काठमाडौं । नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन्।
बिहीबार गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिले ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । बढुवा सिफारिस सूची अनुसार पहिलो नम्बरमा चन्द्रकुवेर खापुङ रहेका छन् ।
त्यस्तै एआईजी बढुवा सिफारिसको सुचीमा लालमणी आचार्य, कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डाक्टर मनोज केसी रहेका छन् ।
वसन्त कुवर अवकाशमा गएपछि एआइजी दिपक थापा प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा र कुवरका ब्याचमेट एआईजीहरु टेक राई, बुद्धि गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई अनिर्वाय अवकाशमा गएसँगै नेपाल प्रहरीमा एआइजीको ६ दरबन्दी रिक्त थियो ।
Facebook Comments Box
![नेपाल प्रहरीका ६ डीआईजी एआईजीमा बढुवा सिफारिस [सूचीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2024/03/aig-cover-1024x532.jpg)