काठमाडौं । नेकपा (एमाले)का नेता एवं पुर्व मन्त्री महेश बस्नेतले राजनीतिमा अडान र बफादारीको पाठ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट सिक्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै बस्नेतले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देउवालाई भेट्न खोजेको सन्दर्भ उल्लेख गर्दै देउवाको अडानको प्रशंसा गरेका हुन् ।
बस्नेतले लेखेका छन्, ‘राजनीतिमा अडान र बफादारी भन्ने कुरा शेरबहादुर देउवाबाट सिक्नै पर्छ । प्रचण्डले भेटौँ न, म प्रधानमन्त्रीको लागि निस्सर्त समर्थन गर्छुु भन्दा देउवाले जवाफ दिनुभएछ – ‘पहिले म तपाईंको पक्षमा थिएँ, ओलीसँग भेटिनँ । अहिले ओलीको पक्षमा छु, तपाईंलाई भेट्न सक्दिन।’
बस्नेतले देउवाको उक्त अडानलाई राजनीतिक बफादारीको उदाहरणको रूपमा प्रस्तुत गरेका छन् भने प्रचण्डमाथि सत्ता परिवर्तनको आशय देखिएको टिप्पणी गरेका छन् । उनले व्यंग्यात्मक शैलीमा भनेका छन्, ‘अब प्रचण्डको सत्ता फेर्ने मनको लड्डु घिउसँग खाने भए ।’