काठमाडौं । प्रहरीले वीरगन्जबाट ठुलो परिमाणमा लागूऔषध चरेश बरामद गरेको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख एवम प्रहरी निरीक्षक निरोज चौलागाईको कमान्डमा खटिएको प्रहरी टोलीले १९ किलो लागूऔषध चरेश बरामद गरेको हो ।
वीरगन्ज महानगरपालिका- १६ गणेशटोल स्थित एक घरमा छापा हानि घरको खानतलासी गर्दा बोरा भित्र लुकाई छिपाई राखिएको प्रतिबन्धित लागू औषध चरेश ठुलो परिमाणमा बरामद भएको चौलागाईले बताए ।
यस विषयमा आवश्यक अनुसन्धान जारी रहेको र संलग्न व्यक्तिहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
