Author: Scoop Khabar

विराटनगर । विगतको रिसिइबीका कारण सुनसरी गढी गाउँपालिका–६ का ४७ वर्षीय रिङ व्यवसायी ज्ञानचन्द ऋषिदेवको हत्या भएको प्रहरीले प्रारम्भीक निष्कर्ष निकालेको छ । ज्ञानचन्दको सोमबार बिहान टाउको र शरीर छुट्याएर फरक फरक ठाउँमा फालिएको अवस्थामा शव फेला परेको थियो । उनको शव गढी गाउँपालिका–२ थलाहामा भेटिएको हो । शव भेटिएको स्थान उनको घरदेखि करिब एक किलोमिटर नजिकमा पर्ने स्थान थलाहामा टाउकोदेखि मुनिको शरीर भेटिएको सुनसरीका प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए । यस्तै शरीर भेटिएको स्थानदेखि करिब ५० मिटर उत्तर पश्चिममा गढी २ गुजाइटोकीमा टाउको भेटिएको उनले बताए । शव भेटिएको स्थान ऋषिदेवले बालुवा र सिमेन्ट प्रयोग गरी रिङ…

थप

काठमाडौं । विद्यार्थी भिसामा दक्षिण कोरिया अध्ययन गर्न गएकी इलामको माई नगरपालिका-१ कि सोनु श्रेष्ठको आइतबार निधन भएको छ। लिलाकुमार र प्रतिमा श्रेष्ठकी छोरी २० वर्षीया सोनु गत फेब्रुअरीमा विद्यार्थी भिसा (D2)मा कोरिया गएकी थिइन् । उनी दक्षिण कोरियास्थित उल्सान विश्वविद्यालयमा अध्ययनरत थिइन् । उनको उल्सान अस्पतालमा पोस्टमार्टम भइसकेको र कोरियामा रहेका आफन्तजन र परिवारलाई सम्पर्क गरी शवलाई नेपाल ल्याइने भएको छ । तर, निधनको कारण खुल्न नसकेको बताइएको छ । उनी श्रेष्ठ परिवारकी माइली छोरी हुन् । उनका दिदी र भिनाजुसमेत कोरियामा नै रहेका माई नगरपालिका-१ का वडाध्यक्ष राम राईले जानकारी दिए । सोनुका बुबा लिलाकुमार श्रेष्ठको २ महिनाअघि…

थप

काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको दुर्घटना परी मृत्यु भएको छ । सोमबार सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका-५ एमाले मोडमा दुर्घटना हुँदा उपाध्यक्ष कार्कीको मृत्यु भएको हो । ३९ वर्षीया उपाध्यक्ष कार्कीको टाउको र छातीमा गम्भीर चोट लागेकाले दुर्घटना लगत्तै उपचारका लागि नेपालगन्ज मेडिकल कलेज लगिएको थियो । उपचारको क्रममा राति १ बजेर ४५ मिनेटमा उनको निधन भएको हो । उपाध्यक्ष कार्की नेकपा माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकामा गत निर्वाचनमा उपाध्यक्ष निर्वाचित भएका थिए । उनी कर्णाली प्रदेशसभा सदस्य जुम्कीत लामाका श्रीमान्‌ हुन् ।

थप

काठमाडौं । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ दम्दुका एक पुरुषको हत्या गरेको आरोपमा एकै घरका तीन जना पक्राउ परेका छन् । अन्दाजी ४३ वर्षीय दिलबहादुर बुढाको हत्या गरेको आरोपमा सोही वडाको कलटाकुरा बस्ने एकै घरका तीनजना पक्राउ परेका हुन् ।  पक्राउ पर्नेमा ६१ वर्षीय मोहवीर खत्री, उनका कान्छो छोरा २६ वर्षीय सन्तोष केसी र सन्तोषकी श्रीमती २४ वर्षीया मिनाकुमारी बुढाथोकी केसी रहेका जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्स्पेक्टर) बखतबहादुर शाहीले जानकारी दिए । उनका अनुसार बुढाको आइतबार राति १० बजेतिर मृत्यु भएको हो । मृत्यु भएको खबर प्राप्त भएपछि प्रहरी निरीक्षक शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । घटना…

थप

ललितपुर । सानेपामा एक महिलामाथि सामूहिक बलात्कारको प्रयास भएको खुलेको छ । बलात्कार प्रयास गरेको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरमा जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता समेत भएको छ । घटना ३१ असारको हो । रौतहट घर भएकी ती महिला सानेपास्थित श्रीमानको डेरामा आएकी थिइन् । साँझ ७ बजेतिर डेरामा पुग्दा त्यतिबेला उक्त कोठामा उनका देवर मात्रै थिए । श्रीमान् भने काममा थिए । त्यसपछि अर्का दुई व्यक्ति प्रवेश गरेर आफूमाथि बलात्कारको प्रयास भएको पीडित महिलाको दाबी छ । बलात्कार प्रयास गर्नेलाई आफ्ना देवरले समेत सहयोग गरेको उनको आरोप छ । पीडित महिलाका देवरका साथै रौतहटको विश्रामपुर घर भएका अन्दाजी ३२…

थप

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजनीति अस्थिरताले उत्पन्न निराशालाई आशामा बदल्न नेपाली कांग्रेस र एमालेकाे समीकरण बनेकाे बताएका छन् । साेमबार काठमाडौंकाे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा चाैपाताे नेपालद्वारा आयाेजित विशिष्ट प्रतिभा सम्मान तथा बृहत् सांगीतिक काव्य गाेष्ठीमा गृहमन्त्री लेखकले यस्ताे बताएका हुन् । मुलुकमा संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक समावेशी चरित्रकाे राज्य निर्माण गर्ने काम भएपनि राजनीतिक स्थिरता दिन नसक्दा निराशा बढेको उनले बताए । ‘समीकरण बन्ने र भत्किने क्रम चल्याे । सरकारकाे अस्थिरताकाे सबै क्षेत्रमा प्रभाव देखा पर्याे । मुलुककाे आर्थिक विकास र सुशासनकाे क्षेत्रमा विधिकाे शासनलाई अगाडि बढाउन समस्या देखियो । राजनीति अस्थिरता कारणले उत्पन्न समस्याले मुलुकमा निराशा बढायो।  त्याे निराशालाई आशामा…

थप

काठमाडौँ । देशका विभिन्न स्थानमा ८ जना मृत फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।  १. कैलाली, टीकापुर नगरपालिका-२ मिलन चोकस्थित बिष्टपाटी कुलोमा सोही नगरपालिका बिजयनगर बस्ने ३५ वर्षीया बालकुमारी चौधरी शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । २. गोरखा, सिरानचोक गाउँपालिका-७ साढीमुरेस्थित कच्ची सडकमा सोही ठाउँ बस्ने ४३ वर्षीय पदमराज ढकाल शुक्रबार मृत अवस्थामा फेला परेका छन् । ३. सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका-१२ सिपाघाटस्थित इन्द्रावती खोलामा मेलम्ची नगरपालिका-८ किउरेनी बस्ने ५० वर्षीय काइँला तामाङ शुक्रबार मृत अवस्थामा फेला परेका छन् । ४. यसैगरी सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका-३ दावीस्थित भोटेकोशी नदीको किनारमा सोही गाउँपालिका-३ जात्राथली बस्ने ५५ वर्षीय मान बहादुर बस्नेत…

थप

काठमाडौं । भारतको कोलकातामा एक महिला चिकित्सकको जबर्जस्ती करणीपछि विभत्स हत्या भएको विरोधमा चिकित्सकहरू २४ घण्टे आमहडतालमा उत्रिएका छन् । हत्याको विरोध र महिला सुरक्षाको आह्वान गर्दै देशव्यापी रुपमा आन्दोलन चर्किएपछि चिकित्सकहरु पनि हड्तालमा उत्रिएका हुन् । इन्डियन मेडिकल एसोसिएसन-आईएमएले आज विज्ञप्ति जारी गर्दै देशभर अत्यावश्यक बाहेकका सेवा बन्दको घोषणा गरेको हो । उक्त निर्णयले आज विभिन्न राज्य र क्षेत्रहरुमा विरामीले सास्ती भोगिरहेको बताइएको छ । आईएमएले महिलाहरूका लागि सुरक्षित ठाउँको अभावका कारण अपराध भएको भन्दै सम्बन्धित निकायसँग न्यायको माग गरेको छ । आईएमएले स्वास्थ्यकर्मीलाई हिंसाबाट जोगाउन कानुनको सुदृढीकरण, अस्पतालहरूमा सुरक्षा उपस्थिति बढाउन र सुविधासम्पन्न अस्पताल निर्माण गर्न माग गरेको…

थप

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले छिट्टै मुलुकमा शतप्रतिशत विद्युतिकरण घोषणा हुने बताएका छन् । शनिवार नेपाल विद्युत प्राधिकरणको ३९ औँ वार्षिकोत्सव समारोहमा बोल्दै कार्यकारी निर्देशक घिसिङले मुलुकमा शतप्रतिशत विद्युतिकरण भएको घोषणा हुने अवस्थामा पुगेको बताएका हुन् । उनले ८ वर्षअघि करिब ५८ प्रतिशत घरधुरीमा मात्र पुगेको विद्युत सेवा अहिले करिब ९९ प्रतिशतभन्दा बढीमा पुगेको भन्दै सरकारले सञ्चालन गरेको उज्यालो नेपाल अभियानको सबैभन्दा ठुलो सफलता नै यही भएको बताए । कार्यकारी निर्देशक घिसिङले प्राकृतिक र प्राविधिक कारणले केही क्षण बत्ती जाने र आउने हुने गरेको भन्दै लोडसेडिङ भने इतिहासको विषय भइसकेको बताए । उनले वर्षा याममा भारततर्फ…

थप

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता नतिर्ने उद्योगमा विद्युत् काट्न नहुने बताएका छन् । शनिबार नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन् । सरकारले उद्योगीले विद्युत् उपभोग गरेको रकम तिर्नु पर्दैन नभनेको उनले उल्लेख गरे । तिर्ने विषय न्यायोचित छ वा छैन भन्ने जिम्मेवारी राज्यले लिनुपर्नेमा उनले जोड दिए । बक्यौता रकम नतिर्ने उद्योगलाई दण्ड, सजाय र जरिवाना गर्ने विकल्प हुँदाहुँदै एकैचोटि विद्युत काट्न नहुने उनले बताए । उद्योगको लाइन काटेर बस्नु भनेको एउटा घाँटी काट्नुसरह भएको उनले टिप्पणी गरे । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई उद्योगको लाइन नकाट्न उनले निर्देशन…

थप