Author: Scoop Khabar

काठमाडौं । नेपाल प्रहरीको सर्वोच्च पदमा पुग्ने पहिलो महिला हुन्, डाक्टर दुर्गा थापा । सबैभन्दा उच्च पदमा पुगेकी थापा प्रहरीको प्राविधिकतर्फ अतिरिक्त महानिरीक्षक (एआईजी) भएकी थिइन् । तीसवर्षे सेवा अवधिका कारण २०७६ पुसमा उनले अवकाश पाइन् । त्यसपछि डाक्टर आशा सिंह प्राविधिकतर्फकै एआईजी भइन् । उनले पनि आवकाश पाइसकेकी छन् । त्यस्तै २०७९ जेठमा नेपाल प्रहरीको इतिहासमा पहिलोपटक जनपद समूहतर्फको एआईजीमा महिला प्रहरी पूजा सिंह नियुक्त भइन् । त्यसपछि जनपथ समूहतर्फकै चार जना महिला प्रहरी एआईजीसम्म भए । किरण बज्राचार्य, मिरा चौधरी, किरण राणा र दुर्गा सिंह एआईजीसम्म भएर अवकाश पाइसकेका छन् । उनीहरुको अवकाशपछि एआईजीमा अहिले महिला प्रहरीको सहभागिता…

थप

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद मोहनबहादुर बस्नेतले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा देशको पहिलो महिला प्रधानमन्त्री बन्न सक्ने दाबी गरेका छन् । गृहजिल्ला सिन्धुपाल्चोकको तातोपानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका नेता बस्नेतले सो कुरा बताएका हुन् । उनले नेपालमा आफ्नो योग्यता र क्षमताका कारण महिलाहरु सर्वोच्च पदमा पुगेको बताउँदै राणामा समेत सो क्षमता रहेको बताए । ‘त्यो योग्यता र क्षमता महिलाहरुले प्रदर्शन गर्नुभएको छ। उहाँ कांग्रेसको प्रभावशाली केन्द्रीय सदस्य, मन्त्रिपरिषद्मा पनि परराष्ट्रमन्त्रीको हैसियतले, कूटनीतिक हिसाबले नेपालको स्वार्थअनुकूल अभिव्यक्तिले पनि प्रभाव राख्न सक्ने हैसियत राख्ने मान्छे । आगामी दिनको पहिलो महिला प्रधानमन्त्री बन्न सक्नुहुन्छ।…

थप

काठमाडौं । हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर जबरालाई छाड्ने तयारी भएको छ । उनलाई उपचारका लागि छाड्ने तयारी भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

थप

काठमाडौं । कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गएराति गोली प्रहार भएको छ। गोली प्रहारको घटना मायादेवी गाउँपालिका–१, पकडी स्थित अध्यक्ष चौधरीको निजी निवासमा भएको हो। प्रारम्भिक जानकारीअनुसार, राति विद्युत अवरोधको समयमा चौधरी शौचालय जाने क्रममा अज्ञात व्यक्तिले उनमाथि गोली प्रहार गरेका थिए। घटना पछि, चौधरीलाई तत्काल उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा पठाइएको थियो।

थप

काठमाडौं । नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन्। बिहीबार गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिले ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । बढुवा सिफारिस सूची अनुसार पहिलो नम्बरमा चन्द्रकुवेर खापुङ रहेका छन् । त्यस्तै एआईजी बढुवा सिफारिसको सुचीमा लालमणी आचार्य, कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डाक्टर मनोज केसी रहेका छन् । वसन्त कुवर अवकाशमा गएपछि एआइजी दिपक थापा प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा र कुवरका ब्याचमेट एआईजीहरु टेक राई, बुद्धि गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई अनिर्वाय अवकाशमा गएसँगै नेपाल प्रहरीमा एआइजीको ६ दरबन्दी रिक्त थियो…

थप

काठमाडौं । सिरियामा संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनार्थ खटिएका नेपाली सेनाका २८ सैनिक पक्राउ परेका छन्। उनीहरूलाई स्वदेश फर्केलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै नियन्त्रणमा लिइ सैनिक प्रहरीमार्फत विभिन्न ब्यारेकमा थुनिएको छ। २०७ जनाको टोली (डफ्फा) मध्ये २८ जना सैनिकलाई गत मंसिर २२ गते सिरियामा भएको हतियार लुटिएको घटनामा संलग्न देखिएको भन्दै सेनाले अनुशासन उल्लंघनको आरोपमा कोर्ट मार्शलको प्रक्रिया थालेको हो। पक्राउ पर्नेमा क्याप्टेन आर्यजुन श्रेष्ठ र प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्नेल) दिनेशकुमार खड्का पनि छन्। सिरियास्थित हदार क्षेत्रमा रहेको ‘१० ए’ नामक सुरक्षापोष्टमा मंसिर २२ गते साँझ हायात तहरिर अल साम नामक विद्रोही समूहले आक्रमण गरी ४८ थान एम-१६ र ११ हजार गोली…

थप

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टी फरक मत र आलोचना गर्न पाइने बताएका छन्। बारा क्षेत्र नम्बर ३ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले आफ्नो पार्टीले गरेका कामको प्रचार आफैंले गर्नुपर्ने बताउँदै त्यो प्रयास भइरहेको पनि बताए। सरकारको पछिल्लो कार्यशैलीप्रति असन्तुष्ट सुनिँदै आएका थापाले सरकारका कामको शैली परिवर्तनको परिवर्तन अपरिहार्य रहेको बताए। उनले सत्ता साझेदार दल नेकपा एमाले र सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै आफ्नो पार्टीमा प्रश्न गर्न पाउने जिकिर गरे। ‘प्रश्न पनि गर्नुपर्छ। कांग्रेस पार्टी हो यो, यहाँ प्रश्न पाइन्छ। यहाँ फरक मत राख्न पाइन्छ,प्रश्न राख्न पाइन्छ,आलोचना गर्न पाइन्छ। कसैले लिएर जाँदैन,थापाले…

थप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ती गर्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । लामो समयसम्म गभर्नर नियुक्तीको विषय पेचिलो बन्दै गएको अवस्थामा कांग्रेसबाट समेत प्रधानमन्त्री ओलीलाई लिएर आलोचना हुन थालेपछि गभर्नर नियुक्ती गर्ने सवालमा मध्यमार्गी बाटो रोजेका हुन् । गभर्नर नियुक्ती गर्न भन्दै स्वार्थ समूह बालुवाटार र बुढानिलकण्ठमा हाबी भएको चर्चा थिए । तर, हिजो (बुधबार) बालुवाटारमा भएको ओली–देउवा वान टु वान भेटवार्ताले निकास लिनेगरि गभर्नर नियुक्तीको प्रक्रिया अघि बढ्न लागेको हो । देउवाले गभर्नरको लागि अर्थशास्त्री डा. गुणाकर भट्टको नाम प्रस्ताव गरेका थ्एि । जसमा प्रधानमन्त्री ओलीले पनि सहमति जनाएको उच्च…

थप

काठमाडौं । काठमाडौंको टोखास्थित झोरबाट २५ करोड बराबरको डलर र युरोसहित पक्राउ परेका ट्रक चालक कारागार चलान भएका छन् ।ट्रक चालक सिन्धुपाल्चोकको फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले उनलाई कारागार चलानको आदेश दिएको हो ।योसँगै उनी कारागार चलान भएका छन् । यता २५ करोडको मालिक भनिएका सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेल फरार छन् । उनलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।दुवै जनालाई प्रतिवादी बनाएर विदेशी विनिमय (नियमन गर्ने) ऐन २०१९ को दफा ३, ४, ५ र ९ अनुसारको कसुरमा मुद्दा…

थप

काठमाडौं । अभिनेत्री अरुणिमा लम्साल अमेरिका उडेकी छन् । श्रीमान् युवराज श्रेष्ठसँग सम्बन्ध विच्छेदको विषय चर्चा आएपछि उनी मङ्गलवार नै सुटुक्क अमेरिका उडेकी हुन् । केही दिन अगाडि एक अन्तर्वार्ताको क्रममा उनले श्रीमान् युवराज श्रेष्ठविरुद्ध अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेको बताएकी थिइन् । उक्त विषयलाई लिएर उनीमाथि सकारात्मक नकारात्मक टिप्पणी हुन थालेपछि उनी अमेरिका उडेकी हुन् । केहीअघि मात्र नेपाल आएकी अरुणिमाले विभिन्न सञ्चार माध्यममा श्रीमान् श्रेष्ठविरुद्ध बोलेका कुराहरूको समेत अहिले चर्चा छ । उनले टेलिभिजन कार्यक्रम ‘जनता जान्न चाहन्छ’ मा श्रीमानसँग विवाहपछि कुनै सम्बन्ध नभएको विषयमा दिएको अभिव्यक्तिले सामाजिक सञ्चालनमा उनको आलोचना भइरहेको छ । आफ्ना अभिव्यक्तिहरू विवादित…

थप