काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले समाजसेवा र मानवीय काम गर्न मनैबाट लगाव हुनुपर्ने बताएका छन् ।
कागेश्वरी मनोहरामा रहेको असाहय गाईबाछा संरक्षण अभियानको अवलोकन गर्दै उनले समाजसेवा गर्नका लागि मान्छेको रंग र ढंग होइन मन बदलिनुपर्ने बताए ।
कोइरालाले राष्ट्रिय जनावर गाईको संरक्षण अभियान थालेकोमा प्रशंसा गरे । यसमा आफूले पनि सहयोग गर्ने उनको प्रतिवद्धता थियो ।
Facebook Comments Box
