Author: Scoop Khabar

काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनका फिल्ड कमान्डर दुर्गा प्रसाईंविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगको कसुरमा पनि मुद्दा चलाउने तयारी गरेको छ। १५ चैतमा आयोजित प्रदर्शनमा सुरक्षाकर्मीलाई मार्ने नियतले गाडीले पेल्दै अघि बढेको आरोपमा उनीविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान सुरु गरेको छ । उनी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । ज्यान मार्ने नियतले गाडीले पेलेर अघि बढेको भन्दै उनीविरुद्ध ड्युटीमा खटिएका प्रहरीहरूले सामूहिक निवेदन दिएको जनाइएको छ । प्रसाईँविरुद्ध यही मुद्दा सबैभन्दा बलियो बन्न सक्ने बताइएको छ । सार्वजनिक भएको भीडीओमा प्रसाईं आफैंले गाडी चलाउँदै ड्युटीमा खटिएका प्रहरीलाई पेल्दै गाडी अगाडि बढाएको देखिन्छ । त्यस क्रममा उनले अपशब्द…

थप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्रा.डा.खड्ग केसीलाई दिएका छन् । प्रधानमन्त्री ओलीले अर्को व्यवस्था नभएसम्मको लागि उपकूलपतिको कार्यभार सम्हालने जिम्मा शिक्षाध्यक्ष प्रा.डा.केसीलाई दिएका हुन् । प्रा.डा.केशरजंग बरालले उपकूलपतिबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो । कार्यवाहक उपकूलपतिको जिम्मेवारी पाएका प्रा.डा. केसी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विज्ञ मानिन्छन् ।

थप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले असुरक्षित तरिकाले सामाग्री बोकेर सडकमा गुड्ने गाडीप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन्। फेसबुकमार्फत उनले फेद र टुप्पोमा मात्र डोरीले बाँधेर फलामका भारी सामग्रीहरू ढुवानी गर्ने गाडीहरूको सडकमा आवागमन भइरहेको उल्लेख गरेकी छन्। उनले भनेकी छन्, “यस्ता सामाग्री जुनसुकै बेला खस्न सक्छन्, जसले दुर्घटना निम्त्याउन सक्छ, फलाम सवारी साधनमाथि खस्न र यसले सवारीलाई क्षति पुर्याउन सक्छ।” सांसद गौतमले यसलाई अत्यन्त असुरक्षित कार्य भन्दै सडक सुरक्षामा गम्भीर चुनौती उत्पन्न गरेको बताइन्। उनले सम्बन्धित निकायलाई तत्काल यस्ता गाडीहरूलाई नियन्त्रणमा लिन र असुरक्षित लोड गर्ने कार्यलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउन आग्रह गरिन्। उनका अनुसार, सडकमा यस्ता…

थप

काठमाडौं । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले आफूखुसी ‘श्री ५ महाराजधिराज’ को नाममा सन्देश जारी गर्नु संविधानविपरित र गैरकानुनी रहेको बताएका छन् । पूर्वराजा ज्ञानेन्द्रले तेल दिँदा नखाने र कोल चाट्ने मुर्खता गरिरहेको उनको टिप्पणी छ । पूर्वराजा ज्ञानेन्द्रले जालसाजी, नक्कली ओहदा धारणको प्रचारबाजीलगायत गैरकानुनी कार्य गर्दैआएको तथ्य प्रथम दृष्टिमै स्पष्ट रहेको नेता थापाले बताएका छन् । पूर्वराजा ज्ञानेन्द्रले संविधानको धारा २७४, मुलुकी अपराध संहिता, २०७४ को दफा ३३, ३४ र ३५, दफा ५० राजद्रोह (१) र (३) , दफा ६० को ४(ख), दफा ६१, दफा २७६ को २ (ख) र दफा…

थप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच आज एक घण्टा लामो भेटवार्ता भएको एमाले नेता डा. राजन भट्टराईले जानकारी दिए । उनकाअनुसार दुई नेताबीच सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । दुई नेताबीच एक ढिक्का भएर अघि बढ्ने समझदारी भएको छ । पछिल्लो समय विपक्षी दलका नेता पुष्पकमल दाहालले नयाँ वर्षमा नयाँ सरकार बन्ने दाबी गरेपछि राष्ट्रिय राजनीति तरंगित बनेको छ । यही सन्दर्भमा प्रधानमन्त्री ओलीले देउवासँग आज छलफल गरेका हुन् । आजमात्रै कांग्रेस महामन्त्री गगन थापाले पनि सरकारको गतिलाई प्रश्न उठाएका छन् । उनले…

थप

काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ वर्षको अवसरमा ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् Iphone 16′ योजना घोषणा गरेको छ । मोबाइल बैंकिङ सेवा प्रदायक एफवानसफ्ट प्रालिसँगको सहकार्यमा ग्राहकका लागि आकर्षक योजनासहितका यस योजनामा सहभागी हुने ग्राहकले Iphone 16′ जित्न सक्ने प्रमुख सूचना अधिकारी रन्जन खड्काले जनाकारी दिए । उनका अनुसार यस योजनामा सहभागी हुनका लागि ग्राहकले एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप (मोबैंक) मार्फत १०० वा सो भन्दा बढीको मोबाइल टपअप गर्नुपर्ने छ । योजना अवधि समाप्त भएपछि यस योजनामा सहभागी हुने ग्राहकहरुमध्येबाट गोलाप्रथाद्वारा एक जना भाग्यशाली ग्राहकलाई विजेता घोषणा गर्दै Iphone 16’ प्रदान गरिने बैंकले जनाएको छ । यो…

थप

काठमाडौं । चर्चित नायिका अरुणिमा लम्सालले आफूले पति युवराज श्रेष्ठसँग डिभोर्स फाइल गरेको खुलासा गरेकी छिन् । अमेरिका बस्ने नायिका लम्सालले गत सालमात्रै नेपालमा युवराजसँग विवाह गरेकी थिईन् । यो उनको दोस्रो विवाह हो । तर, विवाह गरेको छोटो समयमा नै यो जोडी अलग हुन लागेको छ । खासमा नायिका लम्सालले नै डिभोर्सको फाइल अघि बढाएकी छिन् । पति युवराजले डिभोर्सको लागि समझदारी नगरेको कारण कानूनी प्रक्रियामा अघि बढेको उनको भनाइ छ । उनले युवराजलाई आफूसँग विवाह गर्ने सपनाभन्दापनि आफूसँग विवाह गरेर अमेरिका जाने सपना रहेको खुलासा गरेकी छिन् । तर, त्यो सपनापनि युवराजको पूरा नभएको उनको टिप्पणी छ ।…

थप

काठमाडौं । नेकपा (एमाले)का नेता एवं पुर्व मन्त्री महेश बस्नेतले राजनीतिमा अडान र बफादारीको पाठ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट सिक्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै बस्नेतले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देउवालाई भेट्न खोजेको सन्दर्भ उल्लेख गर्दै देउवाको अडानको प्रशंसा गरेका हुन् । बस्नेतले लेखेका छन्, ‘राजनीतिमा अडान र बफादारी भन्ने कुरा शेरबहादुर देउवाबाट सिक्नै पर्छ । प्रचण्डले भेटौँ न, म प्रधानमन्त्रीको लागि निस्सर्त समर्थन गर्छुु भन्दा देउवाले जवाफ दिनुभएछ – ‘पहिले म तपाईंको पक्षमा थिएँ, ओलीसँग भेटिनँ । अहिले ओलीको पक्षमा छु, तपाईंलाई भेट्न सक्दिन।’ बस्नेतले देउवाको उक्त अडानलाई राजनीतिक बफादारीको उदाहरणको रूपमा प्रस्तुत…

थप

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ ले प्रदर्शनको ५१ औं दिने मनाउने भएको छ । गत फागुन १४ गते रिलिज फिल्म मंगलबार अर्थात ४९ दिनसम्म आइपुग्दा ११ वटा हलमा प्रदर्शनरत छ । फिल्मले यही बिहीबार प्रदर्शनको ५१ औं दिन पूरा गर्न लागेको हो । कतिपय फिल्म हलमा केही दिन टिक्न मुस्किल भइरहेको समयमा ५१ दिन मनाउनु आफैमा एउटा महत्वपूर्ण उपलब्धि हो । बीएसआर मुभिज, क्युएफएक्सको सिभिल र भाटभटेनी भक्तपुर, बिग मुभिज, आइएनआई सिनेमा, एफक्युब सिनेमा, रञ्जना सिनेप्लेक्सलगायतका हलमा फिल्म प्रदर्शनरत रहेको निर्माण पक्ष बताउँछ । त्यस्तै काठमाडौं बाहिर पनि केही हलमा फिल्म लागिरहेको छ । चर्चित हास्य टेलिश्रृंखला सक्किगोनीको टीमले निर्माण…

थप

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) को १२ औं महाधिवेशनमा डाक्टर नरेश भट्टले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । कैलाली धनगढी घर भएका भट्टले आउँदै गरेको १२ औं महाधिवेशनमा अध्यक्षको लागि औपचारिक उम्मेदवारी घोषणा गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा समेत भट्टले ‘मिसन केन्द्रीय अध्यक्ष, नेविसंघ । १२ औं महाधिवेशन, जय नेपाल ।’ भन्दै स्ट्याटस लेखेका छन् । उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै देश, संगठन र विद्यार्थीहरूको हक–हितका लागि नेविसंघलाई एकताबद्ध रूपमा अगाडि बढाउने बताएका छन् । आफ्नो उम्मेदवारीले नेविसंघको नेतृत्व प्रतिस्पर्धालाई थप गतिशील बनाउने अपेक्षा उनको रहेको छ । हाल उनी नेविसंघको केन्द्रीय सदस्य हुन् । काठमाडौं विश्वविद्यालयबाट…

थप