काठमाडौं । कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गएराति गोली प्रहार भएको छ।
गोली प्रहारको घटना मायादेवी गाउँपालिका–१, पकडी स्थित अध्यक्ष चौधरीको निजी निवासमा भएको हो।
प्रारम्भिक जानकारीअनुसार, राति विद्युत अवरोधको समयमा चौधरी शौचालय जाने क्रममा अज्ञात व्यक्तिले उनमाथि गोली प्रहार गरेका थिए।
घटना पछि, चौधरीलाई तत्काल उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा पठाइएको थियो।
Facebook Comments Box
