Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
इटहरी । लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले इटहरीबाट सात जनालाई पक्राउ परेको छ । इटहरीमा चक्कु देखाएर लुटपाट गर्ने कार्यमा संलग्न उनीहरुलाई प्रहरीले इटहरी ३ तालतलैयाबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा इटहरी ४ निवासी २४ वर्षीय विशाल तामाङ, इटहरी १६ निवासी १८ वर्षीय रिचन खत्री, रामधुनी ३ का २२ वर्षीय अनिश कोइराला, सोही स्थानका १९ वर्षीय सुशन तामाङ, १८ वर्षीय सुनील बस्नेत, १८ वर्षीय निश्चल बस्नेत र रामधुनी ७ बस्ने १८ वर्षीय साकार भण्डारी रहेका छन् । उनीहरुले बाटो छेकेर चक्कु देखाएर लुटपाट गर्ने गरेको प्रहरीको भनाइ छ । उनीहरूलाई प्रहरी निरीक्षक (इन्स्पेक्टर) हेमन्त राईको कमाण्डमा खटिएको प्रहरी टोलीले…
काठमाडौं । काठमाडौं उपत्यकाबाट एउटै नम्बर प्लेट भएका पाँचवटा मोटरसाइकल भेटिएको छ । प्रहरीले मोटरसाइलकसहित दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले शंकास्पद अवस्थामा से ७ प ८५६२ नम्बरको ३५० सीसीको बुलेट मोटरसाइकल चलाइरहेका अछाम घर भई कोटेश्वर बस्ने वर्ष २८ का हिमाल खत्रीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उक्त तथ्य खुलेको हो । खत्रीसँग बरामद भएको बुलेट मोटरसाइकल नेपालमा दर्ता नभएको जानकारी पश्चात थप अनुसन्धान गर्दै जाँदा सोही नम्बरको अर्को मोटरसाइकल छ भन्ने पत्ता लागेको हो । मोटरसाइकलको खोजतलासमा निस्केको टोलीले मध्यबानेश्वरमा बस्दै आएका अछाम चौरपाटी गाउँपालिका–२ घर भएका २५ वर्षीय प्रमोद कुँवरलाई समेत से…
काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई राय–परामर्शका लागि अर्थ मन्त्रालय पठाएको छ । सशस्त्र प्रहरी बल नेपालको विधेयकमाथि सरोकारवालासँग छलफल गरेर गृह मन्त्रालयले राय–परामर्शका लागि आज अर्थ मन्त्रालयको पठाएको गृह मन्त्रालयको कानुन महाशाखा प्रमुख सह–सचिव भरतमणि रिजालले बताए । सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोकमा सोमबार विधेयकको मस्यौदामाथिको छलफलका क्रममा गृहमन्त्री रमेश लेखकले भदौ २१ गते नै विधेयकलाई अर्थ मन्त्रालयमा पठाउने बताएका थिए । ‘सरकार बनेको सय दिनमा यो विधेयकलाई क्याविनेटमा पु¥याउने भन्ने हो । तर मेरो लक्ष्य संसदमै पु¥याउने हो,’ उनको भनाइ थियो । अर्थ मन्त्रालयबाट राय–परामर्श आइसकेपछि विधेयकलाई गृह मन्त्रालयले…
काठमाडौं । नेपाल प्रहरीमा स्टाफ कलेज सरहको मास्टर इन पुलिस साइन्सेस (एमपीएस) सन्चालनका लागि त्रिभुवन विश्वविद्यालयसँग शुक्रबार सम्झौता भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक (आइजीपी) बसन्त बहादुर कुँवर र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षरपछि समझदारीपत्र आदान प्रदान समेत गरे । प्रहरी महानिरीक्षक कुँवरले सिनियर प्रहरी अधिकृतहरूको वृत्तिविकास र नेतृत्व विकास कोर्षको रूपमा एमपीएस रहने बताए । रिसर्च, अनुसन्धान, रणनीति र योजना तर्जुमा गर्न सक्ने दक्ष जनशक्ति विकास भई नेपाल प्रहरीको आधुनिकीकरण तथा सांगठनिक सुदृढिकरणका क्षेत्रमा अपेक्षित लक्ष्य प्राप्त हुनेमा विश्वस्त…
काठमाडौं । ठूलो संख्यामा नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्स्पेक्टर)देखि प्रहरी नायब महानिरीक्षक (डिआईजी) पद खाली छ । १६ भदौमा एकैपटक ८९ जना प्रहरी अधिकृत अनिवार्य अवकाशमा गएपछि ठूलो संख्यामा पद खाली भएको हो । अहिले डिआईजीको २ पद रिक्त छ । आगामी २४ भदौमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीसमेत अनिवार्य अवकाशमा जाने भएपछि ३ डिआईजी पद रिक्त हुनेछ । त्यस्तै १६ प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) पद रिक्त छ । यसैगरी प्रहरी उपरीक्षक (एसपी)को २५ पद रिक्त हुनेछ भने ५५ वटा प्रहरी नायब उपरीक्षक (डिएसपी) पद रिक्त भएको छ । त्यसैगरी ९० वटा इन्स्पेक्टरको पद रिक्त छ । जसकारण रिक्त…
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता सुदन किरातीले भ्रष्टाचारीलाई जोगाउने उद्देश्यले बनेको वर्तमान सरकार प्रथम दिनबाटै चरम विवादमा पर्दै आएको बताएका छन् । अखिल क्रान्तिकारी भोजपुरको १४ औँ जिल्ला सम्मेलन उद्घाटन सत्रलाई सम्बोधन गर्दै किरातीले केपी ओली सरकार साझा नीति कार्यक्रम ल्याउन नसकेर कुहिरोको काग जस्तै बनेको आरोप लगाए । अव यो सरकार दसैँ–तिहार मनाउँछ अनि आफै ढल्छ कसैले ढाल्नु पर्दैन उनले भने । माओवादी केन्द्रको अबको बाटो एकताबद्ध, रूपान्तरण, संविधानको कार्यान्वयन र भ्रष्टाचार विरोधी सशक्त आन्दोलन तर्फ केन्द्रित हुने उनको भनाइ थियो ।
काठमाडौं । कैलालीमा एक बालिकाको शव फेला परेको छ । कर्णाली नदीमा बिहीबार एक बालिकाको शव फेला परेको हो । लम्कीचुहा नगरपालिका–३ गोराङ्गेस्थित कर्णाली नदीको पश्चिम भँगालोमा १२ वर्षीया बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगीका अनुसार कर्णाली चिसापानी सामुदायिक वनतर्फको भागबाट र्याफ्टिङको सहायतामार्फत बालिकाको शव निकालिएको हो । शव टिकापुर अस्पताल लगिएको छ । शव पहिचान गर्न सकिने अवस्थामा नरहेको उनले बताए ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधाहरुसहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधाहरु सँगसँगै डिम्याट खाता, मेरो शेयर, सि–आस्वा, तथा टिएमएस खाता खोल्न आवेदन दिन पाइनेछ । ग्लोबल आइएमई क्यापिटलमा धितोपत्रको कारोबार (खरिद तथा विक्रि) का लागि आवश्यक पर्ने डिम्याट खाता र सोको संचालनको लागि मेरो शेयर, आइपिओ भर्न चाहिने सि–आस्वा रजिष्ट्रेशन नम्बर र जेबिएनएल सेक्यरिटिजमा शेयर बजारमा शेयर खरिद तथा विक्रिका लागि आवश्यक पर्ने टिएमएस खाता सुविधा ग्राहकले पाउने छन् । यो सुविधा बैंकले हालसालै सार्वजनिक गरेको…
जवान र हवल्दारसम्मलाई १६ र १८ वर्षमा स्वैच्छिक अवकाश दिने प्रस्ताव गरेका छौँ : गृहमन्त्री लेखक
कैलाली । गृहमन्त्री रमेश लेखकले प्रहरीसँग सम्बन्धित नयाँ कानुन निर्माण सरकारको प्राथमिकतामा रहेको बताएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी, कैलालीको नवनिर्मित भवन तथा नेपाल प्रहरी कल्याण कोषबाट सञ्चालित पेट्रोलपम्पको बिहीबार उद्घाटन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी बलगायत संगठनलाई थप सक्षम बनाउने, अपराधसँग सम्बन्धित कानुन तथा प्रहरीसँग सम्बन्धित नयाँ कानुन निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताए । उनले भने, ‘नेपाल प्रहरीसँग सम्बन्धित २०१२ सालदेखिको कानुनले नै अहिले काम गरिरहेको छ । धेरै पटक संशोधन भइसकेको छ । त्यसलाई नयाँ कानुनकै रुपमा बनाउने भनेर हामीले गृह मन्त्रालयबाट निर्णय गरेर अगाडि बढाइसकेका छौँ । सहमतिका…
काठमाडौँ । नेपाल पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त भएका छन् ।बोर्डको सञ्चालक समितिको बिहीबार बसेको बैठकले जोशीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । जोशीले यसअघि पनि सीइओको रुपमा काम गरिसकेका छन् ।बोर्ड सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरे संयोजक रहेको तीन सदस्यीय ‘कार्यकारी प्रमुख छनौट उपसमिति’ ले अन्तिम १४ जना उम्मेदवारमध्येबाट बिहीबार जोशी, धनन्जय रेग्मी र ज्ञानेश्वर सिंह महतो गरी तीन जनाको नाम सिफारिस गरेको थियो । तत्कालीन सीइओ धन्ञ्जय रेग्मीको कार्यकाल २०८० माघ १४ मा सकिएपछि बोर्ड सीइओविहीन थियो ।