेर्नको लागि, भ्रष्टाचार नगर्नका लागि बरु सवै कुरा त्याग्न तयार भएको मान्छे सीके राउत भएपछि यो चै मेरो लागि राजनीतिक एडभान्टेज हो, डिसएडभान्टेज होईन। भन्न चाहान्छ वहाँहरुलाई चै, यो छाती ठोकेर।
