Author: Scoop Khabar

काठमाडौं । नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देलले आधिकारिक रूपमा नेपाली सेनाको कमाण्ड सम्हालेका छन् । प्रधानसेनापति प्रभुराम शर्मा अवकाशमा गएपछि सोमबारबाट सिग्देलले ‘जंगी अड्डा’मा पुगेर प्रधानसेनापतिको कमाण्ड सम्हालेका हुन् । शर्मा प्रधानसेनापतिको तीन बर्षे सेवा अवधि पूरा गरेर सोमबारदेखि नै अवकाशमा गएका थिए । पदभार ग्रहण गर्नु अगाडि सिग्देलले आज बिहान राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथसमेत ग्रहण र दर्ज्यानी चिह्न प्राप्त गरेका थिए ।

थप

काठमाडौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरीकी प्रहरी प्रमुख एआईजी किरण बज्राचार्यले जिल्ला प्रहरी परिसर ललितपुरको निरिक्षण गरेकी छन् । साथै उनले निर्देशन पनि दिएकी छन् । निरिक्षणको क्रममा एआईजी बज्राचार्यले कानूनको उल्लंघन गर्ने जो कोही भएतापनि ओहदा नहेरीकन कानूनी दायरामा ल्याउन निर्देशन दिदै कानूनको सहि तरिकाले निर्दयीता पूर्वक कार्यान्वयन गर्दा जस्तो सुकै दवाव आएपनि पछी नहटन निर्देशन दिइन् । उनले विभिन्न अपराधिक र प्रतिबन्धित तत्वहरूले शान्ती सुरक्षामा खलल पार्न सक्ने हुनाले त्यस तर्फ सचेत रहदै शान्तीसुरक्षा मजबुत बनाउन पनि प्रहरी कर्मचारीहरूलाई दिन रात नभनी त्रुटिरहित जिम्मेवारी बहन गर्न समेत निर्देशन दिइन् ।

थप

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नयाँ कानुन निर्माणको तयारीलाई तीव्र पारेका छन् । आइतबार दिउँसो नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीलाई गृहमन्त्रालय बोलाएर विधेयकको मस्यौदाबारे छलफल गरेका गृहमन्त्री लेखकले साँझ सो सम्बन्धी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिफ्रिङ गरेका थिए । दुबै प्रहरीको कानुनमा संशोधन विधेयकमाथि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याल, दुवै मन्त्रालयका सचिव र दुवै संगठनका प्रमुखसहित आइतबार साँझ भएको छलफलमा थियो । बालुवाटारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नयाँ कानून निर्माण गर्ने विधेयकमा सकारात्मक र…

थप

झापा। झापामा गोठमा बाँधेर राखिएको २ महिनाको गर्भिणी गाई चोरी गरेपछि काटेर खाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । गत भदौ १८ गते रातको समयमा झापा दमक नगरपालिका-२ बस्ने लछुमन विष्टको वडा नं. १ स्थित पानी ट्याङकी गोठमा बाँधिएको गाई चोरी भएको थियो । उक्त गाई गोठदेखि करिब १०० मिटर पूर्वतर्फ रहेको खाली प्लटिङ जग्गामा लगि काटेर मासु लगेको उजुरीका आधारमा अनुसन्धानका क्रममा संलग्नता खेलेपछि चार पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए । पक्राउ पर्नेमा दमकस्थित बेलडाँगी शिविरमा आएका भुटानी शरणार्थीहरू प्रेम बहादुर विष्ट, खगेन्द्र दुलाल, विधान थापाका साथै दमक नगरपालिका वडा नं। ४…

थप

काठमाडौं । दुबईबाट फर्किएकी एक महिलालाई लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । कार्यालयका अनुसार पक्राउ पर्नेहरुमा बूढानिलीकण्ठ बस्ने मनोज भुजेल, बौद्ध बस्ने प्रकाश भन्ने विकास श्रेष्ठ र महाराजगंज बस्ने डम्बरलाल उपाध्याय रहेका छन् । उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नै मोटरसाइकलमा पिच्छा गरेर ललितपुरस्थित कृषि अनुसन्धान केन्द्र नजिकै लुटपाट गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । लुटपाटमा संलग्न चार जनामध्ये एक जना भने फरार छन् । लुटिएकी महिलाले दुबईबाट मणिकुमार राईको सामान ललितपुर ल्याइदिएकी थिइन् । ​२९ साउनमा लुटेरा समूहले दुई वटा आइफोन–१४, दुई वटा सामसुङ अल्ट्रा–२४…

थप

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले इमान्दारिता, पारदर्शिता, व्यावसायिक निष्ठा र सकारात्मक मनोवृत्तिका साथ संगठनको नीति एवम् प्राथमिकतालाई केन्द्रबिन्दुमा राखेर नागरिकले भरोसा गर्न सक्ने वातावरण बनाएर उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताएका छन् । हालै सरूवा तथा काज भई आफ्नो कार्यक्षेत्रमा खटि जान लागेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूलाई आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन् । आईजीपी कुँवरले सांगठनिक शुद्धिकरण र सुदृढिकरणलाई केन्द्रबिन्दुमा राखेर प्रहरीको व्यावसायिकता झल्काउने गरी नागरिकको आँखामा अब्बल प्रहरीको छाप बनाउनुका साथै उर्जाशील एवम् सिर्जनशील भई कार्यसम्पादनको गुणस्तर राम्रो बनाउन आफैलाई उत्प्रेरित गर्दै काम…

थप

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले महिला भलिबल टोलीलाई शुभकामनासहित बिदाई गरेका छन् । आईजीपी कुँवरले माल्दिभ्समा हुन गइरहेको काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिपमा सहभागी हुने नेपाल प्रहरीको महिला भलिबल टोलीलाई शुभकामनासहित विदा गरेका हुन् । उक्त टोलीमा १२ जना खेलाडी र ४ जना अफिसियल रहेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी कुँवरले खेलकुद नेपाल प्रहरीको ऐतिहासिक र अभिन्न अंगको रूपमा जोडिएको बताए । देशको खेलकुद विकासमा नेपाल प्रहरीले पुर्‍याएको योगदान उल्लेखनीय रहेको उनको भनाई छ । नेपाल प्रहरीका महिला खेलाडीहरूले विभिन्न कालखण्डमा हासिल गरेका उपलब्धीहरूले नेपाल प्रहरीमा सशक्त बनेको आईजीपी कुँवरले बताए । अन्तर्राष्ट्रिय स्तरमा हुने…

थप

काठमाडौं । लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डिबी) ले अदालतमा पुगेर आत्मसर्मपण गरेका छन् । नेपाली कांग्रेसबाट सांसद बनेका केसीले रुकुम जिल्ला अदालत पुगेर आज आत्मसमर्पण गरेका हुन् । सम्बन्ध बिच्छेदको नक्कली कागज बनाएपछि उनकै श्रीमती राधा केसीको जाहेरीमा सुनुवाइ गर्दै अदालतले केसीलाई दोषी ठहर गरेको थियो । २०४८ साल असार ९ गते अदालतले एक वर्ष जेल र दुई हजार जरिवानाको फैसला सुनाए पनि केसीले हालसम्म सजाय भुक्तान गरेका थिएनन् । प्रदेश सांसद केसी आफैँ अदालतमा उपस्थित भएको र अदालतले उनलाई सजाए भुक्तानका लागि आज कारागार चलान गरेको हो । गत निर्वाचनमा केसी नेपाली कांग्रेसको तर्फबाट रूकुम पूर्वको प्रदेश सभा…

थप

काठमाडौँ गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका पूर्व अध्यक्ष तथा अभियन्ता डा. केशव पौडेलले संघका पूर्व अध्यक्ष शेष घलेको नेतृत्वमा एकताको महाधिवेशन हुनुपर्ने जनाएका छन्। ‘हामी शेष घलेको नेतृत्वमा एकताको महाधिवेशन हुनुपर्छ भन्नेमा छौँ । तर सर्वोच्च अदालतकोको  दोस्रो फैसलाले दुई वटै कमिटीलाई अधिकार दिएको जस्तो, अलिकति कन्फ्युजन भएको जस्तो भएको छ । सबै कन्फ्युजनलाई मेट्दै एउटै संगठन र फोरम हुनुपर्छ भन्ने नै हाम्रो माग हो  ।’ उनले नेपाल बसाइका क्रममा आफूहरूले विभिन्न दलका नेताहरूसँग पनि भेटेको खुलाउँदै सबैको सुझाव एनआरएनए एक भएर चल्नुपर्छ भन्ने रहेको बताए । ‘विवाद र झगडा गरेर केही हुँदैन भन्ने छ । नेपालको राजनीतिक समीकरणअनुसार अघि…

थप

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिका हर्कतहरु भइरहेको उल्लेख गर्दै यसविरुद्ध फेरि एउटा संघर्ष आवश्यक भएको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले जनताको बलिदान र अधिकारविरुद्ध भइरहेको प्रतिक्रान्तिका प्रयासका विरुद्ध संघर्ष गर्नुपर्ने स्थिति आएको बताए । क्रान्तिका उपलब्धिलाई उल्ट्याउन निकै कसर भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले क्रान्तिकै बलमा स्थापित व्यवस्थाको उपभोग गरेकाहरुले नै बढी क्रान्ति र क्रान्तिकारी आन्दोलनको अपमान गर्ने प्रयास गरिरहेको बताए । ‘हामीले गरेको परिवर्तनकारी र बलिदानीपूर्ण जनयुद्धलाई संविधानमा जनताको सशस्त्र संघर्ष र त्यसको ब्याख्यात्मक टिप्पणीमा माओवादी…

थप