काठमाडौं । अभिनेत्री अरुणिमा लम्साल अमेरिका उडेकी छन् । श्रीमान् युवराज श्रेष्ठसँग सम्बन्ध विच्छेदको विषय चर्चा आएपछि उनी मङ्गलवार नै सुटुक्क अमेरिका उडेकी हुन् ।
केही दिन अगाडि एक अन्तर्वार्ताको क्रममा उनले श्रीमान् युवराज श्रेष्ठविरुद्ध अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेको बताएकी थिइन् । उक्त विषयलाई लिएर उनीमाथि सकारात्मक नकारात्मक टिप्पणी हुन थालेपछि उनी अमेरिका उडेकी हुन् ।
केहीअघि मात्र नेपाल आएकी अरुणिमाले विभिन्न सञ्चार माध्यममा श्रीमान् श्रेष्ठविरुद्ध बोलेका कुराहरूको समेत अहिले चर्चा छ । उनले टेलिभिजन कार्यक्रम ‘जनता जान्न चाहन्छ’ मा श्रीमानसँग विवाहपछि कुनै सम्बन्ध नभएको विषयमा दिएको अभिव्यक्तिले सामाजिक सञ्चालनमा उनको आलोचना भइरहेको छ ।
आफ्ना अभिव्यक्तिहरू विवादित र आलोचित हुन थालेपछि उनी मिडियाबाट टाढा रहन सुटुक्क अमेरिका उडेकी हुन् ।